प्रमुख प्रतिपक्षको अवरोधपछि मधेश प्रदेश सभा बैठक स्थगित

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, जेठ २१, २०८२
|
|
३२ पटक हेरिएको
Shares
प्रमुख प्रतिपक्षको अवरोधपछि मधेश प्रदेश सभा बैठक स्थगित

सारांश

  • लामो समयपछि बुधबार बसेको मधेश प्रदेश सभाको बैठक पुनः स्थगित गरिएको छ ।
  • आजदेखि सुरु हुने भनिएको पाँचौ अधिवेशनको पहिलो बैठक सुरु भएलगत्तै प्रमुख प्रतिपक्षले उभिएर विरोध जनाएपछि भोलीसम्मका लागि स्थगित भएको छ ।
  • जसपा नेपालका सांसद रामअशिस यादवले १ महिना २४ दिन अघि सभामुखले नै छानबीन समिति बनाउने निर्णय गरेको स्मरण गराउँदै अहिलेसम्म सभामुखको निर्देशन कार्यान्वयन नभएको भन्दै बैठक स्थगित गर्न आग्रह गरेका थिए ।

२१ जेठ, जनकपुरधाम ।

लामो समयपछि बुधबार बसेको मधेश प्रदेश सभाको बैठक पुनः स्थगित गरिएको छ । आजदेखि सुरु हुने भनिएको पाँचौ अधिवेशनको पहिलो बैठक सुरु भएलगत्तै प्रमुख प्रतिपक्षले उभिएर विरोध जनाएपछि भोलीसम्मका लागि स्थगित भएको छ । जसपा नेपालका सांसद रामअशिस यादवले १ महिना २४ दिन अघि सभामुखले नै छानबीन समिति बनाउने निर्णय गरेको स्मरण गराउँदै अहिलेसम्म सभामुखको निर्देशन कार्यान्वयन नभएको भन्दै बैठक स्थगित गर्न आग्रह गरेका थिए । उनले अहिलेको जनमत नेतृत्वको सरकारले मधेश प्रदेशमा आर्थिक अनुसाशनको खुलेआम उलंघन गरेको आरोप लगाएका छन् ।

संघीय छानबीन समिति गठन गर्ने निर्णय १ महिना बढी भइसक्दा पनि गठन नभएकोले सांसद यादवले सरकार सदनप्रती उत्तरदायी नरहेको आरोप लगाएका छन् । उनले संसदले पनि मधेश प्रदेश सरकारले गरेको भ्रष्टाचारलाई समर्थन गरेको आरोप लगाउँदै संसदीय छानबीन समिति गठन नगरेसम्म सदन अवरुद्ध गर्ने बताए । त्यसपछि सभामुख रामचन्द्र मण्डलले भोली (बिहीबार) दिउँसो १ बजे बस्ने गरी बैठक स्थगित गरिएको जनाएका थिए ।

आजको बैठकमा प्रदेश प्रमुख सुमिन्त्रा सुवेदी भण्डारीले पाँचौ अधिवेशन आह्वान गरेको सम्बन्धी पत्र पढेर सुनाउने कार्य सूची रहेको थियो । त्यस्तै, प्रदेश प्रमुखको कार्यालयबाट विधेयक प्रमाणीकरण पत्र र मन्त्रिपरिषद् पुनर्गठन सम्बन्धी पत्र पढेर सुनाउने कार्य सूचीमा उल्लेख रहेको थियो । साथै दलका नेता÷प्रतिनिधिहरुले शुभकामना मन्तव्य दिने पनि कार्य सूचीमा रहेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रदेश र जिल्ला कार्यसमितिलाई रिक्त पदको विवरण पठाउन महामन्त्री थापाको निर्देशन
प्रदेश र जिल्ला कार्यसमितिलाई रिक्त पदको विवरण पठाउन महामन्त्री थापाको निर्देशन
सर्लाही प्रहरीले २ भारतीय नागरिकलाई गोली हानेर समात्यो
सर्लाही प्रहरीले २ भारतीय नागरिकलाई गोली हानेर समात्यो
रास्वपाको संसदीय दलको बैठक बस्दै
रास्वपाको संसदीय दलको बैठक बस्दै
आजको मौसम : तराई भूभागका केही स्थानमा तातो दिन हुने सम्भावना
आजको मौसम : तराई भूभागका केही स्थानमा तातो दिन हुने सम्भावना
रास्वपाबाट सभामुखको लागि डिपी अर्याललाई प्रस्ताव गर्ने निर्णय
रास्वपाबाट सभामुखको लागि डिपी अर्याललाई प्रस्ताव गर्ने निर्णय
हेटौँडाबाट लागुऔषधसहित दुई युवक पक्राउ
हेटौँडाबाट लागुऔषधसहित दुई युवक पक्राउ
उपनिर्वाचनका ४१० उम्मेदवारमध्ये २ जनाविरुद्ध  उजुरी, को हुन् ती ? के छ आरोप ?
उपनिर्वाचनका ४१० उम्मेदवारमध्ये २ जनाविरुद्ध उजुरी, को हुन् ती ? के छ आरोप ?
सार्वजनिक संस्थानको नाफा साढे ४२ अर्ब नाघ्यो, १५ संस्था घाटामा
सार्वजनिक संस्थानको नाफा साढे ४२ अर्ब नाघ्यो, १५ संस्था घाटामा
प्रकाशमानलाई कांग्रेस सांसदले भने- कार्यवाहक प्रधानमन्त्री हुनुहुन्छ, मन्त्रालयको नाम फेर्नुस्
प्रकाशमानलाई कांग्रेस सांसदले भने- कार्यवाहक प्रधानमन्त्री हुनुहुन्छ, मन्त्रालयको नाम फेर्नुस्
तीनवटा संसदीय समितिको बैठक बस्दै,यस्तो छन् कार्यसूची
तीनवटा संसदीय समितिको बैठक बस्दै,यस्तो छन् कार्यसूची