काठमाडौं टावर नक्सा विवादमा बालेनको ‘एक्सन’

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, पौष १७, २०८१
|
|
१९ पटक हेरिएको
Shares
काठमाडौं टावर नक्सा विवादमा बालेनको ‘एक्सन’

सारांश

  • काठमाडौं महानगरपालिकाले ५ पुस शुक्रबार आकस्मिक पत्रकार सम्मेलन गर्‍यो ।
  • यसको कारण थियो– आधिकारिक प्रणालीविना नै पुरानो बसपार्कस्थित ‘काठमाडौं टावर’ को प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं नक्सापास गरेको विषय ।
  • महानगरका प्रवक्ता नवीन मानन्धर, मेयर बालेन साहका प्रमुख स्वकीय सचिव भूपदेव शाह सहितले भवन निर्माणको नक्सा पास कागजातको अनुमतिपत्रमा प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले आधिकारिक नक्सा पास प्रणाली (ईबीपीएस) मार्फत प्रक्रिया नै पूरा नगरी स्वीकृति दिएको देखिएको भन्दै कानुन बमोजिम प्रक्रिया थालनी गर्ने जनाएको थियो ।

१६ पुस, काठमाडौं । काठमाडौं महानगरपालिकाले ५ पुस शुक्रबार आकस्मिक पत्रकार सम्मेलन गर्‍यो । यसको कारण थियो– आधिकारिक प्रणालीविना नै पुरानो बसपार्कस्थित ‘काठमाडौं टावर’ को प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं नक्सापास गरेको विषय ।

महानगरका प्रवक्ता नवीन मानन्धर, मेयर बालेन साहका प्रमुख स्वकीय सचिव भूपदेव शाह सहितले भवन निर्माणको नक्सा पास कागजातको अनुमतिपत्रमा प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले आधिकारिक नक्सा पास प्रणाली (ईबीपीएस) मार्फत प्रक्रिया नै पूरा नगरी स्वीकृति दिएको देखिएको भन्दै कानुन बमोजिम प्रक्रिया थालनी गर्ने जनाएको थियो ।


यसैबीच काठमाडौं महानगरपालिकाले १४ पुसमा आफ्नो १६औं अधिवेशन समेत गर्‍यो । चालु आर्थिक वर्ष २०८१/८२ बजेटको रकमान्तर समेत गरेको उक्त अधिवेशनको सदस्यसचिवमा देखा परे शिक्षा विभागका गोविन्दप्रसाद शर्मा

पालिकाका प्रमुख प्रशासकीय अधिकृत सभाको सदस्यसचिव हुने गर्छ । तर, प्रमुख प्रशासकीय अधिकृतको अधिकार गुरागाईंसँग खोसेर वरिष्ठताका आधारमा शर्मालाई निमित्त प्रमुख प्रशासकीय अधिकृत बनाइएको थियो । महानगर स्रोतका अनुसार मेयर बालेनले नै छानबिन भइन्जेल कार्यालय नआउनू भन्दै बिदा बस्न भनेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?