सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

बागमती सरकारको नीति तथा कार्यक्रम स्वीकृत, भोलि प्रस्तुत हुने

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, जेठ १३, २०८२
|
|
४५ पटक हेरिएको
Shares
बागमती सरकारको नीति तथा कार्यक्रम स्वीकृत, भोलि प्रस्तुत हुने

सारांश

  •    बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको छ ।
  • मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश सरकारको आगामी आवको नीति तथा कार्यक्रम स्वीकृत गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्तासमेत रहेका प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले जानकारी दिए ।
  • नीति तथा कार्यक्रम बुधबार प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले प्रस्तुत गर्नेछन् ।

 

१३ जेठ,  मकवानपुर ।  

बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश सरकारको आगामी आवको नीति तथा कार्यक्रम स्वीकृत गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्तासमेत रहेका प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले जानकारी दिए ।

नीति तथा कार्यक्रम बुधबार प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले प्रस्तुत गर्नेछन् । सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले प्रदेश प्रमुख देवकोटालाई औपचारिक पत्राचार समेत गरिसकेका छन् । सभामुख पाठकले उक्त दिन प्रदेशसभाका सदस्यलाई औपचारिक पोसाकमा उपस्थित हुन निर्देशनसमेत गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?