प्रध्यानाध्यापकको नमुना बिधालय बनाउने सपना रहयो अधुरो 

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, कार्तिक १३, २०८०
|
|
५२ पटक हेरिएको
Shares
प्रध्यानाध्यापकको नमुना बिधालय बनाउने सपना रहयो अधुरो 

सारांश

  • बिबेक यादव सर्लाहीको हरिपुर्वा नगरपालिका-२ मा पर्ने श्री सामुदायिक आधारभुत बिधालयका प्रधानाध्यापक लालबाबु पाण्डितको ठुलो सपना थियो निज बिधालयलाई नमुना आधारभुत बिधालय बनाउने तर उनले बोकेको सपना उनको दु:खद निधन सङ्गै अधुरो नै रह्यो।
  • गत गएको २ गते बिहिवारको दिन उनको असामयिक निधनले पुरै कबिलासी गाउँ,शैक्षिक संस्था,शिक्षक फोरम संघ र उनको सम्पुर्ण सुभचिन्तक सोकमय अवस्थामा छन्।
  • पाण्डित बि.

प्रध्यानाध्यापकको नमुना बिधालय बनाउने सपना रहयो अधुरो

सर्लाही। बिबेक यादव

सर्लाहीको हरिपुर्वा नगरपालिका-२ मा पर्ने श्री सामुदायिक आधारभुत बिधालयका प्रधानाध्यापक लालबाबु पाण्डितको ठुलो सपना थियो निज बिधालयलाई नमुना आधारभुत बिधालय बनाउने तर उनले बोकेको सपना उनको दु:खद निधन सङ्गै अधुरो नै रह्यो।

गत गएको २ गते बिहिवारको दिन उनको असामयिक निधनले पुरै कबिलासी गाउँ,शैक्षिक संस्था,शिक्षक फोरम संघ र उनको सम्पुर्ण सुभचिन्तक सोकमय अवस्थामा छन्। पाण्डित बि.स. २०५१ सालदेखि नै देशको बिभिन्न ठाँउमा शिक्षण पेशामा सेवा दिदै आईरहेका थिए उनि जुन ठाँउमा हुँदापनि एउटा असल र ईमानदार शिक्षकको रुपमा स्थापित भएको देखिन्थ्यो उनि सोलुखुम्बुबाट सरुवा भएपछि लगभग दश वर्षदेखी यता उनि हरिपुर्वाको सामुदायिक आधारभूतमै प्रअको रुपमा सेवा दिदै आइरहेका थिए उनि आफु प्रधानध्यापक हुँदा बिद्यार्थीहरुका लागी शिक्षक भन्दा बढी अभिभावक भएर प्रस्तुत हुन्थे जुन उनको एउटा विशेषता पनि थियो।

https://press4k.com/

बिद्यार्थीहरु लाई जहिले पनि आफ्नो सन्तान झै माया गर्ने,शिक्षाको साथसाथै जिवन जिउने कला र व्यवहारिक ज्ञान दिने उनको खुबी नै थियो।उनको यि विशेषताहरुले गर्दा उनिबाट गाउँघरका मान्छे देखी लिएर बिभिन्न राजनितीक दलका नेतागनहरु समेत बिभिन्न सुझावसल्लाह,अनुभव र ज्ञान लिनेगर्थे। उनको श्रद्धाञ्जली सभामा आसु नझरेको आखा कसैको देखिएनन् उनको अन्तिम कृया तिथिमा उनले पढाएको बिद्यार्थीहरुको रोदन अवस्था हेर्दा पुरै कबिलासी टोलनै सोकमय भएका थिए लालबाबुको जेठो सन्तान सलेन्द्र पाण्डित ५ वर्षको र छोरी पुनम जम्मा २ महिनाकै हुँदा उनको श्रीमतीको निधन भएको थियो।

सोहि बिधालयमा स्वयंसेवक शिक्षकको रुपमा कार्यरत कृष्णन्दन यादव भन्छन् “वहाँको असमायिक निधनले हामीहरुलाई मार्गदर्शन गराउने हाम्रो अभिभावक नै गुमेको छ र जसले गर्दा एउटा ठुलो क्षति भएको छ वहाँको निधन भएपनी वहाँ हाम्रै वरपर हो जस्तो लागिरहेको र अचानक निधन भएकोले हामीहरुलाई बेलाबखत बिश्वास नै हुँदैनन् वहाँको आत्मालाई शान्ति मिलोस यहि हामी चाहन्छौं “।उनि स्वर्गीय भएकोमा कृयाको अन्तिम तिथिमा हरिपुर्वा नगरपालिका भरिका शैक्षिक संस्थाहरुमा सोक बिदा दिइएको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?