मैत्रीपूर्ण क्रिकेट शृङ्खलामा आज नेपाल राजस्थानसँग प्रतिस्पर्धा गर्दै

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, कार्तिक २७, २०८२
|
|
१७ पटक हेरिएको
Shares
मैत्रीपूर्ण क्रिकेट शृङ्खलामा आज नेपाल राजस्थानसँग प्रतिस्पर्धा गर्दै

सारांश

  • भारतमा आजबाट सुरु हुने मैत्रीपूर्ण क्रिकेट शृङ्खलामा नेपालले आज पहिलो खेलमा राजस्थानसँग प्रतिस्पर्धा गर्ने भएको छ ।
  • भारतमा ६ वटा मैत्रीपूर्ण क्रिकेट शृङ्खला खेल्न लागेको नेपाली टिम आज राजस्थानसँग प्रतिस्पर्धा गर्न लागेको हो ।
  • कप्तान इन्दु बर्माको कप्तानीमा नेपाली टिम भारतका तीन टिमसँग दुईदुई खेल खेल्दैछ ।

२७ कात्तिक, काठमाडौं ।

भारतमा आजबाट सुरु हुने मैत्रीपूर्ण क्रिकेट शृङ्खलामा नेपालले आज पहिलो खेलमा राजस्थानसँग प्रतिस्पर्धा गर्ने भएको छ । भारतमा ६ वटा मैत्रीपूर्ण क्रिकेट शृङ्खला खेल्न लागेको नेपाली टिम आज राजस्थानसँग प्रतिस्पर्धा गर्न लागेको हो ।

कप्तान इन्दु बर्माको कप्तानीमा नेपाली टिम भारतका तीन टिमसँग दुईदुई खेल खेल्दैछ । आज सुरु भएको खेल नोभेम्बर १९ तारिखसम्म चल्नेछ । नेपाली टिमले भारतको उत्तराखण्ड, बंगाल र राजस्थानका महिला क्रिकेट टिमसँग प्रतिस्पर्धा गर्ने छ । नेपाली टिममा कप्तान बर्मासँगै कविता कुँवर, सना प्रवीण, रुबिना क्षेत्री, अलिसा यादव, ईश्वरी विष्ट, रोमा थापा, आश्मिा कर्माचार्य, सबनम राई, बिन्दु रावल, पूजा महतो, लक्ष्मी साउद, मनीषा उपाध्याय, सिमाना केसी, ममता चौधरी रहेका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?