पञ्चायातकालमा चोरेर विदेश पुर्याइएका मूर्ति नेपाल फिर्ता

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, चैत्र १७, २०८१
|
|
२७ पटक हेरिएको
Shares
पञ्चायातकालमा चोरेर विदेश पुर्याइएका मूर्ति नेपाल फिर्ता

सारांश

  •   तस्करहरुले विभिन्न समयमा यहाँबाट विदेश पुर्याएका २१ वटा पुरातात्विक महत्वका कलात्मक मूर्ति नेपाल फिर्ता ल्याइएको छ ।
  • अमेरिकाबाट फिर्ता ल्याइएका मूर्ति पुरातत्व विभागले आज बिहान सम्बन्धित स्थानीय तहलाई हस्तान्तरणसमेत गरिसकेको छ ।
  •   यीमध्ये तीनवटा पौवा चित्र (१५–१८ औं शताब्दी)का रहेका छन् ।

१७ चैत, काठमाडौं । 

तस्करहरुले विभिन्न समयमा यहाँबाट विदेश पुर्याएका २१ वटा पुरातात्विक महत्वका कलात्मक मूर्ति नेपाल फिर्ता ल्याइएको छ । अमेरिकाबाट फिर्ता ल्याइएका मूर्ति पुरातत्व विभागले आज बिहान सम्बन्धित स्थानीय तहलाई हस्तान्तरणसमेत गरिसकेको छ ।  यीमध्ये तीनवटा पौवा चित्र (१५–१८ औं शताब्दी)का रहेका छन् । यी मूर्ति काठमाडौंस्थित इटुम्बहालबाट वि. सं २०३७ मा हराएका थिए भने एउटा प्रस्तरबाट निर्मित स्थानक बुद्धको मूर्ति (९ औं शताब्दी) बुङमतिको मच्छिन्द्रबहाल परिसरको चैत्यबाट हराएको थियो ।

आर्ट इन्स्टिच्युट शिकागोबाट फिर्ता भएको पाटनको गुइत टोलको गुइत चैत्यको प्रस्तरको मुद्धलिन्द बुद्धको मूर्ति बान –१ (१२-१३ औँ शताब्दी) तथा अन्य १६ थान कलात्मक वस्तुहरु (९–१९औं शताब्दी) पनि नेपालका विभिन्न ठाउँबाट हराएर अमेरिका पुगेका थिए । मूर्ति हस्तान्तरण कार्यक्रममा बोल्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले नेपाली सम्पदाहरु संसारको जुनसुकै कुनामा पुगेपनि फिर्ता ल्याउन कोशिस गर्ने बताए । अब मूर्ति चोरेर विदेश लैजाने कुचेष्ठा कसैले गर्न नसक्ने उनको दाबीसमेत छ । विगतमा यस्ता किसिमका सम्पत्तिहरु कसरी विदेश लगिए ? प्रश्न गर्दै मन्त्री पाण्डेले अब दुराचार गर्ने समय नरहेकाले चोरी हुन नसक्ने ठोकुवा गरे ।

फिर्ता ल्याइएका मूर्ति प्रतिस्थापनका लागि सरकार प्रतिवद्ध रहेको र त्यसका लागि पैसाको चिन्ता नगर्न उनले आग्रह पनि गरे । अहिलेसम्म बेलायत, अष्ट्रिया, अमेरिका, चीन, (तिब्बत), भारत, जर्मनी, अष्ट्रेलिया र इटलीबाट जम्मा १७७ थान पुरातात्विक महत्वका मूर्तिहरु तथा कलात्मक वस्तु विभिन्न राष्ट्रिय अन्तर्राष्ट्रिय व्यक्ति तथा संघ संस्थाहरुको प्रयासबाट फिर्ता भइसकेका छन् । अमेरिका, फ्रान्स, बेलायत, चीन, अष्ट्रिया, अष्ट्रेलियाबाट थप मूर्ति फिर्ताको लागि कूटनीतिक पहल भइरहेको छ । संयुक्त राज्य अमेरिकाबाट मात्र नेपालमा फिर्ता भएका पुरातात्विक महत्व भएका वस्तुहरुको संख्या १०४ पुगेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

टेरामक्स प्रकरणमा मुख्यसचिव अर्यालविरुद्ध मुद्दा दायर गर्ने निर्णय
टेरामक्स प्रकरणमा मुख्यसचिव अर्यालविरुद्ध मुद्दा दायर गर्ने निर्णय
ललितपुरमा खुकुरी प्रहार गरेर युवकको हत्या
ललितपुरमा खुकुरी प्रहार गरेर युवकको हत्या
थामे प्रभावितलाई काठमाडौं महानगरको २० लाख राहत
थामे प्रभावितलाई काठमाडौं महानगरको २० लाख राहत
सुदूरपश्चिमको लगातार तेस्रो जित, लुम्बिनीको लगातार तेस्रो हार
सुदूरपश्चिमको लगातार तेस्रो जित, लुम्बिनीको लगातार तेस्रो हार
पार्टी पुनर्गठनका लागि महामन्त्री पद छाड्न तयार छु : गगन थापा
पार्टी पुनर्गठनका लागि महामन्त्री पद छाड्न तयार छु : गगन थापा
कांग्रेसको कुनै अधिवेशन वा विशेष महाधिवेशन भएको छैन : मीन विश्वकर्मा
कांग्रेसको कुनै अधिवेशन वा विशेष महाधिवेशन भएको छैन : मीन विश्वकर्मा
घोषित मितिमै चुनाव गराउन सरकार सम्पूर्ण रूपमा जुटेको छ : प्रधानमन्त्री
घोषित मितिमै चुनाव गराउन सरकार सम्पूर्ण रूपमा जुटेको छ : प्रधानमन्त्री
प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
‘खाद्यान्न आयात अन्त्यका निम्ति कृषिको आधुनिकीकरण अपरिहार्य’
‘खाद्यान्न आयात अन्त्यका निम्ति कृषिको आधुनिकीकरण अपरिहार्य’
काठमाडौँमा चैत १५ मा हुने दुई समूहको प्रदर्शनबारे केन्द्रीय सुरक्षा समितिमा छलफल
काठमाडौँमा चैत १५ मा हुने दुई समूहको प्रदर्शनबारे केन्द्रीय सुरक्षा समितिमा छलफल