नेप्सेमा दोहोरो अंकको सुधार, ४ अर्ब माथिको कारोबार

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, मंसिर २, २०८२
|
|
२३ पटक हेरिएको
Shares
नेप्सेमा दोहोरो अंकको सुधार, ४ अर्ब माथिको कारोबार

सारांश

  • सेयर बजारमा दोहोरो अंकको सुधार आएको छ ।
  • साताको कारोबारको तेस्रो दिन मंगलबार सेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १५.
  • ७० अंकले बढेर २५६६.

२ मंसिर, काठमाडौं ।

सेयर बजारमा दोहोरो अंकको सुधार आएको छ । साताको कारोबारको तेस्रो दिन मंगलबार सेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १५.७० अंकले बढेर २५६६.०७ बिन्दुमा पुगेको छ । अघिल्लो कारोबार दिन सोमबार पनि नेप्से ९.७८ अंकले बढेर २५५०.३६ बिन्दुमा कायम थियो । मंगलबार नेप्सेमा कुल ४ अर्ब १० करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

अघिल्लो दिन सोमबार भने नेप्सेमा ३ अर्ब ८९ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो । मंगलबार कारोबारमा आएकामध्ये २०७ कम्पनीको सेयर मूल्य बढ्दा ४४ कम्पनीको घटेको छ । यस्तै, पाँच कम्पनीको सेयर मूल्य भने स्थिर छ । मंगलबार पाँच कम्पनीको सेयर मूल्य नौ प्रतिशत बढीले उकालो लाग्दा सबै समूह हरियाली बनेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?