नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनमा ६५ प्रतिशतभन्दा बढी प्रतिनिधिको सहभागिता

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, पौष २८, २०८२
|
|
१८ पटक हेरिएको
Shares
नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनमा ६५ प्रतिशतभन्दा बढी प्रतिनिधिको सहभागिता

सारांश

  • नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन काठमाडौंको भृकुटीमण्डपमा आइतबारबाट औपचारिक रूपमा सुरु भएको छ ।
  • बदलिँदो राजनीतिक परिवेशमा पार्टीलाई सुदृढ बनाउने, जनभावनाअनुकूल नीति तय गर्ने र नयाँ ऊर्जासहित नेतृत्वमार्फत संगठन रूपान्तरण गर्ने उद्देश्यसहित विशेष महाधिवेशन आयोजना गरिएको हो ।
  • विशेष महाधिवेशनमा कुल ४ हजार ७४३ प्रतिनिधिमध्ये २ हजार ६६२ जना, अर्थात् ५६ प्रतिशतभन्दा बढी प्रतिनिधि सहभागी भएका छन् ।

२८ पुष, काठमाडौं ।

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन काठमाडौंको भृकुटीमण्डपमा आइतबारबाट औपचारिक रूपमा सुरु भएको छ । बदलिँदो राजनीतिक परिवेशमा पार्टीलाई सुदृढ बनाउने, जनभावनाअनुकूल नीति तय गर्ने र नयाँ ऊर्जासहित नेतृत्वमार्फत संगठन रूपान्तरण गर्ने उद्देश्यसहित विशेष महाधिवेशन आयोजना गरिएको हो । विशेष महाधिवेशनमा कुल ४ हजार ७४३ प्रतिनिधिमध्ये २ हजार ६६२ जना, अर्थात् ५६ प्रतिशतभन्दा बढी प्रतिनिधि सहभागी भएका छन् ।

उद्घाटनकै दिन यति ठूलो संख्यामा प्रतिनिधिको सहभागिता भएपछि विशेष महाधिवेशनले पार्टीभित्रको आन्तरिक बहसलाई तीव्र बनाएको छ । तीन महिनाअघि २ हजार ४८८ महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनको माग गर्दै पार्टी केन्द्रीय कार्यालय सानेपामा निवेदन दिएका थिए । पार्टी केन्द्रीय कार्यसमितिबाट औपचारिक निर्णय नआएपछि महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा विशेष महाधिवेशन आयोजना गरिएको हो । यसअघि केन्द्रीय कार्यसम्पादन समितिको पुस १८ गतेको बैठकले २०८३ वैशाख २८, २९, ३० र ३१ गते पार्टीको १५औँ महाधिवेशन गर्ने मिति तय गरेको थियो । तर विशेष महाधिवेशन आयोजक समितिले पार्टी विधानअनुसार विशेष महाधिवेशन आयोजना गरिएको स्पष्ट पारेको छ । विशेष महाधिवेशन सचिवालयका सदस्य युवराज पाण्डेयका अनुसार उद्घाटनको दिनमै २ हजार ६६२ प्रतिनिधिको हस्ताक्षर सङ्कलन भएको छ ।

उद्घाटन समारोहमा सभापति शेरबहादुर देउवा, कार्यवाहक सभापति पूर्णबहादुर खड्का तथा संस्थापन इतर समूहका नेता डा. शेखर कोइरालालाई आमन्त्रण गरिए पनि उनीहरू उपस्थित भएनन् । यद्यपि सभापति देउवानिकट नेताहरू गोपालमान श्रेष्ठ, सहमहामन्त्री फरमुल्लाह मन्सुर, केन्द्रीय सदस्य पुष्पा भुसालसहित निर्वाचनअघि नै महाधिवेशन हुनुपर्ने माग राख्दै आएका २५ जना केन्द्रीय सदस्य भने विशेष महाधिवेशनमा सहभागी भए । अधिकांश वक्ताले शीर्ष नेताहरू बन्दसत्रमा सहभागी हुने विश्वास व्यक्त गरेका छन् । प्रदेशगत रूपमा कोशीबाट ४२५, मधेशबाट ४४६, बागमतीबाट ४३२, गण्डकीबाट २९६, लुम्बिनीबाट ३९८, कर्णालीबाट १३४ र सुदूरपश्चिमबाट १५८ प्रतिनिधि सहभागी भएका छन् । त्यस्तै, काठमाडौं उपत्यकाबाट १७८ तथा भ्रातृ, शुभेच्छुक र जनसम्पर्क समितिबाट १९५ प्रतिनिधि विशेष महाधिवेशनमा सामेल भएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रहरीसँग माफी माग्दै दुर्गा प्रसाईंले भने- भागेको छैन
प्रहरीसँग माफी माग्दै दुर्गा प्रसाईंले भने- भागेको छैन
पर्सामा सवारी दुर्घटना न्यूनीकरण गर्न ट्राफिक जनचेतना सप्ताह
पर्सामा सवारी दुर्घटना न्यूनीकरण गर्न ट्राफिक जनचेतना सप्ताह
प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित
प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित
सहकारीबाट ठगिएकाले न्याय पाउँछन्, म त्यसमा द‍ृढ छु : प्रधानमन्त्री
सहकारीबाट ठगिएकाले न्याय पाउँछन्, म त्यसमा द‍ृढ छु : प्रधानमन्त्री
‘डिएसपी हुँ’ भन्दै ठगी गर्ने एक जना पक्राउ
‘डिएसपी हुँ’ भन्दै ठगी गर्ने एक जना पक्राउ
रविको पक्राउविरुद्ध रास्वापाले गरायो मानवअधिकार आयोगको ध्यानाकर्षण
रविको पक्राउविरुद्ध रास्वापाले गरायो मानवअधिकार आयोगको ध्यानाकर्षण
महिला च्याम्पियनसिप आजदेखि, नेपाल र किर्गिस्तान भिड्दै
महिला च्याम्पियनसिप आजदेखि, नेपाल र किर्गिस्तान भिड्दै
नेकपाले आगामी मङ्सिर ११ देखि १५ गतेसम्म काठमाडौँमा महाधिवेशन गर्ने
नेकपाले आगामी मङ्सिर ११ देखि १५ गतेसम्म काठमाडौँमा महाधिवेशन गर्ने
आज गणेशमान सिंहको ११०औँ जन्मजयन्ती मनाइँदै
आज गणेशमान सिंहको ११०औँ जन्मजयन्ती मनाइँदै
मुख्यमन्त्रीकप राष्ट्रिय भलिबलः पहिलो सेमिफाइलमा गण्डकी विजयी
मुख्यमन्त्रीकप राष्ट्रिय भलिबलः पहिलो सेमिफाइलमा गण्डकी विजयी