रसुवा विपदका लागि आएका राहत सामग्री विमानस्थलमै अलपत्र : सांसद न्यौपाने

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, आश्विन १, २०८३
|
|
११ पटक हेरिएको
Shares
रसुवा विपदका लागि आएका राहत सामग्री विमानस्थलमै अलपत्र : सांसद न्यौपाने

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद यज्ञमणि न्यौपानेले रसुवा विपदका लागि विदेशी दातृ निकाय तथा विभिन्न देशबाट आएका राहत सामग्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कार्गोमा अलपत्र अवस्थामा रहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।
  • बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद न्यौपानेले आफू त्रिभुवन विमानस्थलको कार्गोबाटै आएको र त्यहाँ विपदका लागि आएका सामग्री लामो समयदेखि थन्किएको देखेको बताए ।
  • उनले विदेशीबाट आएका लत्ताकपडालगायतका सामग्री विमानस्थलमै थन्किएको र सम्बन्धित क्षेत्रमा पठाउन नसकिएको बताए ।

१ असोज, काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद यज्ञमणि न्यौपानेले रसुवा विपदका लागि विदेशी दातृ निकाय तथा विभिन्न देशबाट आएका राहत सामग्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कार्गोमा अलपत्र अवस्थामा रहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद न्यौपानेले आफू त्रिभुवन विमानस्थलको कार्गोबाटै आएको र त्यहाँ विपदका लागि आएका सामग्री लामो समयदेखि थन्किएको देखेको बताए । उनले विदेशीबाट आएका लत्ताकपडालगायतका सामग्री विमानस्थलमै थन्किएको र सम्बन्धित क्षेत्रमा पठाउन नसकिएको बताए ।

उनका अनुसार कार्गोमा रहेका कर्मचारीले कोरोना महामारीका बेला विदेशीबाट आएका २० कन्टेनर सामानसमेत खेर गएको बताएका थिए । ‘रसुवा विपदको सन्दर्भमा विदेशी दातृ निकायहरू र देशहरूले दिएका सामग्रीहरू आज त्रिभुवन विमानस्थलको कार्गोमा अलपत्र अवस्थामा रहेछन् । म भर्खरै त्यहाँबाट आउँदै छु,’ उनले भने । न्यौपानेले जीटुजीमार्फत आएका सामग्रीसमेत थन्किएर बसेको र विभिन्न संस्थाबाट आएका सामग्री बुझ्न जाँदा भन्सार लाग्ने भनिएपछि सम्बन्धित व्यक्ति तथा संस्था फर्किने गरेको जानकारी आफूले पाएको बताए । उनले राहत सामग्री सम्बन्धित क्षेत्रमा पठाउन नसक्नुको कारण माग नआएको भन्ने गरिएको बताए ।

‘ती सामग्रीहरू किन पठाइएको छैन भन्दा सम्बन्धित क्षेत्रबाट माग आएको छैन भन्ने आवाज छ,’ उनले भने, ‘म सरकारको ध्यानाकर्षण गराउँछु, यी सामग्रीहरू जसरी आए, त्यसरी नै खेर नजाऊन् । माग छ कि छैन, सम्बन्धित क्षेत्रका नागरिकहरूलाई बुझियोस् ।’ उनले सम्बन्धित क्षेत्रमा आवश्यक नरहेको भए पनि राहत सामग्रीको उचित व्यवस्थापन गर्न सरकारसँग आग्रह गरे । विपत्का बेला आवश्यक पर्ने सामग्री विमानस्थलमा थन्काएर राख्दा भविष्यमा अन्य विपत्का क्षेत्रमा समेत समस्या हुनसक्ने उनको भनाइ थियो । ‘विदेशीहरूले दिएका सामानहरू यत्रतत्र रूपमा एयरपोर्टमा अलपत्र रूपमा छाड्ने हो भने त्यसले राम्रो गर्दैन । अरू विपदहरूका लागि पनि ती सामग्रीहरू आवश्यकता पर्छन्,’ उनले भने । न्यौपानेले अहिले रसुवालगायत प्रभावित क्षेत्रमा ती सामग्री आवश्यक भए–नभएको तत्काल बुझेर आवश्यक सामग्री सम्बन्धित क्षेत्रमा पु¥याउन सरकारसँग माग गरे । ‘एयरपोर्टमा अलपत्र सामान छाडेर नागरिकहरू पीडित भएका ठाउँमा मलमपट्टी गर्ने सामान नभएको समाचार सुन्न नपरोस्,’ उनले भने ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रिमियर कपको उपाधि जित्दै नेपाल एसिया कपमा छनोट
प्रिमियर कपको उपाधि जित्दै नेपाल एसिया कपमा छनोट
सेयर लगानीकर्ताकाे ब्रोकर कार्यालयहरूमा तालाबन्दी
सेयर लगानीकर्ताकाे ब्रोकर कार्यालयहरूमा तालाबन्दी
मधेश प्रदेश प्रमुखमा सुरेन्द्र लाभको नाम सिफारिस
मधेश प्रदेश प्रमुखमा सुरेन्द्र लाभको नाम सिफारिस
एसीसी यु- १६ : सिंगापुरमाथि नेपालको सहज जित, प्रसिद्धले बनाए अर्धसतक
एसीसी यु- १६ : सिंगापुरमाथि नेपालको सहज जित, प्रसिद्धले बनाए अर्धसतक
प्रधानमन्त्रीले २३ युरोपेली मुलुकका राजदूत र कूटनीतिज्ञलाई भेट्ने
प्रधानमन्त्रीले २३ युरोपेली मुलुकका राजदूत र कूटनीतिज्ञलाई भेट्ने
राप्रपाले काठमाडौंको निषेधित क्षेत्रमा प्रदर्शन गर्ने
राप्रपाले काठमाडौंको निषेधित क्षेत्रमा प्रदर्शन गर्ने
सुन तस्करी प्रकरणमा पूर्वसभामुख महराविरुद्ध मुद्दा दायर
सुन तस्करी प्रकरणमा पूर्वसभामुख महराविरुद्ध मुद्दा दायर
भोलि बस्ने प्रतिनिधि सभा बैठकमा प्रचण्डले सम्बोधन गर्ने
भोलि बस्ने प्रतिनिधि सभा बैठकमा प्रचण्डले सम्बोधन गर्ने
मधेश प्रदेश सरकारको आर्थिक सर्वेक्षण २०८२/०८३ प्रस्तुत
मधेश प्रदेश सरकारको आर्थिक सर्वेक्षण २०८२/०८३ प्रस्तुत
भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले दिए राजीनामा
भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले दिए राजीनामा