अमेरिकी रक्षामन्त्रीमाथि दुईजनाको ह*त्या आरोप

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, मंसिर २४, २०८२
|
|
२६ पटक हेरिएको
Shares
अमेरिकी रक्षामन्त्रीमाथि दुईजनाको ह*त्या आरोप

सारांश

  • अमेरिकी रक्षामन्त्री पीट हेगसेथमाथि दुईजनाको हत्या गरेको गम्भीर आरोप लगाइएको छ ।
  • योसँगै उनको पद खतरामा परेको छ ।
  • यो प्रकरणसँग सम्बन्धित ४० मिनेटको एउटा ‘गोप्य’ भिडियो पनि सार्वजनिक भएको छ ।

 

२४ मंसिर, काठमाडौं ।

अमेरिकी रक्षामन्त्री पीट हेगसेथमाथि दुईजनाको हत्या गरेको गम्भीर आरोप लगाइएको छ । योसँगै उनको पद खतरामा परेको छ । यो प्रकरणसँग सम्बन्धित ४० मिनेटको एउटा ‘गोप्य’ भिडियो पनि सार्वजनिक भएको छ । त्यसमा क्यारेबियन सागरमा ड्रोन आक्रमण गरी मानिसको हत्या गरिएको देखाइएको छ । उक्त घटनापछि अमेरिकी संसद् ९कंग्रेस०ले रक्षा मन्त्रालय ९पेन्टागन०माथि दबाब बढाएको छ ।

संसद्ले अमेरिकी आक्रमणको सम्पादन नगरिएको पूरा भिडियो हस्तान्तरण गर्न माग गरेको छ । कंग्रेसले पेन्टागन प्रमुख हेगसेथको यात्रा बजेटको २५ प्रतिशत रोक्ने निर्णय पनि गरेको छ । डेमोर्क्र्याटिक पार्टीका नेताले हेगसेथको राजीनामा मागेका छन् । सोही कारण राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि हेगसेथविरुद्ध कारबाही गर्न दबाब बढेको छ । अमेरिकाले डुंगामाथि किन गर्‍यो आक्रमण रुट्रम्पले देशमा लागुऔषध ९ड्रग्स०विरुद्ध युद्ध घोषणा गरेका छन् । यो अभियानअन्तर्गत भेनेजुएला र अरू दक्षिण अमेरिकी देशहरूबाट ड्रग्स ल्याउने तस्करमाथि कारबाही गरिँदै छ । उनीहरूलाई क्यारेबियन सागरमै निसाना बनाइँदै छ । ट्रम्पले उनीहरूलाई ‘नार्को टेररिस्ट’ भनेर सम्बोधन गर्दै आएका छन् ।

यही कारबाहीअन्तर्गत गएको सेप्टेम्बर २ मा अमेरिकी सेनाले क्यारेबियन सागरमा एउटा डुंगामाथि ड्रोन आक्रमण गरेको थियो । वासिङटन पोस्टको रिपोर्टअनुसार, त्यति बेला हेगसेथले सबैलाई मार्ने आदेश दिएका थिए । उक्त डुंगामा ११ जना सवार थिए । पहिलो ड्रोन आक्रमणमा नौजनाको मृत्यु भयो । दुईजना घाइते भए । दोस्रोपटक पनि ड्रोन आक्रमण गरियो । त्यसक्रममा बाँकी रहेका दुई व्यक्तिको समेत मृत्यु भयो । रक्षा मन्त्रालयको रिपोर्टअनुसार, हालसम्म ‘नार्को टेररिस्ट’विरुद्ध सेनाले यस्ता कुल २१ ड्रोन आक्रमण गरेको छ । त्यसक्रममा ८२ जनाको मृत्यु भएको छ । आक्रमणमा परेकाहरू वास्तवमै ड्रग्स तस्कर थिए भन्ने स्पष्ट प्रमाण भने सार्वजनिक गरिएको छैन । अमेरिकी कंग्रेसको एक समितिले डिसेम्बर २ मा उक्त ड्रोन आक्रमणको पूरा भिडियो अवलोकन गरेको थियो । समितिका सदस्यले यसलाई आफ्नो राजनीतिक जीवनकै सबैभन्दा भयावह दृश्य भएको बताएका छन् । उनीहरूका अनुसार, दुई निहत्था व्यक्ति सहायताको अवस्थामा थिए, तैपनि उनीहरूलाई मारियो ।

