प्रधानमन्त्रीको भारत भ्रमणअघि परामर्श नगरेको भन्दै कांग्रेसको असन्तुष्टि

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, मंसिर ६, २०८३
|
|
४१ पटक हेरिएको
Shares
प्रधानमन्त्रीको भारत भ्रमणअघि परामर्श नगरेको भन्दै कांग्रेसको असन्तुष्टि

सारांश

  • नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणअघि प्रमुख प्रतिपक्षीलगायत राजनीतिक दल र विषयविज्ञसँग परामर्श नगरेको भन्दै सरकारप्रति असन्तुष्टि जनाएको छ ।
  • कांग्रेसले राष्ट्रिय महत्त्वका विषयमा विदेश भ्रमण गर्नुअघि साझा धारणा निर्माण गर्ने लोकतान्त्रिक परम्परालाई सरकारले निरन्तरता नदिएको आरोप लगाएको छ ।
  • कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको भारत भ्रमण सफल र उपलब्धिमूलक होस् भन्ने शुभकामना दिएका छन् ।

 

५ मंसिर, काठमाडौं ।

नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणअघि प्रमुख प्रतिपक्षीलगायत राजनीतिक दल र विषयविज्ञसँग परामर्श नगरेको भन्दै सरकारप्रति असन्तुष्टि जनाएको छ ।

कांग्रेसले राष्ट्रिय महत्त्वका विषयमा विदेश भ्रमण गर्नुअघि साझा धारणा निर्माण गर्ने लोकतान्त्रिक परम्परालाई सरकारले निरन्तरता नदिएको आरोप लगाएको छ ।

कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको भारत भ्रमण सफल र उपलब्धिमूलक होस् भन्ने शुभकामना दिएका छन् । उनले भ्रमणबाट नेपाल र भारतबीचको सम्बन्ध थप प्रगाढ हुनुका साथै नेपालको राष्ट्रिय हित प्रवर्द्धन हुनुपर्ने बताएका छन् ।

शर्माका अनुसार कांग्रेसले भारतसँगको द्विपक्षीय सम्बन्ध र सहकार्यका सम्भावित विषयमा सरकारलाई रचनात्मक सुझाव दिने तयारी गरेको थियो । त्यसका लागि पार्टीले गत बुधबार विषयविज्ञहरूको सहभागितामा विशेष आन्तरिक विमर्शसमेत गरेको थियो ।

जलवायु परिवर्तन, हवाई सम्पर्क, पर्यटन, व्यापार, ऊर्जा, खेलकुद, उद्यमशीलता, सीमा व्यवस्थापन, सीमावर्ती क्षेत्रका नागरिकका सरोकार र भारतमा कार्यरत नेपाली श्रमिकका समस्यालगायत विषयमा छलफल गरिएको उनले बताएका छन् ।

‘मित्रराष्ट्रहरूको महत्त्वपूर्ण भ्रमणअघि राष्ट्रिय हितका विषयमा साझा धारणा निर्माण गर्न प्रमुख प्रतिपक्षीलगायत राजनीतिक दलसँग परामर्श गर्ने हाम्रो स्थापित लोकतान्त्रिक परम्परा हो । यस्तो सकारात्मक परम्पराको निरन्तरता वर्तमान सरकारबाट पनि अपेक्षित थियो,’ शर्माले भनेका छन् ।

तर सरकारले प्रमुख प्रतिपक्ष, अन्य दल र विषयविज्ञसँग परामर्श गर्न आवश्यक नठानेको उनको आरोप छ । सरकारले सुझाव नमागेपछि कांग्रेसले पनि औपचारिक सुझाव आफैँ अघि सारिरहन उचित नठानेको उनले उल्लेख गरेका छन् ।

शर्माले प्रधानमन्त्री कुनै एक दल वा सरकारको मात्र नभई सम्पूर्ण राष्ट्रको प्रतिनिधित्व गर्दै भारत भ्रमणमा जान लागेको भन्दै राष्ट्रिय हितका विषयमा व्यापक परामर्श र साझा समझदारी आवश्यक रहेको बताएका छन् । यस्तो समझदारीले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको अडान बलियो बनाउने उनको भनाइ छ ।

यद्यपि, सरकारले परामर्श नगरेको विषयलाई प्रधानमन्त्रीको भ्रमणको सम्भावित विषयवस्तुसँग जोडेर हेर्न नहुने कांग्रेसले स्पष्ट पारेको छ । सरकारसँग विभिन्न विषयमा असहमति भए पनि नेपालको राष्ट्रिय हित र भारतसँगको सम्बन्ध सुदृढ बनाउने विषयमा आफ्नो प्रतिबद्धता अटल रहेको शर्माले बताएका छन् ।

कांग्रेसले प्रधानमन्त्रीको भारत भ्रमण क्षणिक लोकप्रियता र प्रचारमा मात्र सीमित हुन नहुनेमा जोड दिएको छ । विगतका प्रतिबद्धता कार्यान्वयन, विद्यमान समस्याको ठोस समाधान र पारस्परिक हितमा आधारित दीर्घकालीन सहकार्यको नयाँ आधार निर्माणमा भ्रमण केन्द्रित हुनुपर्ने उसको अपेक्षा छ ।

भ्रमणको सफलता औपचारिक स्वागत, संयुक्त वक्तव्य वा घोषणाबाट नभई त्यसबाट नेपाल र नेपाली नागरिकले प्राप्त गर्ने ठोस परिणामबाट मापन हुनुपर्ने कांग्रेसको धारणा छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नवरात्रको आठौं दिन आज महागौरी देवीको पूजा
नवरात्रको आठौं दिन आज महागौरी देवीको पूजा
बालेनले फेरि भने- देश तपाईंहरूकै हातमा हो, अब घर फर्किनुस्
बालेनले फेरि भने- देश तपाईंहरूकै हातमा हो, अब घर फर्किनुस्
राजनीतिमा उत्तारचढाव आइरहन्छ, यसमा रमाउनेले नै राजनीति गर्नसक्छः शशांक कोईराला
राजनीतिमा उत्तारचढाव आइरहन्छ, यसमा रमाउनेले नै राजनीति गर्नसक्छः शशांक कोईराला
प्रहरी महानिरीक्षक कार्की र प्रधान सेनापति सिग्देलबीच शिष्टाचार भेट
प्रहरी महानिरीक्षक कार्की र प्रधान सेनापति सिग्देलबीच शिष्टाचार भेट
नाउपाका संरक्षक रेशम चौधरी रिहा
नाउपाका संरक्षक रेशम चौधरी रिहा
कांग्रेसको अवरोधपछि स्थगित भयो सुदूरपश्चिम प्रदेशसभाको बैठक
कांग्रेसको अवरोधपछि स्थगित भयो सुदूरपश्चिम प्रदेशसभाको बैठक
शिक्षकको कुटपिटबाट नगर सदस्य घाइते
शिक्षकको कुटपिटबाट नगर सदस्य घाइते
भारतको सहयोगमा निर्माण हुने १० परियोजनाको समझदारी पत्रमा हस्ताक्षर
भारतको सहयोगमा निर्माण हुने १० परियोजनाको समझदारी पत्रमा हस्ताक्षर
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक, सोसल मिडियामाथिको प्रतिबन्ध हटाउने तयारी
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक, सोसल मिडियामाथिको प्रतिबन्ध हटाउने तयारी
वेस्ट इन्डिजसँग शृंखलाको अन्तिम खेल खेल्दै नेपाल
वेस्ट इन्डिजसँग शृंखलाको अन्तिम खेल खेल्दै नेपाल