प्रहरी महानिरीक्षक कार्की र प्रधान सेनापति सिग्देलबीच शिष्टाचार भेट
सारांश
- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले प्रधान सेनापति अशोकराज सिग्देलसँग भेट गरेका छन्।
- महानिरीक्षक कार्की शुक्रबार नेपाली सेनाको जंगी अड्डा भद्रकाली पुगेर शिष्टाचार भेट गरेको नेपाल प्रहरीले जनाएको छ।
- नेपाल प्रहरीले भेटको तस्बिर सार्वजनिक गरेको हो।
२९ कात्तिक, काठमाडौं ।
प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले प्रधान सेनापति अशोकराज सिग्देलसँग भेट गरेका छन्। महानिरीक्षक कार्की शुक्रबार नेपाली सेनाको जंगी अड्डा भद्रकाली पुगेर शिष्टाचार भेट गरेको नेपाल प्रहरीले जनाएको छ। नेपाल प्रहरीले भेटको तस्बिर सार्वजनिक गरेको हो।

प्रहरीले लेखेको छ, ‘नेपाली सेना, जंगी अड्डा, भद्रकाली काठमाडौंमा प्रधान सेनापति महारथी अशोक राज सिग्देलज्यूसँग शिष्टाचार भेटघाट गर्दै प्रहरी महानिरीक्षक दान बहादुर कार्कीज्यू।’ भेटमा दुईबीच भएको संवाद भने जानकारी दिइएको छैन।

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया