रोल्पाको पहिरोमा बेपत्ता भएका दुई महिला मृ*त भेटिए

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, श्रावण ९, २०८३
|
|
१४२ पटक हेरिएको
Shares
रोल्पाको पहिरोमा बेपत्ता भएका दुई महिला मृ*त भेटिए

सारांश

  • रोल्पाको सुनछहरी गाउँपालिका–१ सेरमस्थित दवाङ लेकमा शुक्रबार दिउँसो पहिरो जाँदा बेपत्ता भएका दुई महिला मृत भेटिएका छन् ।
  • मृत भेटिनेमा गाई–बाख्रा चराउन गएकी स्थानीय महिला ३५ वर्षीया अमिरा घर्ती मगर र ३८ वर्षीया असौजी घर्ती मगर रहेको सुनछहरी गाउँपालिकाका अध्यक्ष धनबहादुर पुनले जानकारी दिए ।
  • अध्यक्ष पुनको जानकारी अनुसार, सोही पहिरोमा परेर ६२ वर्षीय कुले घर्ती गमभीर घाइते भएका छन् ।

९ साउन, रोल्पा ।

रोल्पाको सुनछहरी गाउँपालिका–१ सेरमस्थित दवाङ लेकमा शुक्रबार दिउँसो पहिरो जाँदा बेपत्ता भएका दुई महिला मृत भेटिएका छन् । मृत भेटिनेमा गाई–बाख्रा चराउन गएकी स्थानीय महिला ३५ वर्षीया अमिरा घर्ती मगर र ३८ वर्षीया असौजी घर्ती मगर रहेको सुनछहरी गाउँपालिकाका अध्यक्ष धनबहादुर पुनले जानकारी दिए । अध्यक्ष पुनको जानकारी अनुसार, सोही पहिरोमा परेर ६२ वर्षीय कुले घर्ती गमभीर घाइते भएका छन् । उनको उद्धार गरी स्थानीय सेरम स्वास्थ्य चौकीमा लगिएको उनले जानकारी दिए ।

मृत्यु भएका दुई महिलाको शवसमेत फेला परिसकेको छ । पहिरोमा केही पशुचौपाय पनि परेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार दिउँसो करिब १:१० बजे गाईबाख्रा चराइरहेका बेला माथिबाट एक्कासी पहिरो खसेको थियो । लगत्तै प्रहरीको टोली घटनास्थलमा पुगेर खोजी कार्यमा खटिएका थिए । घटनाको थप विवरण आउन बाँकी रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वर्षाका कारण देशभरका ११ राजमार्ग ठप्प
वर्षाका कारण देशभरका ११ राजमार्ग ठप्प
खेलकुद क्षेत्रको दिगो विकासका लागि ‘पेसएक्स स्पोटर्स’ नामक संस्था स्थापना हुँदै
खेलकुद क्षेत्रको दिगो विकासका लागि ‘पेसएक्स स्पोटर्स’ नामक संस्था स्थापना हुँदै
लोकतन्त्र र गणतन्त्रलाई संस्थागत गर्न सबै दल जिम्मेवार बन्नुपर्छ : पूर्व राष्ट्रपति यादव
लोकतन्त्र र गणतन्त्रलाई संस्थागत गर्न सबै दल जिम्मेवार बन्नुपर्छ : पूर्व राष्ट्रपति यादव
वास्तविक नमूना मतपत्र सार्वजनिक, काठमाडौंको सबैभन्दा ठूलो
वास्तविक नमूना मतपत्र सार्वजनिक, काठमाडौंको सबैभन्दा ठूलो
रास्वपाका मन्त्रीहरुले राजीनामा दिदै
रास्वपाका मन्त्रीहरुले राजीनामा दिदै
एक करोड २३ लाख कित्ता शेयर नेप्सेमा सूचीकृत, बोनस र हकप्रद कति ?
एक करोड २३ लाख कित्ता शेयर नेप्सेमा सूचीकृत, बोनस र हकप्रद कति ?
आधुनिक प्रवृत्तिसँगै देखिने खर्चिलोपनलाई न्यूनीकरण गर्दै मौलिक संस्कृति जोगाउन अत्यावश्यक’
आधुनिक प्रवृत्तिसँगै देखिने खर्चिलोपनलाई न्यूनीकरण गर्दै मौलिक संस्कृति जोगाउन अत्यावश्यक’
रास्वपाको केन्द्रीय सचिवालय बैठक आज बस्दै
रास्वपाको केन्द्रीय सचिवालय बैठक आज बस्दै
हमासलाई समाप्त पार्न इजरायली रक्षामन्त्रीको आह्वान
हमासलाई समाप्त पार्न इजरायली रक्षामन्त्रीको आह्वान
दशैंको दुई दिनमा ६३ हजारले गरे हवाइयात्रा
दशैंको दुई दिनमा ६३ हजारले गरे हवाइयात्रा