Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

डडेलधुरामा दुई पुरुषको मृत्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, पौष ८, २०८१
|
|
५८ पटक हेरिएको
Shares
डडेलधुरामा दुई पुरुषको मृत्यु

सारांश

  • नवदुर्गा गाउँपालिकामा माछा मार्ने क्रममा एकजना युवकको डुबेर मृत्यु भएको हो।
  • नवदुर्गा गाउँपालिका-४ मलपडास्थित सेती नदीमा माछा मार्ने क्रममा गिल्ला गाउँका २८ वर्षीय रमेश बहादुर विष्टको पानीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
  • आइतबार सेती नदीमा माछा मार्न पासो हाल्न गएका बिष्टको पानीमा डुबेर मृत्यु भएको कार्यालयले जनाएको छ।

 

८ पुस, डडेलधुरा : डडेलधुरामा दुई जना पुरुषको मृत्यु भएको छ। नवदुर्गा गाउँपालिकामा माछा मार्ने क्रममा एकजना युवकको डुबेर मृत्यु भएको हो। नवदुर्गा गाउँपालिका-४ मलपडास्थित सेती नदीमा माछा मार्ने क्रममा गिल्ला गाउँका २८ वर्षीय रमेश बहादुर विष्टको पानीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

आइतबार सेती नदीमा माछा मार्न पासो हाल्न गएका बिष्टको पानीमा डुबेर मृत्यु भएको कार्यालयले जनाएको छ। पानीमा डुबेका विष्टको स्थानीयले उद्धार गरी डडेलधुरा अस्पताल पुगाएका थिए। तर अस्पतालले उनलाई मृत घोषणा गरेको थियो। यस्तै जिल्लाको भागेश्वर गाउँपालिका-३ का ४३ वर्षीय अर्जुन रावलको कुलोमा शव भेटिएको छ। प्रहरीका अनुसार उनको शव सुर्नाया गाडको कुलोमा मृत अवस्थामा भेटिएको हो।  रावलको शव सुर्नयागाडको कुलोमा भेटिएकाले शंकास्पद छ। घटनाबारे अनुसन्धान भइरहेको प्रहरी जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रतिनिधिसभा उम्मेदवार टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै
प्रतिनिधिसभा उम्मेदवार टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै
सप्तरी घटनाबारे जानकारी लिन गृहमन्त्री लेखक सशस्त्र प्रहरी मुख्यालयमा
सप्तरी घटनाबारे जानकारी लिन गृहमन्त्री लेखक सशस्त्र प्रहरी मुख्यालयमा
रविलाई संगठित अपराधमा मुद्दा नचलाएको भन्दै चितवन जिल्ला न्यायाधिवक्तामाथि छानबिन
रविलाई संगठित अपराधमा मुद्दा नचलाएको भन्दै चितवन जिल्ला न्यायाधिवक्तामाथि छानबिन
प्रादेशिक अस्पताल मलगंवालाई १०० बेडमा स्तरोन्नति
प्रादेशिक अस्पताल मलगंवालाई १०० बेडमा स्तरोन्नति
न्यायपालिकाको सन्दर्भमा नयाँ ढंगले सोच्नुपर्ने बेला आएको छ : गगन थापा
न्यायपालिकाको सन्दर्भमा नयाँ ढंगले सोच्नुपर्ने बेला आएको छ : गगन थापा
सेयर बजारमा भारी गिरावट, १८४ कम्पनीको सेयर मूल्य घट्यो
सेयर बजारमा भारी गिरावट, १८४ कम्पनीको सेयर मूल्य घट्यो
थाइल्याण्डको लगातार तेस्रो जित, नेदरल्याण्ड्सलाई १७ रनले हरायो
थाइल्याण्डको लगातार तेस्रो जित, नेदरल्याण्ड्सलाई १७ रनले हरायो
राष्ट्रिय मुक्ति पार्टी नेपालको ५९ सदस्यीय राजनीति समिति गठन
राष्ट्रिय मुक्ति पार्टी नेपालको ५९ सदस्यीय राजनीति समिति गठन
कक्षा १२ नतिजा आगामी साता सार्वजनिक हुने
कक्षा १२ नतिजा आगामी साता सार्वजनिक हुने
लुम्बिनीमा मन्त्रिपरिषद् विस्तारको तयारी, मुख्यमन्त्रीलाई शेखर-गगन समूहको चेतावनी
लुम्बिनीमा मन्त्रिपरिषद् विस्तारको तयारी, मुख्यमन्त्रीलाई शेखर-गगन समूहको चेतावनी