सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

तीन तहका सरकारबीचको समन्वयले गुणस्तरीय शिक्षालाई स्थापित गर्न सकिन्छ: शिक्षामन्त्री

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, भाद्र १३, २०८१
|
|
८४ पटक हेरिएको
Shares
तीन तहका सरकारबीचको समन्वयले गुणस्तरीय शिक्षालाई स्थापित गर्न सकिन्छ: शिक्षामन्त्री

सारांश

  • शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले तीनै सरकारबीच समन्वय हुन सकेमा गुणस्तीरय शिक्षालाई स्थापित गर्न सकिने बताएकी छन्।
  • आजको प्रतिनिधिसभाको आकस्मिक, शून्य र विशेष समयमा उठेका विषयहरूको सन्दर्भमा बोल्दै उहाँले गुणस्तरको सूचकमा धेरै काम गर्न आवश्यक रहेको बताइन्।
  • उनका अनुसार नर्सिक शिक्षा, शिक्षा आयोगले सिटिइभिटी २०४५ कै कानुनमा आधारित भएर सञ्चालन भइरहेको छ ।

 

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले तीनै सरकारबीच समन्वय हुन सकेमा गुणस्तीरय शिक्षालाई स्थापित गर्न सकिने बताएकी छन्।आजको प्रतिनिधिसभाको आकस्मिक, शून्य र विशेष समयमा उठेका विषयहरूको सन्दर्भमा बोल्दै उहाँले गुणस्तरको सूचकमा धेरै काम गर्न आवश्यक रहेको बताइन्। उनका अनुसार नर्सिक शिक्षा, शिक्षा आयोगले सिटिइभिटी २०४५ कै कानुनमा आधारित भएर सञ्चालन भइरहेको छ । “यो कानुन एकीकृत गर्न मस्यौदा तयार भएको छ । प्राविधिक शिक्षालाई प्राथमिकता दिने, नर्सिङ शिक्षालाई व्यवस्थित गर्ने तयारी गरिरहेका छौँ,” मन्त्री भट्टराइले भनिन्, “मेडिकल शिक्षामा कोटा बढाउने विषयमा छलफल भइरहेको छ ।” सबै सरकारको लगानीबाट अनिवार्य र निःशुल्क शिक्षा लागू गर्नुपर्ने र नेपालका सबै जिल्लालाई साक्षरता बनाउन गुणस्तरीय शिक्षाको पहुँच आवश्यक रहेको उनको भनाइ छ ।विद्यार्थीहरूमा पुस्तक नपुगेको विषयमा ध्यानाकर्षण भएको भन्दै उहाँले यस विषयमा जनक शिक्षा तथा पुस्तक वितरकहरूसँग के भएको भन्ने विषयमा बुझ्ने बताइन् । प्रारम्भिक बाल विकासलाई पनि बढुवा दिने, विद्यालय शिक्षा ऐनलाई चाँडो पारित गर्न आवश्यक रहेको उनले बताइन् ।“शिक्षा सेवा आयोगको प्रतिस्पर्धात्मक परीक्षाबाट प्रधानाध्यापकको नियुक्ति गरिने विषय पनि शिक्षा ऐन संशोधन भएमा सहज हुनेछ,” मन्त्री भट्टराईले भनिन्“विश्वविद्यालयभित्र विभिन्न समस्या छन् । स्वायत्त ढङ्गले सञ्चालन गर्नुपर्छ । शिक्षा आयोगलाई स्वच्छ बनाउन जरुरी रहेको छ । थप दरबन्दीको व्यवस्थापनको माग गर्ने निष्कर्ष निकालेका छौँ ।”उनका अनुसार सरकारले करियर काउन्सिल कार्यक्रम यसैबाट सञ्चालनमा आउने छ । सबै तहका सरकारले गम्भीर आत्मसमीक्षा गर्दै सिकाइका लागि थप प्रभावकारी योजना बनाउनुपर्छ । विद्यालयमा विभिन्न सुविधाको व्यवस्था, तालिम तथा शिक्षाको गुणस्तरमा सुधार ल्याउन सकेमा मात्रै सामुदायिक विद्यालयहरूमा पनि विद्यार्थीको आकर्षण बढ्दै जाने उनको भनाइ छ । उनले निःशुल्क शिक्षा ऐन लागू गर्नेगरी अगाडि बढेमा विद्यालयको शैक्षिक अवस्थामा सुधार ल्याउन सकिने बताइन् । “शिक्षामा लगानी गर्ने निजी क्षेत्रलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा छलफल भइसकेको छ,” मन्त्रीभट्टराईले भनिन्“पुरातन शिक्षा प्रणालीले गर्दा समस्या छ, आधारभूत शिक्षामा सुधारको खाँचो छ ।”

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सर्लाहीको बागमती नगरपालिकाका निलम्बित नगरप्रमुख भरत थापा ५० लाख धरौटीमा रिहा
सर्लाहीको बागमती नगरपालिकाका निलम्बित नगरप्रमुख भरत थापा ५० लाख धरौटीमा रिहा
धुपबाट फैलिएको आगोले सर्लाहीमा गोठघर खरानी, लाखौँको क्षति
धुपबाट फैलिएको आगोले सर्लाहीमा गोठघर खरानी, लाखौँको क्षति
नेपाल राष्ट्र बैंकले गर्‍यो चेक बाउन्स सम्बन्धि नयाँ व्यवस्था
नेपाल राष्ट्र बैंकले गर्‍यो चेक बाउन्स सम्बन्धि नयाँ व्यवस्था
कोरिया पठाइदिन्छु भनी लाखाैँ ठगी गर्ने चाैधरी पक्राउ
कोरिया पठाइदिन्छु भनी लाखाैँ ठगी गर्ने चाैधरी पक्राउ
थाइल्यान्ड–कम्बोडियाबीचको द्वन्द्व दोस्रो दिनमा : १६ जनाको मृ*त्यु, हजारौँ विस्थापित
थाइल्यान्ड–कम्बोडियाबीचको द्वन्द्व दोस्रो दिनमा : १६ जनाको मृ*त्यु, हजारौँ विस्थापित
अध्यादेशले खारेज गरेका ८५ वटा ऐनका प्रावधान जगाउने विधेयक संसद्‌मा प्रस्तुत
अध्यादेशले खारेज गरेका ८५ वटा ऐनका प्रावधान जगाउने विधेयक संसद्‌मा प्रस्तुत
काठमाडौं महानगरका मेयर शाहले आफ्नो आलोचना गर्ने चार समितिका संयोजक हटाए
काठमाडौं महानगरका मेयर शाहले आफ्नो आलोचना गर्ने चार समितिका संयोजक हटाए
एनसेलको शेयर खरिदबिक्रीविरुद्ध अनेरास्ववियुको विरोध प्रदर्शन
एनसेलको शेयर खरिदबिक्रीविरुद्ध अनेरास्ववियुको विरोध प्रदर्शन
युरोप जाँदै परराष्ट्रमन्त्री आरजु, आईसीजेमा जलवायुको मुद्दा उठाउने
युरोप जाँदै परराष्ट्रमन्त्री आरजु, आईसीजेमा जलवायुको मुद्दा उठाउने
जेन–जी आन्दोलनमा कर्णाली प्रदेशसभामा करोडौको क्षती
जेन–जी आन्दोलनमा कर्णाली प्रदेशसभामा करोडौको क्षती