नक्कली भारतीय नोटसहित कञ्चनपुरबाट ५ जना पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, भाद्र २१, २०८२
|
|
१९ पटक हेरिएको
Shares
नक्कली भारतीय नोटसहित कञ्चनपुरबाट ५ जना पक्राउ

सारांश

  • कञ्चनपुरमा प्रहरीले पाँच सय दरका नक्कली भारतीय रुपैयाँसहित पाँच जनालाई पक्राउ गरेको छ ।
  • शुक्रबार राति युपी १४ बीएच २०७३ नम्बरको भारतीय गाडीमा नक्कली नोट बोकेको भन्ने विशेष सूचनाका आधारमा प्रहरीले पाँच सय भारतीय रुपैयाँका १४७ नोटसहित पाँच जनालाई पक्राउ गरेको जनाएको छ ।
  • पक्राउ पर्नेमा दुई नेपाली र तीन जना भारतीय रहेका छन् ।

२१ भदाै, धनगढी।

कञ्चनपुरमा प्रहरीले पाँच सय दरका नक्कली भारतीय रुपैयाँसहित पाँच जनालाई पक्राउ गरेको छ । शुक्रबार राति युपी १४ बीएच २०७३ नम्बरको भारतीय गाडीमा नक्कली नोट बोकेको भन्ने विशेष सूचनाका आधारमा प्रहरीले पाँच सय भारतीय रुपैयाँका १४७ नोटसहित पाँच जनालाई पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेमा दुई नेपाली र तीन जना भारतीय रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) सागर बोहराले नक्कली भारतीय नोटसहित कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-१ बन्साह बस्ने ३२ वर्षीय सौगात बहादुर सिंह, २४ वर्षीय चन्द्र बोहरा, भारतको बरेली तेसिलमिगञ्ज ग्राम बस्ने २५ वर्षीय कुलदीप चतुर्बेदी, बरेली फटितेगञ्ज बस्ने २० वर्षीय अमित यादव र भारत बरेली उदमासिहंनगर उत्तराखण्ड बस्ने २४ वर्षीय हिंमासु शर्मालाई पक्राउ गरिएको बताए ।

उनकाअनुसार गाडीमा नक्कली नोट भएको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय झलारीको टोलीले उनीहरुलाई पछ्याएको थियो । सो क्रममा शुक्लाफाँटा नगरपालिका-३ जोनापुरस्थित नेपाली सेना श्री रणसिंह सुरक्षा गण पोस्टले गाडी रोकी चेकजाँच गर्दा नक्कली नोटसहित गाडी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । गाडीमा सवार पाँचै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको डीएसपी बोहराले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?