आज राति बागमती प्रदेशका पहाडी भागमा भारी वर्षा हुने पूर्वानुमान

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, श्रावण १६, २०८२
|
|
४० पटक हेरिएको
Shares
आज राति बागमती प्रदेशका पहाडी भागमा भारी वर्षा हुने पूर्वानुमान

सारांश

  • जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज देशभर साधारणतया बदली रहने जनाएको छ ।
  • साथै आज राति बागमती प्रदेशका पहाडी भागमा भारी वर्षा हुने पूर्वानुमान समेत छ ।
  • महाशाखाका अनुसार आज दिउँसो कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागका धेरै तथा तराई भेगका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ ।

१६ साउन, काठमाडौं ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज देशभर साधारणतया बदली रहने जनाएको छ । साथै आज राति बागमती प्रदेशका पहाडी भागमा भारी वर्षा हुने पूर्वानुमान समेत छ । महाशाखाका अनुसार आज दिउँसो कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागका धेरै तथा तराई भेगका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ ।

त्यसैगरी, आज राति कोशी, मधेश, बागमती, गण्डकी प्रदेशलगायत देशका पहाडी भागका धेरै र तराईका केही भागमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ । बागमती प्रदेशका पहाडी भेगका केही स्थानमा भारी वर्षाको सम्भावना छ ।

सम्भावित वर्षाका कारण भूक्षय, बाढी तथा गेग्रान बहाबको जोखिम रहेको, सहरी तथा तराई क्षेत्रमा डुबान हुनसक्ने, ठूला तथा साना नदीनाला र खोलामा पानीको सतह बढ्ने भएकाले सचेत रहन महाशाखाले सम्बद्ध सबैलाई अनुरोध गरेको छ । साथै अधिक वर्षाले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, निर्माण, सडक तथा हवाई यातायात प्रभावित हुनसक्ने भएकाले सतर्कता तथा पूर्वतयारी अपनाउन सर्वसाधारण तथा सरोकार भएका सबै निकायमा अनुरोध गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुनको मूल्य तोलामा चार सयले वृद्धि
सुनको मूल्य तोलामा चार सयले वृद्धि
अमेरिका लैजान्छु भन्दै ठगीको आरोपमा फिल्म ‘तेल भिसा’का निर्माताविरुद्ध उजुरी
अमेरिका लैजान्छु भन्दै ठगीको आरोपमा फिल्म ‘तेल भिसा’का निर्माताविरुद्ध उजुरी
जेनजी आन्दोलन पनि पश्चिमाहरुको डिजाइमा भयो, अब राजसंस्था आवश्यक भइसक्यो:  दुर्गा प्रसाईं
जेनजी आन्दोलन पनि पश्चिमाहरुको डिजाइमा भयो, अब राजसंस्था आवश्यक भइसक्यो: दुर्गा प्रसाईं
उपराष्ट्रपतिसँग युरोपेली संघका राजदूत लोरेन्जाको शिष्टाचार भेट
उपराष्ट्रपतिसँग युरोपेली संघका राजदूत लोरेन्जाको शिष्टाचार भेट
कैलालीमा कैदीको मृ*त्यु घटना : प्रहरीका सई हरजीत नाथ पक्राउ
कैलालीमा कैदीको मृ*त्यु घटना : प्रहरीका सई हरजीत नाथ पक्राउ
सरकार सञ्चालनबाट जनता सन्तुष्ट छैनन्: नेतृ सङ्ग्रौला
सरकार सञ्चालनबाट जनता सन्तुष्ट छैनन्: नेतृ सङ्ग्रौला
काठमाडौंमा मोटरसाइकल दुर्घटना, एक महिलाको मृ*त्यु, चालक घाइते
काठमाडौंमा मोटरसाइकल दुर्घटना, एक महिलाको मृ*त्यु, चालक घाइते
डढेलो निभाउन अत्याधुनिक उपकरण र जनशक्ति छैन: वन मन्त्री ठकुरी
डढेलो निभाउन अत्याधुनिक उपकरण र जनशक्ति छैन: वन मन्त्री ठकुरी
मन्त्रिपरिषद् बैठक बस्दै
मन्त्रिपरिषद् बैठक बस्दै
भक्तपुरमा स्कुटर दुर्घटना हुँदा श्रीमान्‌को मृत्यु, श्रीमती गम्भीर घाइते
भक्तपुरमा स्कुटर दुर्घटना हुँदा श्रीमान्‌को मृत्यु, श्रीमती गम्भीर घाइते