भ्रष्टाचारबाट आर्जित दुई अर्ब बराबरको सम्पत्ति जफत गर्दै गृह मन्त्रालय

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, माघ ४, २०८१
|
|
२४ पटक हेरिएको
Shares
भ्रष्टाचारबाट आर्जित दुई अर्ब बराबरको सम्पत्ति जफत गर्दै गृह मन्त्रालय

सारांश

  • त्यसक्रममा सर्वोच्च अदालतबाट जफत हुने भनेर फैसला भएका घरजग्गा सरकारका नाममा ल्याउने प्रस्ताव गृह मन्त्रालयमार्फत मन्त्रिपरिषद् पठाइएको कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागका महानिर्देशक सुरेश पन्थीले जानकारी दिए।
  • ‘पाँच जना पूर्वप्रशासक र आपराधिक गतिविधिबाट एक भारतीले नेपालमा खरिद गरेको घरजग्गा जफतका लागि प्रस्ताव पठाइएको छ’, उनले भने, ‘हामीले अदालतबाट सोसम्बन्धी भएका फैसलाको लगत संकलनका लागि शाखा अधिकृतको नेतृत्वमा पाँच वटा समूह बनाएर खटाएका छौँ।
  • ’ महानिर्देशक पन्थीले सम्पत्ति जफतसम्बन्धी विभिन्न अदालतबाट तीन हजार पाँच सय फैसला भएको जानकारी दिए।

 

४ माघ, काठमाडौँ- गृह मन्त्रालयले भ्रष्टाचारबाट आर्जन गरेको सम्पत्ति सरकारका नाममा फिर्ता ल्याउन सक्रियता बढाएको छ। त्यसक्रममा सर्वोच्च अदालतबाट जफत हुने भनेर फैसला भएका घरजग्गा सरकारका नाममा ल्याउने प्रस्ताव गृह मन्त्रालयमार्फत मन्त्रिपरिषद् पठाइएको कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागका महानिर्देशक सुरेश पन्थीले जानकारी दिए।

‘पाँच जना पूर्वप्रशासक र आपराधिक गतिविधिबाट एक भारतीले नेपालमा खरिद गरेको घरजग्गा जफतका लागि प्रस्ताव पठाइएको छ’, उनले भने, ‘हामीले अदालतबाट सोसम्बन्धी भएका फैसलाको लगत संकलनका लागि शाखा अधिकृतको नेतृत्वमा पाँच वटा समूह बनाएर खटाएका छौँ।’ महानिर्देशक पन्थीले सम्पत्ति जफतसम्बन्धी विभिन्न अदालतबाट तीन हजार पाँच सय फैसला भएको जानकारी दिए। उनले दुई अर्ब बराबरको सम्पत्ति जफतको तयारी भइरहेको बताए। पहिलो चरणमा पाँच पूर्वप्रशासकले भ्रष्टाचारबाट आर्जन गरेको काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा रहेको सम्पत्ति जफतको प्रक्रिया अघि बढाइएको जानकारी दिए। अदालतबाट फैसला भई जफत गर्नुपर्ने घरजग्गा लामो समयदेखि कसुरदारले नै प्रयोग गर्दै आएको अवस्थामा मन्त्रालयले जफत गर्ने कार्यलाई सक्रियताका साथ अघि बढाएको गृह मन्त्रालयले जनाएको छ।

कसुरजन्य सम्पत्ति जफतसम्बन्धी ऐनअनुसार सर्वोच्चबाट फैसला भएका घरजग्गा जफत गरी सरकारका नाममा ल्याउने कार्य तीव्र गतिमा बघि बढाइने महानिर्देशक पन्थीको भनाइ छ। विभागका अनुसार पूर्वप्रशासक, कर्मचारी तथा परिवारका सदस्यहरू, आमोनन्द मिश्र, सरस्वती ढुंगाना, मुरारीबहादुर कार्की, केशरजंग खड्का र रामात्रा चतुर्वेदीको काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा रहेका घरजग्गा जफत गर्ने प्रक्रिया मन्त्रिपरिषद्मा पुगेको हो। यस्तै, आपराधिक गतिविधिबाट एक भारतीले नेपालमा खरिद गरेको घरजग्गा पनि जफतका लागि मन्त्रिपरिषद्मा प्रस्ताव पेस भएको छ। विगतमा आपराधिक गतिविधिमा संलग्न भारतको असाम राज्यका निरञ्जन होजाइले नेपाली महिलाका नाममा काठमाडौँको जोरपाटीमा राखेको जग्गा र घर जफतका लागि गृह मन्त्रालयले अघि बढाएको हो।

डेढ वर्षअघि कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागले सो घर खाली गराए पनि सरकारको नाममा आउन नसकेको महानिर्देशक पन्थीले बताए। ‘होजाइसँग विवाह गरेकी सरिता गिरीको नाममा सो घरजग्गा छ’, उनले भने, ‘होजाइले नेपालमा निर्मल राईका नाममा नागरिकता लिई आफ्नो पहिचान लुकाएर आंतकवाद/आपराधिक गतिविधिको पैसा ल्याएका थिए। सिन्धुपाल्चोककी सरितासँग बिहे गरी उनी र उनको परिवारका नाममा सम्पत्ति लुकाएको अनुसन्धानमा भेटिएपछि मुद्दा दायर भएको थियो ।’ महानिर्देशक पन्थीले कसुरजन्य सम्पत्ति जफतको कामलाई तीव्रता दिइने बताए। जफतको ठहर भएका घरजग्गा लिलामी गर्ने वा सरकारका नाममा ल्याउने दुवै विकल्प कानुनले दिएको छ। भ्रष्टाचारसम्बन्धी मुद्दामा जफत गर्न लागिएका घरजग्गा भने सरकारका नाममा ल्याएर सरकारी प्रयोजनमा प्रयोग गरिने विभागले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

देशव्यापी ओपिडी बन्द, दोषीलाई कानुनी दायरामा ल्याउन चिकित्सक संघको आग्रह
देशव्यापी ओपिडी बन्द, दोषीलाई कानुनी दायरामा ल्याउन चिकित्सक संघको आग्रह
बीमापोष्टका समाचार हटाउने अदालतको आदेशप्रति आर्थिक पत्रकार संघको आपत्ति
बीमापोष्टका समाचार हटाउने अदालतको आदेशप्रति आर्थिक पत्रकार संघको आपत्ति
बाढीपहिरोमा परी हालसम्म ११ जनाको मृत्यु, १० जना बेपत्ता, ७६४ जनाको उद्धार
बाढीपहिरोमा परी हालसम्म ११ जनाको मृत्यु, १० जना बेपत्ता, ७६४ जनाको उद्धार
महिला न्यायाधीशहरू न्याय प्रणालीको गौरव हुनुपर्छ : प्रधानन्यायाधीश राउत
महिला न्यायाधीशहरू न्याय प्रणालीको गौरव हुनुपर्छ : प्रधानन्यायाधीश राउत
बुटवलमा राजावादीहरूको मोटरसाइकल र्‍याली
बुटवलमा राजावादीहरूको मोटरसाइकल र्‍याली
निर्वाचनमा करिब ३१ अर्ब खर्च हुने अनुमान छ : प्रधानमन्त्री कार्की
निर्वाचनमा करिब ३१ अर्ब खर्च हुने अनुमान छ : प्रधानमन्त्री कार्की
जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव प्रधानमन्त्री भेट्न बालुवाटारमा
जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव प्रधानमन्त्री भेट्न बालुवाटारमा
बाराको सुधार केन्द्रमा युवकको हत्या, ७ जना पक्राउ
बाराको सुधार केन्द्रमा युवकको हत्या, ७ जना पक्राउ
पर्सामा लागुऔषध दुर्व्यसनविरुद्धको तीनमहिने अभियान
पर्सामा लागुऔषध दुर्व्यसनविरुद्धको तीनमहिने अभियान
जनमत र नागरिक उन्मुक्तिले गरे संसदमा अवरोध
जनमत र नागरिक उन्मुक्तिले गरे संसदमा अवरोध