रास्वपाले बोलायो संसदीय दलको बैठक

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, आषाढ १३, २०८२
|
|
५० पटक हेरिएको
Shares
रास्वपाले बोलायो संसदीय दलको बैठक

सारांश

  • प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय दलको बैठक बोलाएको छ।
  • शनिबार बिहान ९ बजे बस्नेगरी संसदीय दलको बैठक आह्वान भएको रास्वपा प्रवक्ता मनिष झाले जानकारी दिए।
  • उनका अनुसार बैठक संघीय संसद भवनमा रहेको रास्वपा संसदीय दल नेताको कार्यकक्षमा हुनेछ।

१३ असार, काठमाडौं ।

प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय दलको बैठक बोलाएको छ। शनिबार बिहान ९ बजे बस्नेगरी संसदीय दलको बैठक आह्वान भएको रास्वपा प्रवक्ता मनिष झाले जानकारी दिए। उनका अनुसार बैठक संघीय संसद भवनमा रहेको रास्वपा संसदीय दल नेताको कार्यकक्षमा हुनेछ।

शनिबार नै प्रतिनिधि सभा बैठक पनि बस्दैछ। संसद बैठकअघि नै रास्वपाका सांसदहरू छलफलमा जुट्न लागेका हुन्। बैठकमा भिजिट भिसा काण्डसँग सम्बन्धित पछिल्ला विकसित घटनाहरूका विषयमा छलफल हुने प्रवक्ता झाले जानकारी दिएका छन् भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन गर्न र गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने माग राख्दै रास्वपाले लगातार संसदमा विरोध जनाउँदै आएको छ। रास्वपाले वेल घेरेर नाराबाजीसँगै संसद नै बहिस्कार समेत गर्दै आएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?