Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

काठमाडौँका यी स्थानमा आज विद्युत् अवरुद्ध हुने

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, भाद्र २९, २०८१
|
|
४१ पटक हेरिएको
Shares
काठमाडौँका यी स्थानमा आज विद्युत् अवरुद्ध हुने

सारांश

  •  काठमाडौँका विभिन्न स्थानहरूमा आज विद्युत् अवरुद्ध हुने भएको छ ।
  • विद्युत् प्राधिकरणले सूचना जारी गर्दै रत्नपार्क वितरण केन्द्रको असन र महाबौद्ध फिडर अन्तर्गत पर्ने विभिन्न स्थानमा तीनदेखि पाँच घण्टा विद्युत् अवरुद्ध हुने जानकारी दिएको हो ।
  • असन फिडर अन्तर्गत रत्नपार्क बगैचाभित्र, भोटाहिटी साझा भण्डार, असनचोक, बाङ्गेमुढा, भेडासिंह, ईन्द्रचोक, सुरज आर्केड अगाडि, मसला गल्लीको मोडसम्मको क्षेत्रमा शनिबार दिउँसो २ बजेदेखि साँझ ५ बजेसम्म विद्युत् अवरुद्ध हुने प्राधिकरणले जनाएको छ ।

 

२९ भदौ, काठमाडौँ ।  काठमाडौँका विभिन्न स्थानहरूमा आज विद्युत् अवरुद्ध हुने भएको छ ।विद्युत् प्राधिकरणले सूचना जारी गर्दै रत्नपार्क वितरण केन्द्रको असन र महाबौद्ध फिडर अन्तर्गत पर्ने विभिन्न स्थानमा तीनदेखि पाँच घण्टा विद्युत् अवरुद्ध हुने जानकारी दिएको हो । असन फिडर अन्तर्गत रत्नपार्क बगैचाभित्र, भोटाहिटी साझा भण्डार, असनचोक, बाङ्गेमुढा, भेडासिंह, ईन्द्रचोक, सुरज आर्केड अगाडि, मसला गल्लीको मोडसम्मको क्षेत्रमा शनिबार दिउँसो २ बजेदेखि साँझ ५ बजेसम्म विद्युत् अवरुद्ध हुने प्राधिकरणले जनाएको छ ।रत्नपार्क वितरण केन्द्रकै महाबौद्ध फिडर अन्तर्गत महाबौध्द सबस्टेशन भित्र, न्युरोड गेट, रन्जना हल, विशालबजार सबस्टेशन भित्र, विशाल बजार अगाडि, गणेश ,स्थान ट्रमा हस्पिटल पछाडि केबुल हेड सम्मका क्षेत्रमा बिहान ८ बजेदेखि दिउँसो २ बजेसम् विद्युत् अवरुद्ध हुने प्राधिकरणले जनाएको छ। ती ठाउँहरूमा भूमिगत तारसम्बन्धी कामका लागि फिडर सटनडाउनमा राख्नुपर्ने भएकाले विद्युत् अवरुद्ध हुने प्राधिकरणले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?