रास्वपा बागमती प्रदेशको नेतृत्व छान्न सुरु भयो मतदान

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, जेठ ३०, २०८३
|
|
६७ पटक हेरिएको
Shares
रास्वपा बागमती प्रदेशको नेतृत्व छान्न सुरु भयो मतदान

सारांश

  • सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बागमती प्रदेश अधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ ।
  • शनिबार बिहान ११ बजेदेखि सुरु हुने भनिएको मतदान ढिलो गरी सुरु भएको हो ।
  • मतदानमा झण्डै १३ सय प्रतिनिधिहरू सहभागी हुने रास्वपाले जनाएको छ ।

३० जेठ, काठमाडौं ।

सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बागमती प्रदेश अधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । शनिबार बिहान ११ बजेदेखि सुरु हुने भनिएको मतदान ढिलो गरी सुरु भएको हो ।मतदानमा झण्डै १३ सय प्रतिनिधिहरू सहभागी हुने रास्वपाले जनाएको छ । समायोजनबाट विवादित चार सय प्रतिनिधिमध्ये २१० जनाले मत दिन पाउने भएका छन् । अहिले प्रतिनिधिहरू मतदानका लागि लाइनमा बसेका छन् ।

रास्वपाले प्रदेश अधिवेशनमा नेतृत्व चयनका लागि हुने विद्युतीय मतदानका लागि  १५ वटा बुथमा बनाएको छ । पहिलो चरणमा प्रदेश सभापति र प्रदेश समिति सदस्यको निर्वाचन गरेर दोश्रो चरणमा पदाधिकारीको निर्वाचन हुने बताइएको छ । बागमती प्रदेश सभापतिका लागि डा. अच्युतम लामिछाने, उत्सव अर्याल, कृष्णमान श्रेष्ठ र हरिबहादुर खत्रीले उम्मेदवारी दिएका छन् । रास्वपा बागमतीका नेताहरूको अनुसार चारमध्ये डा. लामिछाने र अर्याल बीच मुख्य प्रतिस्पर्धा हुनेछ । लामिछाने हाल प्रदेश सभापति र अर्याल प्रवक्ता छन् । सभापतिका यी दुई प्रतिस्पर्धीले आ–आफ्नो प्यानल अघोषित रूपमा खडा गरेको प्रदेश नेताहरूको दाबी छ ।

लामिछानेको प्यानलमा उपसभापतिमा सुरेन्द्र भट्ट, महामन्त्रीमा बदन भण्डारी, सह महामन्त्रीमा डा रमेश ढकाल बनाउने गरी आन्तरिक तयारी गरिएको छ । भट्ट वर्तमान समितिको महामन्त्री छन् । सभापतिको आकांक्षी भण्डारीले उक्त पदमा उम्मेदवारी नदिएर लामिछानेलाई सघाउने आन्तरिक सहमति भएको जानकारी गराइएको छ । भण्डारी प्रतिनिधि सभा सदस्य छन् । काभ्रे–२ बाट निर्वाचित भण्डारी सार्वजनिक मामिला विभागका सचिव समेत हुन् । सोही प्यानलमा सहमहामन्त्री बनाउने तयारी गरेका डा ढकाल अस्पताल सञ्चालक हुन् । सभापतिको अर्को उम्मेदवार अर्याल पक्षबाट उप सभापतिमा राधिका तिमिल्सिना, महामन्त्रीमा मेनुका ठकुरी उठाउने गरी तयारी भएको जानकारी गराइएको छ। खतिवडा र ठकुरी वर्तमान समितिमा पनि छन् । खतिवडा सहमहामन्त्री र ठकुरी कोषाध्यक्ष छन् । पदाधिकारीमा सभापति, उपसभापति, महामन्त्री र सहमहामन्त्री (फरक–फरक लिङ्गको गरी २) निर्वाचनमार्फत चुनिनु पर्छ । प्रवक्ता र कोषाध्यक्ष मनोनित गर्ने व्यवस्था छ । बागमती प्रदेश समिति ६५ सदस्यीय हुने विधानको व्यवस्था छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रिय सभा अन्तरगत आज दुई समितिको बैठक बस्दैँ
राष्ट्रिय सभा अन्तरगत आज दुई समितिको बैठक बस्दैँ
रवि लामिछानेलाई ६० लाख धरौटीमा छाड्न जिल्ला अदालत काठमाडौंको आदेश
रवि लामिछानेलाई ६० लाख धरौटीमा छाड्न जिल्ला अदालत काठमाडौंको आदेश
बैंकिङ कसुरमा २ करोड ५० लाख जरिवाना सुनाइएका व्यक्ति पक्राउ
बैंकिङ कसुरमा २ करोड ५० लाख जरिवाना सुनाइएका व्यक्ति पक्राउ
मानव अधिकार आयोगले सरकारलाई भन्यो : ईको जीवन रक्षाको पहल गर
मानव अधिकार आयोगले सरकारलाई भन्यो : ईको जीवन रक्षाको पहल गर
प्रचण्ड र ओलीबीच भेट, संसद अधिवेशन अन्त्यबारे छलफल
प्रचण्ड र ओलीबीच भेट, संसद अधिवेशन अन्त्यबारे छलफल
चोरी तथा डाँका सम्बन्धी कसुरमा संलग्न पाँचजना पक्राउ
चोरी तथा डाँका सम्बन्धी कसुरमा संलग्न पाँचजना पक्राउ
संविधानको मर्मअनुसार कानून निर्माण हुनुपर्छः मन्त्री खड्का
संविधानको मर्मअनुसार कानून निर्माण हुनुपर्छः मन्त्री खड्का
नेपाल कबड्डी लिगको फाइनल आज : उपाधिका लागि जनकपुर र काठमाडौंको दाबेदारी
नेपाल कबड्डी लिगको फाइनल आज : उपाधिका लागि जनकपुर र काठमाडौंको दाबेदारी
जन अधिकार पार्टीको बारा अध्यक्षमा संजय सहनी चयन
जन अधिकार पार्टीको बारा अध्यक्षमा संजय सहनी चयन
देशभरिबाट तीन हजार ७२३ कैदीबन्दी पक्राउ, दुई हजार १०० फरार
देशभरिबाट तीन हजार ७२३ कैदीबन्दी पक्राउ, दुई हजार १०० फरार