कृष्णभिरको बाटो खोल्न रुख कटान सुरु

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, भाद्र १८, २०८३
|
|
१९५ पटक हेरिएको
Shares
कृष्णभिरको बाटो खोल्न रुख कटान सुरु

सारांश

  • पृथ्वी राजमार्गअन्तर्गत कृष्णभिरमा पहिरो पन्छाउने काम अगाडि बढेको छ ।
  • पूर्वाधार विकास मन्त्रालयका अनुसार पहिरोको दुवै छेउबाट १८ जना जनशक्ति परिचालन गरी रुख कटान गर्न थालिएको छ ।
  • पहिरो पन्छाउन आवश्यक निर्माण उपकरण सडकको दुवै छेउमा तयारी अवस्थामा राखिएको समेत मन्त्रालयले जनाएको छ ।

१८ भदौ, काठमाडौं ।

पृथ्वी राजमार्गअन्तर्गत कृष्णभिरमा पहिरो पन्छाउने काम अगाडि बढेको छ । पूर्वाधार विकास मन्त्रालयका अनुसार पहिरोको दुवै छेउबाट १८ जना जनशक्ति परिचालन गरी रुख कटान गर्न थालिएको छ । पहिरो पन्छाउन आवश्यक निर्माण उपकरण सडकको दुवै छेउमा तयारी अवस्थामा राखिएको समेत मन्त्रालयले जनाएको छ । रुख कटानको काम सम्पन्न हुनासाथ उपकरण परिचालन गरी पहिरो पन्छाउने कार्य सुरु गरिने मन्त्रालयले जनाएको छ ।

सडक सञ्चालनलाई प्राथमिकतामा राखी काम तीव्र गतिमा अघि बढाइएको मन्त्रालयको दाबी छ। कृष्णभिरको सडक भासिदा यतिबेला राजधानी काठमाडौंका आपूर्ति श्रृङ्खला खलबलिएको छ । उपत्यका आवतजावत गर्नुपर्ने यात्रुले सास्ती बेहोरिरहेका छन् । यसको फाइदा उठाउँदै बजारमा कृत्रिम अभाव समेत बढ्न थालेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