जापानमा शक्तिशाली भूकम्प : कम्तीमा ३ को मृ*त्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, श्रावण १३, २०८३
|
|
८४ पटक हेरिएको
Shares
जापानमा शक्तिशाली भूकम्प : कम्तीमा ३ को मृ*त्यु

सारांश

  • जापानको दक्षिणी कुमामोटो प्रदेशमा मंगलबार ७.
  • १ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा सपिङ मलमा भएको विस्फोट र विभिन्न संरचना भत्किँदा कम्तीमा तीन जनाको मृत्यु भएको छ ।
  • अन्य दर्जनौं घाइते भएका छन् ।

 

१३ साउन, काठमाडौं ।

जापानको दक्षिणी कुमामोटो प्रदेशमा मंगलबार ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा सपिङ मलमा भएको विस्फोट र विभिन्न संरचना भत्किँदा कम्तीमा तीन जनाको मृत्यु भएको छ । अन्य दर्जनौं घाइते भएका छन् । कुमामोटो प्रान्तीय सरकारले बुधबार बिहान दिएको जानकारीअनुसार भूकम्पपछि एइअन मलमा भएको विस्फोटपछि रातभर सञ्चालन गरिएको उद्धार अभियानमा आठ जनालाई जीवित उद्धार गरिएको छ । उद्धार गरिएकामध्ये २० वर्ष उमेर समूहका दुई महिलाको मृत्यु भएको पुष्टि भएको छ भने एक जना कार्डियोपल्मोनरी अरेस्ट (हृदय र श्वासप्रश्वास बन्द भएको अवस्था) मा भेटिएका छन् ।

अन्य पाँच जना घाइते भए पनि उनीहरूको अवस्था गम्भीर नरहेको जनाइएको छ । जापानको अग्नि नियन्त्रण निकाय, प्रहरी र सेल्फ डिफेन्स फोर्सले रातभर उद्धार अभियान सञ्चालन गरेका थिए । भवनभित्रबाट सहयोगको आग्रह आएको स्थानलाई केन्द्रित गरेर खोज तथा उद्धार कार्य जारी राखिएको अधिकारीहरूले बताएका छन् । जापानी प्रधानमन्त्री सानाए ताकाइचीले क्षतिको पूर्ण विवरण संकलन भइरहेको बताउँदै केही क्षेत्रमा विद्युत् आपूर्ति अवरुद्ध भएको, आगलागी भएको तथा सडक, पुल र भवनमा व्यापक क्षति पुगेको जानकारी दिइन् । भूकम्पपछि करिब तीन लाख मानिसलाई सुरक्षित स्थान तथा अस्थायी आश्रय केन्द्रमा जान निर्देशन दिइएको छ । क्युसु क्षेत्रमा लगातार परकम्प (आफ्टरसक) आइरहेकाले उच्च सतर्कता अपनाउन पनि आग्रह गरिएको छ । करीब २०० पसल रहेको एइअन सपिङ मलको एक भाग विस्फोटपछि पूर्ण रूपमा क्षतिग्रस्त भएको छ । भवनको बाहिरी भाग भत्किँदा फलामका संरचना बाहिर निस्किएका र पार्किङ क्षेत्रमा भग्नावशेष छरिएको दृश्य सार्वजनिक भएका छन् ।

मल सञ्चालक कम्पनीले भूकम्पलगत्तै ग्राहक र कर्मचारीलाई सुरक्षित रूपमा बाहिर निकालिएको जनाएको छ । विस्फोटको कारण अझै खुल्न नसके पनि ग्यास चुहावटका कारण विस्फोट भएको हुनसक्ने आशंकामा अनुसन्धान भइरहेको छ । घटनास्थल नजिकै रहेका एक प्रत्यक्षदर्शीले भूकम्पपछि भाँडा सफा गरिरहेको बेला ठूलो विस्फोट भएको र धुवाँको मुस्लो उड्दा ज्वालामुखीको खरानी झरेजस्तै वातावरण बनेको बताएका छन् । यसैबीच, निप्पोन पेपर इन्डस्ट्रिजको एक कारखानामा चिम्नी भत्किँदा केही कर्मचारी सम्पर्कविहीन भएका छन् । दुई अस्पतालमा ५० भन्दा बढी घाइतेको उपचार भइरहेको छ, जसमा केहीको अवस्था गम्भीर रहेको जनाइएको छ । भूकम्पका बेला सञ्चालनमा रहेका तीव्र गतिको रेलका केही यात्रु पनि घाइते भएका छन् । भूकम्पपछि विभिन्न स्थानमा भवनहरू आंशिक रूपमा भत्किएका तथा आगलागीका घटना भएका छन् । केन्द्रबिन्दु नजिकैको एक सहरमा भवन भत्किँदा एक जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । मुख्य राजमार्गमा ठूला चिरा परेपछि सडक यातायात प्रभावित भएको छ । रेल सेवा स्थगित गरिएको छ भने कुमामोटो विमानस्थलको धावनमार्ग बन्द भएपछि धेरै उडान रद्द तथा अन्यत्र मोडिएका छन् । भूकम्पपछि विश्वकै ठूलो चिप उत्पादन गर्ने कम्पनी टीएसएमसी, सोनी र फुजिफिल्मले आफ्ना कारखानाबाट कर्मचारीलाई सुरक्षित रूपमा बाहिर निकालेका छन् । टीएसएमसीले आफ्नो उत्पादन केन्द्रमा ठूलो क्षति नभएको र क्रमश: उत्पादन पुन: सञ्चालन भइरहेको जनाएको छ ।

