विदेशमा दुःख गर्नुभन्दा रुद्राक्षका सामग्री बनाएर बिक्री गर्न सजिलो

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, जेठ ११, २०८२
|
|
१७ पटक हेरिएको
Shares
विदेशमा दुःख गर्नुभन्दा रुद्राक्षका सामग्री बनाएर बिक्री गर्न सजिलो

सारांश

  • धरान उपमहानगरपालिका–१४ का सन्तोष लामिछाने रुद्राक्षको व्यवसायबाट राम्रो आम्दानी गरिरहनुभएको छ ।
  • उहाँले धरान–१४ स्थित पिण्डेश्वरी मन्दिर परिसरमा विगत पाँच वर्षदेखि रुद्राक्षको बिक्री गर्दै आउनुभएको छ ।
  • बाह्र वर्ष भारत बसेर फर्किएका लामिछानेले स्वदेशमै केही गर्ने सोचका साथ रुद्राक्षको माला बनाउँदै व्यापार सुरु गर्नुभएको हो ।

११ जेठ, सुनसरी ।

धरान उपमहानगरपालिका–१४ का सन्तोष लामिछाने रुद्राक्षको व्यवसायबाट राम्रो आम्दानी गरिरहनुभएको छ । उहाँले धरान–१४ स्थित पिण्डेश्वरी मन्दिर परिसरमा विगत पाँच वर्षदेखि रुद्राक्षको बिक्री गर्दै आउनुभएको छ । बाह्र वर्ष भारत बसेर फर्किएका लामिछानेले स्वदेशमै केही गर्ने सोचका साथ रुद्राक्षको माला बनाउँदै व्यापार सुरु गर्नुभएको हो । उहाँले भन्नुभयो, “विदेशमा दुःख गर्नुभन्दा यही रुद्राक्षका विभिन्न सामग्री बनाएर बिक्री गर्दा सजिलो र आम्दानीसमेत राम्रै भइरहेको छ ।” रुद्राक्षका सामग्री बनाउन उहाँले धनकुटा, पाँचथर, भोजपुरलगायत पहाडी जिल्लाबाट रुद्राक्ष खरिद गरेर ल्याई माला, झोला, ढाकी, ज्याकेटजस्ता सामग्री बनाउने गर्नुभएको छ । उहाँका अनुसार, मासिक रु २० हजारदेखि ३० हजारसम्म आम्दानी भइरहेको छ । सबै खर्च कटाएर यति आम्दानी हुन्छ अहिलेसम्म घर खर्च चलाउन पुगेको छ ।

उहाँले भन्नुभयो, “आफूलाई मन परेको केही सामान किन्न परे पनि यही आम्दानीले चलायमान रहन्छ । दैनिक १–२ मात्र सामान बिक्री भए पनि घर खर्च टार्न पुग्ने अनि पैसा पनि हातमा आउँछ । थोरै भए पनि नियमित आम्दानी हुन्छ, यहीमा सन्तुष्टि पाएको छु ।” व्यवसायी लामिछानेले बनाएका सामग्री धरानसहित सुनसरी, मोरङ, झापा, काठमाडौँ, काँकडभिट्टा तथा नेपाल भ्रमणमा आउने विदेशी पर्यटकमाझ लोकप्रिय छन् । बिक्रीका लागि यी ठाउँमा बढी जाने गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “विदेशीहरूले विशेष गरी रुद्राक्षका झोला बढी रुचाउनुहुन्छ ।” ग्राहकको मागअनुसार विविध सामग्री बनाउने गरिएको जनाउँदै उहाँले रु २० देखि रु ५० सम्ममा माला, ढाकी रु ३०० देखि रु ५०० र रु एक हजार ५०० देखि रु तीन हजारसम्ममा झोला, साथै रु पाँच हजारदेखि रु पाँच हजार ५०० सम्ममा रुद्राक्षको ज्याकेट बिक्री गर्दै आएको जानकारी दिनुभयो ।

