मेयर कटुवालले गरिन द्रुत सिकाई केन्द्रको अनुगमन ।

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, भाद्र २२, २०८०
|
|
४६ पटक हेरिएको
Shares
मेयर कटुवालले गरिन द्रुत सिकाई केन्द्रको अनुगमन ।

सारांश

  • बरहथवा नगरपालिका प्रमुख कल्पना कटुवाल शुक्रबार टाडी टोलमा रहेको द्रुत सिकाई केन्द्रको अनुगमन गरेकी छन्।
  • प्रमुख कटुवालले टाडीमा रहेको ३ वटा सिकाई केन्द्रमा पुगेर परीक्षाको अनुगमन गरेकी हुन्।
  • यसको मुख्य उदेश्य विधालय बाहिर रहेका किशोरीहरूको सशक्तिकरण परियोजना ( बालिकालाई पछाडी नपारौ ) आसमान नेपाल नामक संस्थाले वार्ड न.

संतोष कुमार यादव

२२ भदौ सर्लाही। बरहथवा नगरपालिका प्रमुख कल्पना कटुवाल शुक्रबार टाडी टोलमा रहेको द्रुत सिकाई केन्द्रको अनुगमन गरेकी छन्। प्रमुख कटुवालले टाडीमा रहेको ३ वटा सिकाई केन्द्रमा पुगेर परीक्षाको अनुगमन गरेकी हुन्।

यसको मुख्य उदेश्य विधालय बाहिर रहेका किशोरीहरूको सशक्तिकरण परियोजना ( बालिकालाई पछाडी नपारौ ) आसमान नेपाल नामक संस्थाले वार्ड न.८ मा मात्रै ७ ओटा सिकाई केन्द्र सञ्चालन गरेको छ। यी सात मध्ये मेयर सहितको टोलीले जम्मा तीन केन्द्रमा अनुगमन गरेको छ।

पहिलोमा मुसहर टोल सक्रिय सिकाई देन्द्र दोस्रोमा परिवर्तन सिकाई केन्द्र र तेस्रोमा जन ज्योती सिकाई केन्द्र।  यस केन्द्रमा जम्मा २५ , २४ ,र २१ जना विधार्थी थिए।अनुगमन गर्न गएका मेयर कटुवा सहितका टोलीले जे सोध्दा विधार्थीहरू फररर जवाफ दिए सगैं टोलीनै हर्षीत भएका थिए।

सिकाई केन्द्र, ग्लोबल डेभलपमेन्ट ग्रुपको आर्थिक सहयोग तथा बरहथवा नगरपालिकाको मन्जुरनामा मा चलिदै छ ।नगर प्रमुख कल्पना कुमारी कटुवाल, प्रमुख प्रशासकीय अधिकृत मदन थापा, शिक्षा शाखा प्रमुख अनिल साह, वडा अध्यक्ष राजकिशोर महतोसहितको टोलिले सिकाई केन्द्रको अनुगमन गरेका हो।

यस संस्थाका जिल्ला कार्यक्रम संयोजक हरेराम ठाकुरका अनुसार संस्थाले विगत ३ महिनादेखी हालसम्म ७ वडा

निः शुल्क सिकाइ केन्द्र संचालन गरिसकेको छ । जसमा १० देखि १८ वर्ष उमेर समुहका १ सय ६० जना शिक्षाबाट बन्चित रहेका किशोरीहरुलाई समेटिएको संयोजक ठाकुरले जानकारी दिए । उनले ७ वटै सिकाइ केन्द्र आगामी चैत्र मसान्तसम्म संचालनमा रहने बताए । त्यसपश्चात केन्द्रमा सहभागी सबैजनालाई स्कुल ड्रेस र ब्याग प्रदान गरी विद्यालय भर्ना गराउने उदेश्य रहेको ठाकुरको भनाई छ ।

https://press4k.com/

संस्थाले आगामी ३ वर्षभित्र विद्यालय बाहिर रहेका नगरपालिका अन्तर्गतका ३ सय ५५ बालिकामध्ये ७० प्रतिशतलाई शिक्षामा पहुँच पुर्‍याउने लक्ष्य राखेको छ । योसँगै संस्थाले सर्लाहीसहित सप्तरी, सिरहा, धनुषा, महोत्तरी, रौतहट, बारा, पर्सा, धादिङ, सल्यान, सुनसरी, मोरंग, कपिलवस्तु, सुर्खेत, लमजुङ गरी १७ वटा जिल्लामा शिक्षा, स्वास्थ्य, पोषण, सुशासन, जिविकोपार्जन,बालअधिकार, बाल संरक्षण, प्राकृतिक श्रोत,ब्यबस्थापन, प्रकोप व्यवस्थापनलगायतको क्षेत्रमा विगत २४ वर्षदेखि काम गर्दै आइरहेको छ ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जेनजी पुस्ताको प्रदर्शनका क्रममा गोली लागेर बालक घाइते
जेनजी पुस्ताको प्रदर्शनका क्रममा गोली लागेर बालक घाइते
चितवनमा स्विमिङ पुलमा युवकको मृत्यु, अनुसन्धानका लागि साथीहरू पक्राउ
चितवनमा स्विमिङ पुलमा युवकको मृत्यु, अनुसन्धानका लागि साथीहरू पक्राउ
चैते दशैंको अवसरमा गण्डकी प्रदेशमा आज सार्वजनिक बिदा
चैते दशैंको अवसरमा गण्डकी प्रदेशमा आज सार्वजनिक बिदा
तीन तहका सरकारबीचको समन्वयले गुणस्तरीय शिक्षालाई स्थापित गर्न सकिन्छ: शिक्षामन्त्री
तीन तहका सरकारबीचको समन्वयले गुणस्तरीय शिक्षालाई स्थापित गर्न सकिन्छ: शिक्षामन्त्री
बैंकिङ कसुरमा गाउँपालिका अध्यक्ष पाँच दिनदेखि प्रहरी हिरासतमा
बैंकिङ कसुरमा गाउँपालिका अध्यक्ष पाँच दिनदेखि प्रहरी हिरासतमा
२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ७२१ जनालाई कारबाही
२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ७२१ जनालाई कारबाही
सचिवालय बैठकमा योगेशले मागे ओलीको राजीनामा
सचिवालय बैठकमा योगेशले मागे ओलीको राजीनामा
मुगुमा कांग्रेसका खड्ग शाही विजय
मुगुमा कांग्रेसका खड्ग शाही विजय
संविधानमाथि चुनौती दिन केही शक्ति सक्रियः महासचिव पोखरेल
संविधानमाथि चुनौती दिन केही शक्ति सक्रियः महासचिव पोखरेल
जडीबुटी स्थित फर्निचरमा आगलागीबाट १० लाखको क्षति
जडीबुटी स्थित फर्निचरमा आगलागीबाट १० लाखको क्षति