सर्लाहीमा ११ थान नक्कली नेपाली नोटसहित भारतीय नागरिक पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, मंसिर ६, २०८३
|
|
४३ पटक हेरिएको
Shares
सर्लाहीमा ११ थान नक्कली नेपाली नोटसहित भारतीय नागरिक पक्राउ

सारांश

  • सर्लाहीमा नक्कली नेपाली नोटसहित एक भारतीय नागरिक पक्राउ परेका छन्।
  • जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार पर्सा गाउँपालिका–२ संग्रामपुर चौकस्थित चन्दन किराना पसलमा सामान खरिद गर्ने क्रममा नक्कली नोट दिएको आरोपमा भारतको सीतामढी, बेला थाना, वडा नं.
  • १ नाराटोल बस्ने करिब ३० वर्षीय अब्दुल समसद पक्राउ परेका हुन्।

५ मंसिर, सर्लाही ।

सर्लाहीमा नक्कली नेपाली नोटसहित एक भारतीय नागरिक पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार पर्सा गाउँपालिका–२ संग्रामपुर चौकस्थित चन्दन किराना पसलमा सामान खरिद गर्ने क्रममा नक्कली नोट दिएको आरोपमा भारतको सीतामढी, बेला थाना, वडा नं. १ नाराटोल बस्ने करिब ३० वर्षीय अब्दुल समसद पक्राउ परेका हुन्।

उनले किराना पसलमा सामान खरिद गर्दा दिएको १०० रुपैयाँको नोट नक्कली जस्तो देखिएपछि पसलेले प्रहरीलाई खबर गरेका थिए। त्यसपछि इलाका प्रहरी कार्यालय संग्रामपुरबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिई सोधपुछ तथा शरीर तलासी गरेको थियो। तलासीका क्रममा ११ थान नक्कली नेपाली नोट र ६ हजार ८३० रुपैयाँ सक्कली नेपाली नगद बरामद भएको प्रहरीले जनाएको छ। पक्राउ परेका व्यक्ति र बरामद नोटसहितको घटनाबारे जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पहिलो ओभरमै लुम्बिनीले दोस्रो विकेट पनि गुमायो
पहिलो ओभरमै लुम्बिनीले दोस्रो विकेट पनि गुमायो
चितवनमा युवक कुट्ने प्रहरी निलम्बित
चितवनमा युवक कुट्ने प्रहरी निलम्बित
पानामामा ७.७ म्याग्निच्युडको भू*कम्प, दर्जनौं संरचना भत्किए
पानामामा ७.७ म्याग्निच्युडको भू*कम्प, दर्जनौं संरचना भत्किए
रौतहटमा एक ट्रकको ठक्करले मोटरसाइकल चालकको मृत्यु
रौतहटमा एक ट्रकको ठक्करले मोटरसाइकल चालकको मृत्यु
जलहरी प्रकरणमा पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य सचिव ढकाल र कोषाध्यक्ष थापाविरुद्ध भ्रष्टाचार मुद्दा
जलहरी प्रकरणमा पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य सचिव ढकाल र कोषाध्यक्ष थापाविरुद्ध भ्रष्टाचार मुद्दा
सिहरामा ज्यान गुमाएका यादवको शव प्रहरीले सडकबाट उठायो
सिहरामा ज्यान गुमाएका यादवको शव प्रहरीले सडकबाट उठायो
वेस्ट इन्डिजविरुद्धको शृंखलाका लागि १६ सदस्यीय नेपाली टोली घोषणा
वेस्ट इन्डिजविरुद्धको शृंखलाका लागि १६ सदस्यीय नेपाली टोली घोषणा
विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायु कुमार श्रेष्ठ
विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायु कुमार श्रेष्ठ
उपाध्यक्ष घिमिरे पार्टीका सबै जिम्मेवारीबाट अलग
उपाध्यक्ष घिमिरे पार्टीका सबै जिम्मेवारीबाट अलग
बीमा र धितोपत्र कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
बीमा र धितोपत्र कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