मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, जेठ ७, २०८२
|
|
२४ पटक हेरिएको
Shares
मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

सारांश

  • पश्चिम नवलपरासीको रामग्राम नगरपालिका-१ सन्डामा मोटरसाइकलले साइकलयात्रीलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।
  • दुर्घटनामा दुई जना घाइते भएका छन् ।
  • सुनवलबाट परासी जाँदै गरेको लु १८ प २९४५ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा स्थानीय ५० वर्षीय लवकुश चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

७ जेठ, परासी  ।

पश्चिम नवलपरासीको रामग्राम नगरपालिका-१ सन्डामा मोटरसाइकलले साइकलयात्रीलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई जना घाइते भएका छन् । सुनवलबाट परासी जाँदै गरेको लु १८ प २९४५ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा स्थानीय ५० वर्षीय लवकुश चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका चौधरीको उपचारका क्रममा जिल्ला अस्पताल परासीमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी वीरदत्त पन्तले बताए । दुर्घटनामा मोटरसाइकल चालक लक्ष्मण सापकोटा र अमृत भुजेल घाइते भएका छ्न ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