पूर्वाधार कार्यालयमा पत्रकार साहमाथि हातपात, प्रेस स्वतन्त्रतामाथि आक्रमण

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, आषाढ २५, २०८२
|
|
५२ पटक हेरिएको
Shares
पूर्वाधार कार्यालयमा पत्रकार साहमाथि हातपात, प्रेस स्वतन्त्रतामाथि आक्रमण

सारांश

  • महोत्तरीको जलेश्वरस्थित पूर्वाधार विकास कार्यालय परिसरमा एचटिपी खबरका संचालक एवं पत्रकार दिवाकर साहमाथि भएको आक्रमण र दुर्व्यवहारप्रति मधेश प्रदेश मिडिया काउन्सिल र नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले गम्भीर ध्यानाकर्षण जनाएको छ।
  • असार २३ गते राति करिब १ बजेको समयमा सरकारी कार्यालयमा असार मसान्तको अवसर पारेर अनैतिक लेनदेन र सार्वजनिक कोष दुरुपयोग भइरहेको भन्ने सूचनाका आधारमा समाचार संकलन गर्न पुगेका पत्रकार साहमाथि कार्यालय परिसरमै उपस्थित केही व्यक्तिहरूले दुर्व्यवहार र हातपात गरेका थिए।
  • पत्रकार साहले प्रयोग गर्दै आएका समाचार संकलन उपकरण खोसिएको र सहयोगीमाथि समेत हातपात भएको बताइएको छ।

२५ असार, महोत्तरी ।

महोत्तरीको जलेश्वरस्थित पूर्वाधार विकास कार्यालय परिसरमा एचटिपी खबरका संचालक एवं पत्रकार दिवाकर साहमाथि भएको आक्रमण र दुर्व्यवहारप्रति मधेश प्रदेश मिडिया काउन्सिल र नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले गम्भीर ध्यानाकर्षण जनाएको छ। असार २३ गते राति करिब १ बजेको समयमा सरकारी कार्यालयमा असार मसान्तको अवसर पारेर अनैतिक लेनदेन र सार्वजनिक कोष दुरुपयोग भइरहेको भन्ने सूचनाका आधारमा समाचार संकलन गर्न पुगेका पत्रकार साहमाथि कार्यालय परिसरमै उपस्थित केही व्यक्तिहरूले दुर्व्यवहार र हातपात गरेका थिए।

पत्रकार साहले प्रयोग गर्दै आएका समाचार संकलन उपकरण खोसिएको र सहयोगीमाथि समेत हातपात भएको बताइएको छ। मधेश प्रदेश मिडिया काउन्सिलले पत्रकारमाथिको आक्रमणलाई प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता र संवैधानिक अधिकारमाथिको गम्भीर आघातको रूपमा लिँदै दोषीमाथि तत्काल कानुनी कारबाही गर्न माग गरेको छ।

काउन्सिलको भनाइमा, पत्रकारले गल्ती गरे कानुनी प्रक्रिया अवलम्बन गर्ने वैधानिक बाटो खुला छ, तर शारीरिक दुर्व्यवहार र समाचार संकलनमा अवरोध गर्नु निन्दनीय छ। यस्तै, नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पनि घटनालाई प्रेस स्वतन्त्रतामाथिको खुला हस्तक्षेप भन्दै कडा शब्दमा भर्त्सना गरेको छ। महासंघले पत्रकार साहमाथि दुर्व्यवहार गर्ने व्यक्तिहरूलाई छिटोभन्दा छिटो कानुनी दायरामा ल्याउन सम्बन्धित निकायसँग जोडदार माग राखेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्रीको आह्वानमा सर्वपक्षीय बैठक बस्दै
प्रधानमन्त्रीको आह्वानमा सर्वपक्षीय बैठक बस्दै
अस्पतालबाट डिस्चार्ज भए स्वास्थ्यमन्त्री पौडेल
अस्पतालबाट डिस्चार्ज भए स्वास्थ्यमन्त्री पौडेल
एकै महिनामा भित्रियो १ खर्ब ६५ अर्ब रेमिट्यान्स
एकै महिनामा भित्रियो १ खर्ब ६५ अर्ब रेमिट्यान्स
संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक सिंहदरबारमा सुरु
संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक सिंहदरबारमा सुरु
भिजिट भिसा प्रकरण : १० दिनमा ६६६ जनालाई विमानस्थलबाट फर्काइयो
भिजिट भिसा प्रकरण : १० दिनमा ६६६ जनालाई विमानस्थलबाट फर्काइयो
कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिममा धेरै भारी वर्षाको सम्भावना, तराईमा हावाहुरी
कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिममा धेरै भारी वर्षाको सम्भावना, तराईमा हावाहुरी
सर्वोच्चको अन्तरिम आदेशले रोकियो अनलाइनबाट कम्पनी दर्ता प्रक्रिया
सर्वोच्चको अन्तरिम आदेशले रोकियो अनलाइनबाट कम्पनी दर्ता प्रक्रिया
दलित समुदायलाई आत्मनिर्भर बनाउन ‘सीपमूलक तालिम’
दलित समुदायलाई आत्मनिर्भर बनाउन ‘सीपमूलक तालिम’
मधेस प्रदेश सरकारबाट जनमत पार्टी बाहिरियो, समर्थन फिर्ता
मधेस प्रदेश सरकारबाट जनमत पार्टी बाहिरियो, समर्थन फिर्ता
दुर्गा प्रसाईलाई सर्वोच्च अदालत लगियो
दुर्गा प्रसाईलाई सर्वोच्च अदालत लगियो