धान उत्पादनमा आत्मनिर्भर बन्नुपर्नेमा राष्ट्रपतिको जोड

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, आषाढ १५, २०८३
|
|
१५३ पटक हेरिएको
Shares
धान उत्पादनमा आत्मनिर्भर बन्नुपर्नेमा राष्ट्रपतिको जोड

सारांश

  • राष्ट्रपति रामचन्द्र पौडेलले कृषि क्षेत्रको आधुनिकीकरण, व्यवसायीकरण र जलवायुमैत्री प्रविधिको प्रयोगमार्फत धान उत्पादनमा आत्मनिर्भर बन्नुपर्नेमा जोड दिएका छन् ।
  • सोमबार २३औँ राष्ट्रिय धान दिवसको शुभकामना व्यक्त गर्दै उनले कृषकलाई आवश्यक कृषि सामग्री, उचित मूल्य र बजार पहुँच उपलब्ध गराउनु राज्यको दायित्व भएको बताएका हुन् ।
  • राष्ट्रपति पौडेलले खाद्य सुरक्षालाई संविधानले मौलिक हकका रूपमा सुनिश्चित गरेको बताए ।

काठमाडौं ।

राष्ट्रपति रामचन्द्र पौडेलले कृषि क्षेत्रको आधुनिकीकरण, व्यवसायीकरण र जलवायुमैत्री प्रविधिको प्रयोगमार्फत धान उत्पादनमा आत्मनिर्भर बन्नुपर्नेमा जोड दिएका छन् । सोमबार २३औँ राष्ट्रिय धान दिवसको शुभकामना व्यक्त गर्दै उनले कृषकलाई आवश्यक कृषि सामग्री, उचित मूल्य र बजार पहुँच उपलब्ध गराउनु राज्यको दायित्व भएको बताएका हुन् । राष्ट्रपति पौडेलले खाद्य सुरक्षालाई संविधानले मौलिक हकका रूपमा सुनिश्चित गरेको बताए ।  जलवायु परिवर्तनका कारण धान खेतीमा बढ्दो चुनौती देखिएको बताउदै उनले सरकारले सिँचाइ पूर्वाधार विस्तार, जलवायुमैत्री कृषि प्रविधिको विकास तथा कृषकलाई आवश्यक सहयोग उपलब्ध गराउन प्राथमिकता दिनुपर्ने बताए ।

उनले भने, ‘जलवायु परिवर्तनले धान खेतीमा पारेको बढ्दो नकारात्मक असरलाई न्यूनीकरण गर्न सरकार, कृषक र सरोकारवाला पक्षलाई सचेत र जागरुक बनाई हाम्रो मागअनुसारको धान उत्पादन एवम् उत्पादकत्व बढाउनुपर्ने आजको आवश्यकता हो ।’ धान रोप्ने अनि मानो रोपेर मुरी फलाउने यस महिना कृषि कार्यका लागि विशिष्ट भएको उल्लेख गर्दै राष्ट्रपति पौडेलले नेपाली परिवेशको जीवनशैली प्रकृति र माटोसँग अत्यन्त निकट रहेको बताए ।हिलोसँग खेल्दै खेतभित्र छुपुछुपु धान रोप्ने र दही, चिउरा, अचारलगायतका परिकारहरूले यस दिनलाई अझ विशेष बनाउने उनको भनाइ छ ।उनले भने, ‘धान रोप्ने अनि मानो रोपेर मुरी फलाउने यस महिना कृषि कार्यका लागि विशिष्ट छ । नेपाली परिवेशको जीवनशैली प्रकृति र माटोसँग अत्यन्त निकट छ । हिलोसँग खेल्दै खेतभित्र छुपुछुपु धान रोप्ने र दही, चिउरा, अचारलगायतका परिकारहरूले यस दिनलाई अझ विशेष बनाउने भएकाले असार पन्ध्रलाई दहीचिउरा खाने दिन पनि भनिन्छ ।’राष्ट्रपति पौडेलले सम्पूर्ण कृषक दिदीबहिनी तथा दाजुभाइहरूमा शुभकामना व्यक्त गरे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सिन्धुपाल्चोकमा भारत सरकारको सहयोगमा दुई स्वास्थ्य चौकी भवनको शिलान्यास
सिन्धुपाल्चोकमा भारत सरकारको सहयोगमा दुई स्वास्थ्य चौकी भवनको शिलान्यास
अझै समावेशी लोकतन्त्र बनाउन कांग्रेस दृढ छ : सभापति देउवा
अझै समावेशी लोकतन्त्र बनाउन कांग्रेस दृढ छ : सभापति देउवा
मन्दिरमा दुई हात्ती भिडेपछि भारतमा ३ जनाको मृत्यु, ३० घाइते
मन्दिरमा दुई हात्ती भिडेपछि भारतमा ३ जनाको मृत्यु, ३० घाइते
ग्रिसको क्रेट टापुमा ६.१ म्याग्निच्युडको भूकम्प
ग्रिसको क्रेट टापुमा ६.१ म्याग्निच्युडको भूकम्प
चार महिनामा ३४ लाख ९८ हजार राजस्व संकलन
चार महिनामा ३४ लाख ९८ हजार राजस्व संकलन
सिन्धुलीको दुधौलीका मेयरविरुद्ध बलात्कारको किटानी जाहेरी
सिन्धुलीको दुधौलीका मेयरविरुद्ध बलात्कारको किटानी जाहेरी
मुख्यमन्त्रीको निर्देशन अवज्ञा गर्ने डा.उमेश साह पक्राउ
मुख्यमन्त्रीको निर्देशन अवज्ञा गर्ने डा.उमेश साह पक्राउ
मकवानपुरमा स्कुटर दुर्घटना हुँदा एक महिलाको मृत्यु
मकवानपुरमा स्कुटर दुर्घटना हुँदा एक महिलाको मृत्यु
बंगलादेशमा विमान दुर्घटना : मृतकको संख्या २७ पुग्यो, १७१ जना घाइते
बंगलादेशमा विमान दुर्घटना : मृतकको संख्या २७ पुग्यो, १७१ जना घाइते
संसदमा अर्थमन्त्रीको जवाफ- बजेटको प्रभावकारी कार्यान्वयनमा आशंका नगर्नुस्
संसदमा अर्थमन्त्रीको जवाफ- बजेटको प्रभावकारी कार्यान्वयनमा आशंका नगर्नुस्