प्रधानमन्त्री कार्कीको अभिव्यक्तिले मुस्लिम अगुवाहरु आक्रोसित

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, मंसिर १३, २०८२
|
|
३२ पटक हेरिएको
Shares
प्रधानमन्त्री कार्कीको अभिव्यक्तिले मुस्लिम अगुवाहरु आक्रोसित

सारांश

  • केही दिन अघि प्रधानमन्त्री सुशीला कार्कीले मुस्लिम समुदायका बारेमा दिएको टिप्पणीले मुस्लिम समुदयहरु आक्रोसित भएका छन् ।
  • जनकपुरधाममा पत्रकार सम्मेलन गर्दै मुस्लिम अगुवा मुफ्ती मो.
  • उस्मान बरकाती काजिए नेपालले आपति जनाएका छन् ।

१३ मंसिर, जनकपुर ।

केही दिन अघि प्रधानमन्त्री सुशीला कार्कीले मुस्लिम समुदायका बारेमा दिएको टिप्पणीले मुस्लिम समुदयहरु आक्रोसित भएका छन् । जनकपुरधाममा पत्रकार सम्मेलन गर्दै मुस्लिम अगुवा मुफ्ती मो. उस्मान बरकाती काजिए नेपालले आपति जनाएका छन् । प्रधानमन्त्री जस्तो गरिमामय पदमा बसेका व्यक्तिले धर्म अनुसार कुनै समुदायलाई अपहेलित गर्नु गलत रहेकाले आफ्नो अभिव्यक्ति सच्याएर माफी माग्नुपर्ने उनले बताए ।

प्रधानमन्त्री कार्कीले इस्लामिक कानून विपरित दिएको उक्त अभिव्यक्तिले इस्लाम धर्मलाई अपहेलित भएकाले समग्र मुस्लिम समुदायको चित दुखेको उल्लेख गर्दै उनले माफी माग्नुपर्ने उस्मानको भनाई थियो । प्रधानमन्त्री जस्तो व्यक्तिले तथ्यहीन, अपमानजनक र सामाजिक सद्भाव विपरीत होच्याउने खालको अभिव्यक्ति दिनु गलत रहेकाले तत्काल सार्वजनिक माफी माग्नुपर्ने नभए मुस्लिम समुदाय संघर्षमा जाने चेतावनी समेत उनले दिए ।

उनले भने,‘प्रधानमन्त्री कार्कीले दिएको अभिव्यक्ति मुस्लिम महिलालाई जलाउने र गाड्ने लगायतका इस्लामिक कानून आउनु अघिको थियो । तर इस्लामिक कानून आएपछि त्यो अवस्था परिवर्तन भइसकेको छ । जहाँसम्म शिक्षाको कुरा अहिले सबै देशले स्वतन्त्रता दिइसकेको छ । यसमा तथ्यहिन अभिव्यक्ति दिनु गलत हो।’ उनले इस्लाममा महिलालाई पढाई लेखाई गर्न कुनै बन्देज नलगाएको प्रष्ट पारे । सम्भव भएसम्म केटा र केटीलाई छुट्टै बसाएर पढाउन भनिएको छ तर सम्भव नभएको अवस्थामा एकै ठाउँमा पनि बसाएर पढाउन सकिने उनले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बालकुमारी घटनाको विरोधमा प्रदर्शन गर्ने ७ जना पक्राउ (तस्बिरहरू)
बालकुमारी घटनाको विरोधमा प्रदर्शन गर्ने ७ जना पक्राउ (तस्बिरहरू)
मधेशमा योजना खरिद बिक्रीको छानबिन गर्न विशेष समिति गठन
मधेशमा योजना खरिद बिक्रीको छानबिन गर्न विशेष समिति गठन
बेलायती राजदूतले जानकी मन्दिरमा मनाए २२औं वैवाहिक वर्षगाठ
बेलायती राजदूतले जानकी मन्दिरमा मनाए २२औं वैवाहिक वर्षगाठ
मार्चदेखि चीनलाई थप १० प्रतिशत भन्सार शुल्क लगाउँछु: ट्रम्प
मार्चदेखि चीनलाई थप १० प्रतिशत भन्सार शुल्क लगाउँछु: ट्रम्प
रेडियो नेपाल समयअनुकूल परिमार्जन हुनुपर्छ : मन्त्री तिमिल्सिना
रेडियो नेपाल समयअनुकूल परिमार्जन हुनुपर्छ : मन्त्री तिमिल्सिना
जनताको बिचार बोक्न नसक्ने पार्टी मात्रै बुढो हुन्छ : डा. राजन भट्टराई
जनताको बिचार बोक्न नसक्ने पार्टी मात्रै बुढो हुन्छ : डा. राजन भट्टराई
यस्तो छ, आज विदेशी मुद्राको विनिमयदर
यस्तो छ, आज विदेशी मुद्राको विनिमयदर
प्रतिनिधि सभामा ४ वटा खर्च कटौतीका प्रस्ताव पेस
प्रतिनिधि सभामा ४ वटा खर्च कटौतीका प्रस्ताव पेस
ट्रक यातायात व्यवसायी महासंघको अध्यक्षमा राजेन्द्र विक्रम बानियाँ निर्वाचित
ट्रक यातायात व्यवसायी महासंघको अध्यक्षमा राजेन्द्र विक्रम बानियाँ निर्वाचित
बाजुरा केन्द्रबिन्दु भएर ४.४ रेक्टर स्केलको भूकम्प
बाजुरा केन्द्रबिन्दु भएर ४.४ रेक्टर स्केलको भूकम्प