कटुवा पेस्तोल र गोली लुकाएर हिँडिरहेकी एक महिला धनुषाबाट पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, मंसिर ७, २०८३
|
|
५१ पटक हेरिएको
Shares
कटुवा पेस्तोल र गोली लुकाएर हिँडिरहेकी एक महिला धनुषाबाट पक्राउ

सारांश

  • धनुषाको धनुषाधामबाट कटुवा पेस्तोल र एक राउण्ड गोलीसहित एक महिला पक्राउ परेकी छन् ।
  • पक्राउ पर्नेमा सिरहाको कल्याणपुर नगरपालिका–५, निर्धना टोलकी करिब ४० वर्षीया गंगावती महतो रहेकी छन् ।
  • जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी प्रवक्ता ओम प्रकाश खनालका अनुसार विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय धनुषाधामबाट खटिएको प्रहरी टोलीले शनिबार साँझ करिब ७ बजे धनुषाधाम नगरपालिका–४, गौरीपुर टोलबाट उनलाई नियन्त्रणमा लिएको बताए।

जनकपुरधाम । धनुषाको धनुषाधामबाट कटुवा पेस्तोल र एक राउण्ड गोलीसहित एक महिला पक्राउ परेकी छन् ।

पक्राउ पर्नेमा सिरहाको कल्याणपुर नगरपालिका–५, निर्धना टोलकी करिब ४० वर्षीया गंगावती महतो रहेकी छन् ।

जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी प्रवक्ता ओम प्रकाश खनालका अनुसार विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय धनुषाधामबाट खटिएको प्रहरी टोलीले शनिबार साँझ करिब ७ बजे धनुषाधाम नगरपालिका–४, गौरीपुर टोलबाट उनलाई नियन्त्रणमा लिएको बताए।

प्रहरीका अनुसार महतोले कम्मरमा कटुवा पेस्तोल एक थान र त्यसमा लाग्ने एक राउण्ड गोली लुकाएर लैजाँदै गरेको अवस्थामा फेला परेकी थिइन् ।

पक्राउ परेकी महिलामाथि प्रचलित कानुनबमोजिम कारबाही प्रक्रिया अघि बढाउनुका साथै थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?