जेनजी युवा आन्दोलनपछि पहिलोपटक एमाले सचिवालय बैठक बस्दै
सारांश
- नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ ।
- बैठक दिउँसो एक बजे एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास भक्तपुरको गुण्डुमा बोलाइएको छ ।
- जेनजी युवा आन्दोलनपछि एमालेको यो बैठक पहिलो पटक बोलाइएको छ ।
१२ असोज, काठमाडौं ।
नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ । बैठक दिउँसो एक बजे एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास भक्तपुरको गुण्डुमा बोलाइएको छ । जेनजी युवा आन्दोलनपछि एमालेको यो बैठक पहिलो पटक बोलाइएको छ । युवा आन्दोलनपछि पार्टी नेतृत्वमाथि सवाल उठिरहेका बेला बोलाइएको यो बैठकलाई चासोका साथ हेरिएको छ । सचिवालय बैठकमा जेनजी युवा आन्दोलन, आन्दोलनमा भएको जनधनको क्षति, केपी शर्मा ओलीले नेतृत्व गरेको तत्कालीन सरकारको भूमिका, पार्टीले अवलम्बन गर्ने अबको बाटो लगायतका विषयमा छलफल हुने बताइएको छ ।

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया