जय ट्रफी : त्रिभुवन आर्मीको शानदार प्रदर्शन, बागमती १५२ रन पछाडि

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, पौष २४, २०८१
|
|
२६ पटक हेरिएको
Shares
जय ट्रफी : त्रिभुवन आर्मीको शानदार प्रदर्शन, बागमती १५२ रन पछाडि

सारांश

  • जनकपुरको रामजानकी अन्तर्राष्ट्रिय रंगशालामा पहिलो इनिङमा २७६ रनको विशाल स्कोर बनाएर त्रिभुवन आर्मी क्लबले मजबुत सुरूवात गरेको हो।
  • पहिलो दिनको खेल सकिँदासम्म बागमती प्रदेश १५२ रनले पछाडि रहेको छ।
  • टस हारेर ब्याटिङको निम्तो पाएको त्रिभुवन आर्मी क्लबले ६० ओभर खेलेर पाँच विकेटको क्षतिमा २७६ रन बनायो।

२४ पुस,  काठमाडौँ- ‘जय ट्रफी मेन्स एलिट कप’ क्रिकेटमा त्रिभुवन आर्मी क्लबले बागमती प्रदेशविरूद्ध शानदार प्रदर्शन गरेको छ। जनकपुरको रामजानकी अन्तर्राष्ट्रिय रंगशालामा पहिलो इनिङमा २७६ रनको विशाल स्कोर बनाएर त्रिभुवन आर्मी क्लबले मजबुत सुरूवात गरेको हो। पहिलो दिनको खेल सकिँदासम्म बागमती प्रदेश १५२ रनले पछाडि रहेको छ।

टस हारेर ब्याटिङको निम्तो पाएको त्रिभुवन आर्मी क्लबले ६० ओभर खेलेर पाँच विकेटको क्षतिमा २७६ रन बनायो। निर्धारित ६० ओभर खेलेपछि त्रिभुवन आर्मी क्लबको पहिलो इनिङ स्वतः अन्त्य भएको थियो। त्रिभुवन आर्मी क्लबका लागि इमरान शेखले सर्वाधिक ७२ रन बनाए। १०४ बलको सामना गरेका उनले ११ चौका प्रहार गरे। त्यस्तै त्रितराज दासले ४४, भीम शार्कीले ३२ र सोमपाल कामीले ७ रन बनाए। कप्तान विनोद भण्डारी शून्य रनमा आउट हुँदा बासिर अहमद ५२ र कुशल मल्ल ३५ रन बनाएर नटआउट रहे।

बागमती प्रदेशका लागि विपिन आचार्यले ३ र सन्दीप लामिछानेले २ विकेट लिए। २७६ रन पछ्याएको बागमती प्रदेशले पहिलो दिनको खेल सकिँदासम्म २२ ओभर खेलेर पाँच विकेटको क्षतिमा १२४ रन बनाएको छ। बागमतीका लागि आशुतोष घिरैयाले ११, रित गौतमले २१, उत्तम मगरले २८, इशान पाण्डेले ४ र शुभ कन्सकारले ३४ रन बनाएका छन्। नन्दन यादव १८ र विपिन आचार्य १ रन बनाएर नटआउट छन्।

त्रिभुवन आर्मी क्लब दोस्रो दिनको पहिलो सेसनमा बागमती प्रदेशका बाँकी विकेट निकालेर खेललाई निर्णायक बनाउने रणनीतिमा हुनेछ। त्रिभुवन आर्मी क्लबले पहिलो इनिङमा बनाएको २७६ रन पछ्याउन बागमतीले अझै १५२ रन जोड्नुपर्नेछ। जय ट्रफीमा अहिलेसम्म भएका सबै खेल बराबरीमा टुंगिए पनि त्रिभुवन आर्मी क्लब र बागमतीबीचको खेलमा निर्णय आउने बलियो सम्भावना देखिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पाँच वर्षभित्र प्रत्येक नागरिकले जोखिमको पूर्वसूचना प्राप्त गर्छ : गृहमन्त्री लेखक
पाँच वर्षभित्र प्रत्येक नागरिकले जोखिमको पूर्वसूचना प्राप्त गर्छ : गृहमन्त्री लेखक
सुनको मूल्य घट्यो, कतिमा हुदैछ कारोबार ?
सुनको मूल्य घट्यो, कतिमा हुदैछ कारोबार ?
संसद अवरोध गर्ने राप्रपाको तयारी
संसद अवरोध गर्ने राप्रपाको तयारी
बझाङमा एमालेका ऐन महर १८ हजार ४१५ मतसहित विजयी
बझाङमा एमालेका ऐन महर १८ हजार ४१५ मतसहित विजयी
काभ्रेको बाढी प्रभावित क्षेत्रमा पुगेर मन्त्री घिसिङले भने: पुनर्निर्माण चाँडै हुनेछ
काभ्रेको बाढी प्रभावित क्षेत्रमा पुगेर मन्त्री घिसिङले भने: पुनर्निर्माण चाँडै हुनेछ
सेवाग्राहीलाई हैरानी दिएपछि अध्यक्षले गरे जिल्ला प्रशासन कार्यालयमा तोडफोड
सेवाग्राहीलाई हैरानी दिएपछि अध्यक्षले गरे जिल्ला प्रशासन कार्यालयमा तोडफोड
सहकारी पीडितको वचत फिर्ताको माग गर्दै मोटरसाइकल र्‍याली, १६ समस्याग्रस्त सहकारीको सूचि प्राधिकरणमा बुझाइयो
सहकारी पीडितको वचत फिर्ताको माग गर्दै मोटरसाइकल र्‍याली, १६ समस्याग्रस्त सहकारीको सूचि प्राधिकरणमा बुझाइयो
माल्दिभ्सलाई हराउँदै नेपाल साफ यू-१९ फुटबलको सेमिफाइनलमा
माल्दिभ्सलाई हराउँदै नेपाल साफ यू-१९ फुटबलको सेमिफाइनलमा
प्रधानमन्त्रीको कार्कीको उपस्थितीमा आज सर्वपक्षीय राष्ट्रिय संवादको आयोजना
प्रधानमन्त्रीको कार्कीको उपस्थितीमा आज सर्वपक्षीय राष्ट्रिय संवादको आयोजना
प्रतिनिधिसभाको बैठक बस्दै
प्रतिनिधिसभाको बैठक बस्दै