लुम्बिनीमा मन्त्रिपरिषद् विस्तारको तयारी, मुख्यमन्त्रीलाई शेखर-गगन समूहको चेतावनी

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, पौष ६, २०८०
|
|
४२ पटक हेरिएको
Shares
लुम्बिनीमा मन्त्रिपरिषद् विस्तारको तयारी, मुख्यमन्त्रीलाई शेखर-गगन समूहको चेतावनी

सारांश

  • लुम्बिनी प्रदेशको मन्त्रिपरिषद् विस्तारलाई लिएर सत्तारुढ नेपाली कांग्रेसभित्र विवाद बढेको छ ।
  • शेखर कोइराला–गगन थापा पक्षले मन्त्रिपरिषद्मा आफ्नो पक्षलाई नसमेटे विद्रोह गर्ने चेतावनी मुख्यमन्त्रीलाई दिएका छन् ।
  • मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले दुई मन्त्री थप्न खोजेका छन् ।

६ पुस, बुटवल । लुम्बिनी प्रदेशको मन्त्रिपरिषद् विस्तारलाई लिएर सत्तारुढ नेपाली कांग्रेसभित्र विवाद बढेको छ ।

शेखर कोइराला–गगन थापा पक्षले मन्त्रिपरिषद्मा आफ्नो पक्षलाई नसमेटे विद्रोह गर्ने चेतावनी मुख्यमन्त्रीलाई दिएका छन् । मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले दुई मन्त्री थप्न खोजेका छन् । उनले कांग्रेस र माओवादीबाट एकएक जनालाई समेटेर मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् । कांग्रेस स्रोतका अनुसार मुख्यमन्त्री चौधरीले प्युठानका रोज राणा भनेर चिनिने सरोज थापालाई मन्त्री बनाउन लागेका छन् । तर शेखर पक्षले भने नवलपरासी पश्चिमका प्रदेशसभा सदस्य विश्वप्रेम पाठकलाई मन्त्री बनाउन भनेको छ । मुख्यमन्त्रीलाई फोन गरेर सन्तुलित मन्त्रिमण्डल बनाउन सुझाव दिएको कांग्रेस, लुम्बिनीका महामन्त्री विक्रम खनालले बताए । ‘आजै मन्त्रिमण्डल विस्तार गर्ने सुनेपछि मुख्यमन्त्रीलाई फोन गरेर सबैलाई समेटेर अघि बढ्नुस्, अन्यथा परिणाम राम्रो हुँदैन भनेको छु’ खनालले भने, ‘यसबारेमा महामन्त्री गगन थापा र शेखर दाइलाई पनि फोन गरेर जानकारी गराएको छु ।’ कांग्रेस संसदीय बोर्डका अर्का नेता विष्णु पोखरेलले लुम्बिनी प्रदेशको पार्टी समितिमा संस्थापनइतरको शक्ति ९० प्रतिशत हाराहारी रहेको दावी गर्दै सरकारमा संस्थापन पक्षबाट एकजना पनि नसमेटिए कोशीमा जस्तै विद्रोह हुने चेतावनी दिए ।

उनले भने, ‘मुख्यमन्त्रीले आफ्नो गुटका मान्छे मात्रै मन्त्री बनाउन मिल्दैन, पार्टीको निर्देशन पनि मान्नुपर्छ । एकलौटी गरिएमा पार्टीभित्रै द्वन्द्व हुन्छ ।’ मुख्यमन्त्रीको सचिवालयले भने पार्टीबाट मन्त्री हुनेको नाममा अन्तिम निर्णय भइनसकेको बताएको छ । लुम्बिनीमा तीन वटा मन्त्रालय खाली छ । चर कांग्रेसको प्रदेश समितिले आर्थिक भार बढ्ने भन्दै १० जनाभन्दा बढी मन्त्री बनाउन मुख्यमन्त्रीलाई निर्देशन दिएको छ । दुई जना मात्र मन्त्री थपिँदा माओवादी केन्द्रबाट बाँकेकी कृष्णा केसी खानेपानी, ग्रामिण तथा शहरी विकास मन्त्री बन्ने सम्भावना छ । कांग्रेसबाट मन्त्री बन्नेले वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाउने छन् । उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्रालय भने मुख्यमन्त्री चौधरीसँगै नै रहनेछ । कांग्रेस संसदीय दलका नेता चौधरी नेकपा एमाले र राप्रपाबाहेक ८ राजनीतिक दलको समर्थनमा १४ वैशाखमा मुख्यमन्त्री बनेका थिए । तर सत्तारुढ दलहरुबीच सहमति नजुट्दा ९ महिना सम्म पनि सरकारले पूर्णता पाउन सकेको छैन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्रीलाई विश्वासको मत नदिन काँग्रेसको ‘ह्विप’
प्रधानमन्त्रीलाई विश्वासको मत नदिन काँग्रेसको ‘ह्विप’
निरंकुशताविरुद्ध फेरि संघर्ष गर्ने बेला आएको छ: प्रचण्ड
निरंकुशताविरुद्ध फेरि संघर्ष गर्ने बेला आएको छ: प्रचण्ड
हामी प्रतिक्रियावादीसँग पञ्जा लडाउन तयार छौं : ओली
हामी प्रतिक्रियावादीसँग पञ्जा लडाउन तयार छौं : ओली
बेचन झा र प्रतिक थापालाई थुनामै राख्न उच्च अदालतको आदेश
बेचन झा र प्रतिक थापालाई थुनामै राख्न उच्च अदालतको आदेश
क्षतिपूर्ति माग्दै जिल्ला प्रशासन कार्यालय रामेछापमा घेराउ : बस दुर्घटनाका पीडितमाथि अश्रु ग्याँस र हवाई फायर
क्षतिपूर्ति माग्दै जिल्ला प्रशासन कार्यालय रामेछापमा घेराउ : बस दुर्घटनाका पीडितमाथि अश्रु ग्याँस र हवाई फायर
मुद्दा हार्ने देखेपछि न्यायाधीशलाई इजलासमै गोली प्रहार
मुद्दा हार्ने देखेपछि न्यायाधीशलाई इजलासमै गोली प्रहार
मुक्तिनाथमा छ महिनासम्म महायज्ञ हुने
मुक्तिनाथमा छ महिनासम्म महायज्ञ हुने
मंसिर २७ मा इतिहासकै ठूलो जनसभा गर्छौं, जनता कसको साथमा छ देखाउँछौं : शंकर पोखरेल
मंसिर २७ मा इतिहासकै ठूलो जनसभा गर्छौं, जनता कसको साथमा छ देखाउँछौं : शंकर पोखरेल
आन्ध्र प्रदेशमा प्रहरी र माओवादी बीच भिडन्त, ६ जना माओवादीको मृ*त्यु
आन्ध्र प्रदेशमा प्रहरी र माओवादी बीच भिडन्त, ६ जना माओवादीको मृ*त्यु
तीव्र गतिको कार रूखमा ठोक्किँदा १ जनाको मृत्यु, ३ घाइते
तीव्र गतिको कार रूखमा ठोक्किँदा १ जनाको मृत्यु, ३ घाइते