टोकियो इलेक्ट्रोनले भने कुमामोटोस्थित आफ्ना दुई कारखानाको सञ्चालन बुधबारसम्मका लागि स्थगित गरेको छ । होन्डाले पनि मोटरसाइकल कारखानाको उत्पादन अस्थायी रूपमा रोकेको जनाएको छ । भूकम्पको केन्द्रबिन्दु कुमामोटो सहरबाट करिब २० किलोमिटर दक्षिणमा रहेको जापानको मौसम विज्ञान निकायले जनाएको छ । प्रभावित क्षेत्रमा आगामी एक सातासम्म शक्तिशाली परकम्प आउन सक्ने तथा पहिरोको जोखिम उच्च रहेकाले सतर्क रहन आग्रह गरिएको छ । क्युसु इलेक्ट्रिक पावरका अनुसार भूकम्पपछि करिब ४८ हजार घरमा विद्युत् आपूर्ति अवरुद्ध भएको छ । यद्यपि, प्रभावित क्षेत्रमा रहेका कुनै पनि आणविक विद्युत् केन्द्रमा असामान्य अवस्था नदेखिएको जापानको आणविक नियमन प्राधिकरणले जनाएको छ । कुमामोटोमा एक दशकअघि आएको विनाशकारी भूकम्पमा २७५ जनाको मृत्यु भएको थियो भने हजारौं भवन क्षतिग्रस्त भएका थिए । यसपटक पनि ठूलो क्षति हुन सक्ने अनुमान अधिकारीहरूले गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चार महिनामा नेपाल प्रहरीका ५ सय ९ जना प्रहरी कर्मचारीले दिए राजीनामा
चार महिनामा नेपाल प्रहरीका ५ सय ९ जना प्रहरी कर्मचारीले दिए राजीनामा
मर्स्याङ्दी जलविद्युत् केन्द्रको उत्पादन घट्यो
मर्स्याङ्दी जलविद्युत् केन्द्रको उत्पादन घट्यो
सुनवलमा हावाहुरीले रुख ढाल्दा च्यापेर २ जनाको मृ*त्यु, ३ घाइते
सुनवलमा हावाहुरीले रुख ढाल्दा च्यापेर २ जनाको मृ*त्यु, ३ घाइते
कांग्रेस बागमती संसदीय दलको मतदान सुरु
कांग्रेस बागमती संसदीय दलको मतदान सुरु
तीनकुने प्रदर्शनबारे जवाफ दिन गृहमन्त्रीलाई संसदीय समितिमा बोलाइयो
तीनकुने प्रदर्शनबारे जवाफ दिन गृहमन्त्रीलाई संसदीय समितिमा बोलाइयो
सौर्य एयर विमान दुर्घटनामा १७ जनाको मृत्यु
सौर्य एयर विमान दुर्घटनामा १७ जनाको मृत्यु
कर्मचारीमाथि प्रधानमन्त्रीको कडाइ : ४५ दिनमै ४ हजार १८८ जनालाई कारबाही सिफारिस
कर्मचारीमाथि प्रधानमन्त्रीको कडाइ : ४५ दिनमै ४ हजार १८८ जनालाई कारबाही सिफारिस
दुर्गा प्रसाईंलाई धरौटीमा छाड्न अदालतको आदेश, तर नछुट्ने
दुर्गा प्रसाईंलाई धरौटीमा छाड्न अदालतको आदेश, तर नछुट्ने
सार्वजनिक लेखा समितिले उजुरीको निष्कर्ष १५ दिनभित्र गर्ने
सार्वजनिक लेखा समितिले उजुरीको निष्कर्ष १५ दिनभित्र गर्ने
मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु
मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु