पाकिस्तानको कराँचीमा भवन भत्किँदा १२ जनाको मृ*त्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, आषाढ २१, २०८२
|
|
१९ पटक हेरिएको
Shares
पाकिस्तानको कराँचीमा भवन भत्किँदा १२ जनाको मृ*त्यु

सारांश

  • पाकिस्तानको कराँचीमा लियारी भवन भत्किँदा मृत्यु हुनेको सङ्ख्या १२ पुगेको छ ।
  • शनिबार अपरान्ह भग्नावशेषमा थप तीन जनाको शव फेला परेको उद्धार अधिकारीहरूले पुष्टि गरेका छन् ।
  • कराँचीको लियारीस्थित बग्दादी क्षेत्रमा छ तले आवासीय भवन भत्किँदा उक्त विध्वंसकारी घटना भएको हो ।

२१ असार, कराँची ।

पाकिस्तानको कराँचीमा लियारी भवन भत्किँदा मृत्यु हुनेको सङ्ख्या १२ पुगेको छ । शनिबार अपरान्ह भग्नावशेषमा थप तीन जनाको शव फेला परेको उद्धार अधिकारीहरूले पुष्टि गरेका छन् । कराँचीको लियारीस्थित बग्दादी क्षेत्रमा छ तले आवासीय भवन भत्किँदा उक्त विध्वंसकारी घटना भएको हो । उद्धार अधिकारीहरूले पाँच महिलासहित नौ जनालाई घाइते अवस्थामा उद्धार गरिएको र उनीहरूको उपचार भइरहेको बताएका छन्।

कराँचीका नगरप्रमुख ब्यारिस्टर मुर्तजा बहावले करिब २० जना मानिस भग्नावशेषमा फसेको अनुमान गरिएको र अझै पुरिएकाहरूको उद्धार कार्य जारी रहेको बताएका छन् । कराँचीका मेयर मुर्तजा बहावले भग्नावशेषबाट १९ जनालाई उद्धार गरिएको पुष्टि गरे।  आठ जनाको घटनास्थलमै र एक जनाको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको नगरप्रमुख मुर्तजा बहावले जानकारी दिए। घाइतेमध्ये छ जना उपचारपछि डिस्चार्ज भएका छन् भने तीन जना घाइतेको एसएमबीबी ट्रमा सेन्टरमा उपचार भइरहेको एआरवाई न्यूजले जनाएको छ । नगर प्रमुखले भने, उद्धार कार्य अझै जारी छ । टोलीहरू अरू कोही पनि भग्नावशेषमा नफसेका सुनिश्चित नहुँदासम्म काम गरिरहने छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मकालुमा खोलामा डुबेर एकै घरका २ जनाको मृत्यु
मकालुमा खोलामा डुबेर एकै घरका २ जनाको मृत्यु
राष्ट्रपतिद्वारा संसद्को हिउँदे अधिवेशन आह्वान
राष्ट्रपतिद्वारा संसद्को हिउँदे अधिवेशन आह्वान
एसईईको नतिजा आज सार्वजनिक गर्ने तयारी
एसईईको नतिजा आज सार्वजनिक गर्ने तयारी
प्रतिनिधिसभाको बैठक बस्दै‌,दुई मन्त्रीले जवाफ दिने कार्यसूची
प्रतिनिधिसभाको बैठक बस्दै‌,दुई मन्त्रीले जवाफ दिने कार्यसूची
नाइमाद्वारा अटोमोबाइल क्षेत्र सुधारका लागि अर्थमन्त्रीलाई नीतिगत सुझाव पेश
नाइमाद्वारा अटोमोबाइल क्षेत्र सुधारका लागि अर्थमन्त्रीलाई नीतिगत सुझाव पेश
सोलुखुम्बु मालपोतका तत्कालीन खरिदार र नापीका अमिनसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा
सोलुखुम्बु मालपोतका तत्कालीन खरिदार र नापीका अमिनसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा
जेठ १५ गते सिंहदरबार घेर्ने आजपाको निर्णय
जेठ १५ गते सिंहदरबार घेर्ने आजपाको निर्णय
गभर्नर छनोट समितिबाट विजयनाथ भट्टराईले दिए राजीनामा
गभर्नर छनोट समितिबाट विजयनाथ भट्टराईले दिए राजीनामा
रास्वपा प्रवक्ता झाले भने, आधा घण्टापछि प्रहरीसँग सडकमार्ग भएर सभापति पोखरा जानुहुन्छ
रास्वपा प्रवक्ता झाले भने, आधा घण्टापछि प्रहरीसँग सडकमार्ग भएर सभापति पोखरा जानुहुन्छ
करेन्ट लागेर हलो जोतिरहेका पुरुष र गोरुको मृत्यु
करेन्ट लागेर हलो जोतिरहेका पुरुष र गोरुको मृत्यु