उहाँका अनुसार दैनिक ढाकी मात्रै पाँचदेखि सात वटासम्म बिक्री हुने गर्छ । उहाँले भन्नुभयो, “अरुबेला सामान्य व्यापार भए पनि साउन महिनामा एक महिनासम्म लाग्ने बोलबम मेलामा व्यापार झनै राम्रो हुने गरेकोे छ । ” उहाँले तीन जना कामदार राखेर सामग्री उत्पादन गर्नु हुन्छ भने अहिले एक जना कर्मचारी राखेर रुद्राक्षका सामग्री बनाएर बिक्री गर्दै आउनुभएको बताउनुभयो । रुद्राक्ष स्थानीयस्तरमा सहजै नपाइने भएकाले उहाँ धनकुटा, भोजपुरजस्ता ठाउँमा गई बोटै ठेक्का लिएर खरिद गर्ने गर्नुभएको छ ।

एक बोटको मूल्य रु एक लाखदेखि एक लाख ५० हजारसम्म पर्ने जानकारी दिँदै उहाँले भन्नुभयो, “बोटबाट रुद्राक्ष ल्याएर सामग्री बनाउन सकेपछि बिक्रीमा समस्या हुँदैन, अर्डर राम्रै आउने गर्छ सामान बनाउनसके बिक्री पनि राम्रो हुन्छ ।” व्यवसायी लामिछानेका अनुसार, रुद्राक्ष विशेषगरी हरियो पात भएका, लामा हाँगाहरूमा सेता फूल फुल्ने रुखमा ओखरजस्तै फल्ने गर्छ । उहाँले भन्नुभयो, “सामान्यतया एक देखि १४ मुखीसम्मका रुद्राक्ष सजिलै पाइन्छन् । एकमुखी तथा नौदेखि १४ मुखीसम्मका रुद्राक्ष भने निकै दुर्लभ मानिन्छन् । धार्मिक दृष्टिले महादेवको प्रिय वनस्पति मानिने रुद्राक्ष पहाडी गाउँघरमा ‘दाना’ नामले चिनिन्छ ।”

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हट्यो प्रेस काउन्सिल अध्यक्षको योग्यता बदल्ने प्रस्ताव
हट्यो प्रेस काउन्सिल अध्यक्षको योग्यता बदल्ने प्रस्ताव
धुलो टकटक्याउँदै जनतालाई अनुभूत हुने काम पक्कै गर्छौं : सञ्चारमन्त्री खरेल
धुलो टकटक्याउँदै जनतालाई अनुभूत हुने काम पक्कै गर्छौं : सञ्चारमन्त्री खरेल
एमालेको केन्द्रीय सचिवालय बैठक आज बस्दै
एमालेको केन्द्रीय सचिवालय बैठक आज बस्दै
भ्रष्टाचार मुद्दा दायर भएपछि जसपाका सांसद सरोज सिंह निलम्बित
भ्रष्टाचार मुद्दा दायर भएपछि जसपाका सांसद सरोज सिंह निलम्बित
जुवातास खेलेको आरोपमा १७ जना पक्राउ
जुवातास खेलेको आरोपमा १७ जना पक्राउ
प्रधानमन्त्रीबाट भारत भ्रमणबारे सदनलाई जानकारी
प्रधानमन्त्रीबाट भारत भ्रमणबारे सदनलाई जानकारी
प्रदेश सरकार व्यवस्थापनमा केही समस्या देखिएको छः मुख्यमन्त्री सिंह
प्रदेश सरकार व्यवस्थापनमा केही समस्या देखिएको छः मुख्यमन्त्री सिंह
जानेर–बुझेर नियतबस खराब काम गर्दिन्, जस्तो आएको त्यस्तै फर्किन तयार छु: मन्त्री खरेल
जानेर–बुझेर नियतबस खराब काम गर्दिन्, जस्तो आएको त्यस्तै फर्किन तयार छु: मन्त्री खरेल
बाँकेको बाल सुधारगृहबाट भागेका ४५ बालबन्दी अझै फरार
बाँकेको बाल सुधारगृहबाट भागेका ४५ बालबन्दी अझै फरार
डाक्नेश्वरी-१ का वडाध्यक्ष धीरेन्द्रकुमार साहलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
डाक्नेश्वरी-१ का वडाध्यक्ष धीरेन्द्रकुमार साहलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश