सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

एसीसी यु- १६ : सिंगापुरमाथि नेपालको सहज जित, प्रसिद्धले बनाए अर्धसतक

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, आषाढ ८, २०८२
|
|
४२ पटक हेरिएको
Shares
एसीसी यु- १६ : सिंगापुरमाथि नेपालको सहज जित, प्रसिद्धले बनाए अर्धसतक

सारांश

  • सिंगापुरमा सुरु भएको एसीसी यु-१६ इस्ट जोन कपअन्तरगत आफ्नो पहिलो खेलमा नेपालले सिंगापुरलाई हराएको छ ।
  • सिंगापुरले दिएको १३९ रनको मामूली लक्ष्य नेपालले ६ विकेट र .
  • १६.

८ असार, काठमाडौं ।

सिंगापुरमा सुरु भएको एसीसी यु-१६ इस्ट जोन कपअन्तरगत आफ्नो पहिलो खेलमा नेपालले सिंगापुरलाई हराएको छ । सिंगापुरले दिएको १३९ रनको मामूली लक्ष्य नेपालले ६ विकेट र .१६.३ ओभर बाँकी छँदा भेट्टायो । नेपाललाई लक्ष्यसम्म पुर्‍याउँदै ओपनर प्रसिद्ध जैसीले अद्र्धसतक बनाए । सुरूदेखि धैर्यपूर्ण ब्याटिङ गरेका उनले ९१ बलमा अद्र्धसतक पुरा गरेका थिए । उनी ५५ बलमा अविजित रहे ।

नेपालका अर्का ओपनर सुर्यान्सु कोइराला ब्याटिङका क्रममा घाइते भएर बाहिरिएका थिए । ९ रन बनाएर उनी मैदानबाट बाहिरिएपश्चात प्रसिद्धले तेस्रो नम्बरमा ब्याट्सम्यान रौनक श्रीवास्तवसँग बलियो साझेदारी गरे । आक्रामक ब्याटिङ गर्दै श्रीवास्तवले ४४ बलमा ४० रन जोडेका थिए । प्रसिद्ध र रौनकको साझेदारीले नै नेपाललाई जिततर्फ डोहोर्‍याएको थियो । यसअघि पहिले बलिङ गर्दै नेपालले सिंगापुरलाई १३५ रनमा रोकेको थियो । नेपाली टीमका कप्तान विपीनप्रसाद शर्माले ४ विकेट लिएपछि सिंगापुर कमजोर स्कोरमा समेटिएको हो ।

सिंगापुरका कप्तान रियान नाइकले उत्कृष्ट ब्याटिङ गर्दै अर्धसतक बनाए । चौथो नम्बरमा आएका उनले ५३ बलमा ५३ रन जोड्दै टीमलाई अगाडि बढाएका थिए । ओपनर आहान भुथान्दमले विष्फोटक ब्याटिङ गर्दै ३२ बलमा ३८ रन जोडेका थिए । सिंगापुरले ६५ रन बनाउँदासम्म दुई विकेटमात्र गुमाएको थियो । तर, त्यसपछि नेपालका कप्तान शर्मा खेलमा हावी भए । उनले ३४ रनको खर्चमा ४ विकेट लिँदै सिंगापुरको ब्याटिङ धराशयी बनाएका थिए । सिंगापुरले थप ७० रन जोड्दा ८ विकेट गुमाएको थियो । नेपालका लागि सचित भट्टले ६ ओभरमा १८ रन खर्चेर दुई विकेट लिएका छन् । यस्तै अभय यादव र शुभम खनालले एक-एक विकेट बाँडे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्रीसहितलाई पदमुक्त गर्न माग गरिएको रिट न्यायाधीश श्रेष्ठ र पाण्डेयको इजलासमा
प्रधानमन्त्रीसहितलाई पदमुक्त गर्न माग गरिएको रिट न्यायाधीश श्रेष्ठ र पाण्डेयको इजलासमा
पक्राउ पुर्जी जारी भएपछि सिरोहिया भेट्न कांग्रेस नेताहरुको लर्को
पक्राउ पुर्जी जारी भएपछि सिरोहिया भेट्न कांग्रेस नेताहरुको लर्को
अमेरिकाले अस्थायी रूपमा हटायो इरानी तेलमा लगाइएको प्रतिबन्ध
अमेरिकाले अस्थायी रूपमा हटायो इरानी तेलमा लगाइएको प्रतिबन्ध
तीन बालकको पोखरीमा डुबेर मृत्यु
तीन बालकको पोखरीमा डुबेर मृत्यु
अस्ट्रेलियामा तीव्र हावाका कारण एकको मृत्यु, हजारौं बिजुलीविहीन
अस्ट्रेलियामा तीव्र हावाका कारण एकको मृत्यु, हजारौं बिजुलीविहीन
राष्ट्रपतिबाट बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त
राष्ट्रपतिबाट बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त
नेकपा एसको बैठक बस्दै
नेकपा एसको बैठक बस्दै
निरंकुशताको पक्षमा उठ्ने आवाज अपराध हो, आन्दोलन होइनः प्रचण्ड
निरंकुशताको पक्षमा उठ्ने आवाज अपराध हो, आन्दोलन होइनः प्रचण्ड
नेपाली सेनाद्वारा बर्दादेवी डाँडामा ‘हेलिप्याड’ निर्माण
नेपाली सेनाद्वारा बर्दादेवी डाँडामा ‘हेलिप्याड’ निर्माण
अस्पतालको तेस्रो तलाबाट हाम फालेर मिर्गौला फेल भएका वृद्धको मृत्यु
अस्पतालको तेस्रो तलाबाट हाम फालेर मिर्गौला फेल भएका वृद्धको मृत्यु