भिडियोमा देखिएअनुसार, दुई व्यक्ति बिनासर्ट डुंगाको भाँचिएको भाग समातेर समुद्रमा तैरिरहेका थिए । उनीहरू डुंगालाई सिधा गर्न असमर्थ थिए र हात उठाएर आत्मसमर्पणको संकेत गरेका थिए । यति हुँदाहुँदै दोस्रो आक्रमणको आदेश दिइएको थियो । हेगसेथले प्रारम्भिक बयानमा उक्त आक्रमण प्रत्यक्ष ९लाइभ० हेरिरहेको स्वीकार गरेका थिए । तर, पछि उनले आफ्नो भनाइ परिवर्तन गरे । उनले दोस्रो आक्रमणको निर्णयलाई समर्थन गरे पनि त्यसको आदेश आफैँले दिएको भने अस्वीकार गरेका छन् । उनका अनुसार, अन्तिम आक्रमण एडमिरल फ्र्यांक ब्राडलीको सिफारिसमा गरिएको थियो । ब्राडली डिसेम्बर ४ मा संसद्मा उपस्थित भएका थिए । त्यसक्रममा उनले हेगसेथले डुंगामा सवार सबै मानिसलाई मार्ने आदेश नदिएको जिकिर गरे । संसद्मा उपस्थित हुनुभन्दा पहिला ब्राडलीले दोस्रो आक्रमणअघि कानुनी सल्लाहकारसँग परामर्श गरिएको बताएका थिए । बन्द कोठामा देखाइएको पूरा भिडियोमा डुंगामा कोकिनका झोलाहरू तैरिरहेको रक्षा मन्त्रालयका अधिकारीहरूले दाबी गरेका थिए । उनीहरूले बाँकी रहेका व्यक्तिहरूले डुंगालाई पुनः भेनेजुएला फर्काएर लैजान वा मद्दत बोलाएर फेरि ड्रग्स ओसारपसारको प्रयास गर्न सक्ने बताएका थिए । अमेरिकी कानुनका जानकारका अनुसार, युद्धका नियम स्पष्ट छ । उनीहरूका अनुसार, घाइते, बेहोस वा पानीमा डुबिरहेको अवस्थामा, लडाइँमा सहभागी हुन नसक्ने स्थितिमा आक्रमण गर्नु युद्ध अपराध ठहरिन्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रहरीको लापरबाहीले दुर्घटना बढेको भन्दै सुर्खेतमा आन्दोलन
प्रहरीको लापरबाहीले दुर्घटना बढेको भन्दै सुर्खेतमा आन्दोलन
११ कक्षाको पठनपाठन १ असारदेखि नै सुरु गरिने
११ कक्षाको पठनपाठन १ असारदेखि नै सुरु गरिने
राष्ट्रिय सभा निर्वाचन : १८ पदमा ४४ जनाले दिए उम्मेदवारी
राष्ट्रिय सभा निर्वाचन : १८ पदमा ४४ जनाले दिए उम्मेदवारी
बागमती नदीमा तैरिने फोहोर पदार्थहरू संकलन गर्न ट्रास बेरियर राखियो
बागमती नदीमा तैरिने फोहोर पदार्थहरू संकलन गर्न ट्रास बेरियर राखियो
बालेन लक्षित हर्क साम्पाङको टिप्पणीः सहकारी काण्डमा तानिएकासँग मिलेर देशलाई लिलाम गर्न खोजीदैछ
बालेन लक्षित हर्क साम्पाङको टिप्पणीः सहकारी काण्डमा तानिएकासँग मिलेर देशलाई लिलाम गर्न खोजीदैछ
जुवातास खेलिरहेको अवस्थामा काठमाडौँ र ललितपुरबाट १५ जना पक्राउ
जुवातास खेलिरहेको अवस्थामा काठमाडौँ र ललितपुरबाट १५ जना पक्राउ
लेबनानविरुद्ध इजरायलका लागि जासुसी गर्ने दुई सिरियाली नागरिक पक्राउ
लेबनानविरुद्ध इजरायलका लागि जासुसी गर्ने दुई सिरियाली नागरिक पक्राउ
गणेश नेपालीको न्याय माग गर्दै वीर अस्पताल अगाडि प्रदर्शन
गणेश नेपालीको न्याय माग गर्दै वीर अस्पताल अगाडि प्रदर्शन
ट्रकले अटोलाई ठक्कर दिंदा आमाको मृत्यु, छोरा र चालक घाइते
ट्रकले अटोलाई ठक्कर दिंदा आमाको मृत्यु, छोरा र चालक घाइते
चाडपर्वमा उपत्यकामा नियम उल्लङ्घन गर्ने ३९ हजार चालकमाथि कारबाही
चाडपर्वमा उपत्यकामा नियम उल्लङ्घन गर्ने ३९ हजार चालकमाथि कारबाही