Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

एनकेएल: पहिलो क्वालिफायरमा जनकपुर र विराटनगर भिड्दै

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, माघ १४, २०८१
|
|
५५ पटक हेरिएको
Shares
एनकेएल: पहिलो क्वालिफायरमा जनकपुर र विराटनगर भिड्दै

सारांश

  • राष्ट्रिय खेलकुद परिषद त्रिपुरेश्वरस्थित कभर्डहलमा जारी लिगमा जनकपुर चार जित र एक बराबरीसँगै २३ अंक बनाएर अपराजित रहँदै शीर्षस्थान रहेको छ।
  • त्यस्तै दोस्रो स्थानमा रहेको बिराटनगर पहिलो क्वालिफायरमा जित निकाल्दै फाइनल पुग्ने लक्ष्यका साथ जनकपुरसँग भिड्दै छ।
  • क्वालिफायर एकको विजेता सीधै फाइनलमा प्रवेश गर्ने भएकाले दुवै टिमको लक्ष्य फाइनल प्रवेश हुने छ।

 

१४ माघ, काठमाडौँ- नेपाल कबड्डी लिग अन्तर्गत पहिलो क्वालिफायरमा सोमबार बिराटनगर र जनकपुर आज भिड्दै छन्। राष्ट्रिय खेलकुद परिषद त्रिपुरेश्वरस्थित कभर्डहलमा जारी लिगमा जनकपुर चार जित र एक बराबरीसँगै २३ अंक बनाएर अपराजित रहँदै शीर्षस्थान रहेको छ।

त्यस्तै दोस्रो स्थानमा रहेको बिराटनगर पहिलो क्वालिफायरमा जित निकाल्दै फाइनल पुग्ने लक्ष्यका साथ जनकपुरसँग भिड्दै छ। क्वालिफायर एकको विजेता सीधै फाइनलमा प्रवेश गर्ने भएकाले दुवै टिमको लक्ष्य फाइनल प्रवेश हुने छ। खेल नेपाली समय अनुसार साँझ ५:३० मा त्रिपुरेश्वर स्थित कभर्डहलमा हुने छ। त्यस्तै आज नै काठमाडौं र धनगढीले इलिमिनेटरमा प्रतिस्पर्धा गर्ने छन्। इलिमिनेटरको विजेता र क्वालिफायर एकमा पराजित टिमवीच क्वालिफायर दुई मा प्रतिस्पर्धा हुने छ। विजेताले क्वालिफायर एकको विजेताविरुद्ध एनकेएलको फाइनल खेल्ने छ।

फ्रेन्चाइज टिमको प्रतियोगिता एनकेएलको पहिलो संस्करणको फाइनल १८ माघमा हुने छ। ६ शहरका ६ टिम सहभागि एनकेएलको पहिलो संस्करणमा जनकपुर नाइट्स (२३), विराटनगर ब्यान्डिट्स (२१), काठमाडौं माभरिक्स (१९) र धनगढी वाइल्डक्याट्स (११) ले लिगको शीर्ष चारमा रहँदै प्ले-अफमा स्थान बनाएका थिए। पुछारका दुई टिम पोखरा लेकर्स (४ अंक) र बुटवलको हिमालयन रेइडर्स (७ अंक) भने लिग चरणबाटै बाहिरिए। एस्ट्रोनिक्स म्यानेजमेन्टद्वारा आयोजित एनकेएल मा ७ वा त्योभन्दा कम अन्तरको हारमा टिमले १ अंक पाउने प्रावधान छ। जित्ने टिमले ५ अंक र स्कोर बराबरी भएमा ३-३ अंक प्राप्त हुन्छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

शेखरले दिए आफू निकटका मन्त्रीलाई राजीनामा गर्न निर्देशन
शेखरले दिए आफू निकटका मन्त्रीलाई राजीनामा गर्न निर्देशन
प्रमुख सचेतकसँग छलफल गर्दै सभामुख
प्रमुख सचेतकसँग छलफल गर्दै सभामुख
जनमतबाट निर्वाचन जितेर मधेसको मुख्यमन्त्री बनेका शतिस सिंहलाई एमालेले दियो प्रतिनिधिसभाको टिकट
जनमतबाट निर्वाचन जितेर मधेसको मुख्यमन्त्री बनेका शतिस सिंहलाई एमालेले दियो प्रतिनिधिसभाको टिकट
मुख्यमन्त्रीले बजेटमाथि छानबिनको प्रतिवद्धता जनाएपछि मधेश प्रदेशसभाको अवरोध हट्यो
मुख्यमन्त्रीले बजेटमाथि छानबिनको प्रतिवद्धता जनाएपछि मधेश प्रदेशसभाको अवरोध हट्यो
पेरिसडाँडामा एकतामा जोडिएका प्रमुख घटकको बैठक सुरु
पेरिसडाँडामा एकतामा जोडिएका प्रमुख घटकको बैठक सुरु
केन्द्रीय समितिमा रमेश लेखक: प्रधानमन्त्री ओलीले मिल्दैन भन्दाभन्दै मैले गृहमन्त्रीबाट राजीनामा दिएको हुँ
केन्द्रीय समितिमा रमेश लेखक: प्रधानमन्त्री ओलीले मिल्दैन भन्दाभन्दै मैले गृहमन्त्रीबाट राजीनामा दिएको हुँ
नेप्सेमा दोहोरो अंकको सुधार, ४ अर्ब माथिको कारोबार
नेप्सेमा दोहोरो अंकको सुधार, ४ अर्ब माथिको कारोबार
भ्रष्टाचार न्यूनीकरण गर्न निरन्तर लागिरहेका छौँ : मुख्यमन्त्री पाण्डे
भ्रष्टाचार न्यूनीकरण गर्न निरन्तर लागिरहेका छौँ : मुख्यमन्त्री पाण्डे
राष्ट्रिय वाणिज्य बैंकको बानेश्वर शाखामा लुटपाट गर्ने २ जना पक्राउ, नगदर र सुन फेला
राष्ट्रिय वाणिज्य बैंकको बानेश्वर शाखामा लुटपाट गर्ने २ जना पक्राउ, नगदर र सुन फेला
डडेल्धुरामा जिप दुर्घटना, ४ जनाको मृत्यु, ४ जना घाइते
डडेल्धुरामा जिप दुर्घटना, ४ जनाको मृत्यु, ४ जना घाइते