बाढीको जोखिम बढेपछि बीपी राजमार्ग बन्द, यात्रुलाई सास्ती

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, बैशाख ३१, २०८३
|
|
२०३ पटक हेरिएको
Shares
बाढीको जोखिम बढेपछि बीपी राजमार्ग बन्द, यात्रुलाई सास्ती

सारांश

  • बाढीको जोखिम बढेपछि बीपी राजमार्गको काभ्रे खण्डमा सवारी साधन सञ्चालन पुन: बन्द गरिएको छ।
  •  सम्भावित बाढीको कारण काभ्रे–सिन्धुली सडक खण्डमा आज बिहानबाट सवारी आवागमन बन्द गरिएको प्रहरीले जनाएको छ।
  • प्रहरी प्रधान कार्यालयले आज सूचना जारी गर्दै काभ्रेपलाञ्चोकको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी हुँदै सिन्धुली चल्ने बीपी राजमार्गमा वर्षासँगै बाढीको जोखिम बढेको छ।

३१ वैशाख, काठमाडौं ।

बाढीको जोखिम बढेपछि बीपी राजमार्गको काभ्रे खण्डमा सवारी साधन सञ्चालन पुन: बन्द गरिएको छ। सम्भावित बाढीको कारण काभ्रे–सिन्धुली सडक खण्डमा आज बिहानबाट सवारी आवागमन बन्द गरिएको प्रहरीले जनाएको छ।प्रहरी प्रधान कार्यालयले आज सूचना जारी गर्दै काभ्रेपलाञ्चोकको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी हुँदै सिन्धुली चल्ने बीपी राजमार्गमा वर्षासँगै बाढीको जोखिम बढेको छ। सम्भावित बाढीको जोखिमलाई मध्यनजर गर्दै सवारी सञ्चालनमा रोक लगाइएको प्रहरीले जनाएको छ। सडक बन्द हुँदा सवारी साधनसहित यात्रु बिच बाटोमै अलपत्र परेका छन्। यो सडक पटकपटक अवरुद्ध हुँदै आएको छ।

प्रहरीले वैशाख २१ गते देखि नै साँझ ५ बजेदेखि बिहान ५ बजेसम्मका लागि बीपी राजमार्गमा सवारी सञ्चालन बन्द गरेको थियो। अर्को आदेश नभएसम्मका लागि  यो सडकमा रातको सयममा गाडी चल्ने छैनन्। वर्षासँगै बाढीको जोखिम बढेपछि आज बिहानदेखि यो सडकमा गाडी सञ्चालन पुन: बन्द गरिएको हो।  अहिले बीपी राजमार्गको खुर्कोट-नेपालथोक-कटुन्जेबेँसी भएर चल्ने सम्पूर्ण सवारी साधनलाई सो सडकमा यात्रा नगर्न प्रहरीले आग्रह गरेको छ।  त्यसैगरी पहिरो खसेपछि खोटाङमा पनि मध्यपहाडी राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको छ। यसैगरी, हुम्लाको नाम्खा गाउँपालिका–२ च्यादुक क्षेत्रमा सडक विस्तारको काम भइरहेकाले हिल्सा–सिमकोट सडक खण्डमा पनि आवागमन बन्द गरिएको प्रहरीले जनाएको छ। च्यादुक होटलदेखि च्याछरासम्म सडक खन्ने क्रममा माथिबाट ढुङ्गा र माटो खस्ने जोखिम बढेकाले वैशाख २९ गतेदेखि जेठ २ गतेसम्म उक्त सडकखण्डमा यातायात सञ्चालन पूर्णरुपमा रोक लगाइएको हो।  त्यसैगरी बाढीको जोखिम बढेपछि भोजपुरमा मध्यपहाडी लोकमार्ग र पहिरोको जोखिम बढेपछि संखुवासभामा कोसी राजमार्गमा अहिले एकतर्फी मात्रै गाडी चलेका छन्।  प्रहरीले सडकको अवस्था बुझेर मात्रै यात्रा गर्न र वैकल्पिक सडकहरुको प्रयोग गर्न आग्रह गरेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जेनजीको नाममा ‘नेपालविरुद्धको भयावह षड्यन्त्र’ भयो : ओली
जेनजीको नाममा ‘नेपालविरुद्धको भयावह षड्यन्त्र’ भयो : ओली
दशैंमा घर जाने रहर कसलाई हुँदैन र, दशैंभन्दा जिम्मेवारी ठूलो: ट्राफिक प्रहरी
दशैंमा घर जाने रहर कसलाई हुँदैन र, दशैंभन्दा जिम्मेवारी ठूलो: ट्राफिक प्रहरी
भन्सार छलेर ल्याइएको सामानसहित ट्रक र चालक पक्राउ
भन्सार छलेर ल्याइएको सामानसहित ट्रक र चालक पक्राउ
राष्ट्रियसभा निर्वाचनका लागि ७ निर्वाचन अधिकृतको नियुक्ति
राष्ट्रियसभा निर्वाचनका लागि ७ निर्वाचन अधिकृतको नियुक्ति
खानेपानीमन्त्री यादवले घोषणा गरे राजीनामा
खानेपानीमन्त्री यादवले घोषणा गरे राजीनामा
भारतको चेन्नईमा दुई रेल ठोकिँदा ठूलो दुर्घटना
भारतको चेन्नईमा दुई रेल ठोकिँदा ठूलो दुर्घटना
सहकारीका समस्याबारे राष्ट्रपतिको चासो, मन्त्री र सचिवलाई दिए निर्देशन
सहकारीका समस्याबारे राष्ट्रपतिको चासो, मन्त्री र सचिवलाई दिए निर्देशन
गृहमन्त्री अर्यालसँग र मधेसका गृहमन्त्री महतोको भेटवार्ता
गृहमन्त्री अर्यालसँग र मधेसका गृहमन्त्री महतोको भेटवार्ता
म्याग्दीको मल्कवाङमा पहिलो पटक पुग्यो बस
म्याग्दीको मल्कवाङमा पहिलो पटक पुग्यो बस
बालेनलाई हर्कको प्रतिउत्तर : लुकेर गेम खेल्दै स्टाटस लेख्नु सजिलो छ !
बालेनलाई हर्कको प्रतिउत्तर : लुकेर गेम खेल्दै स्टाटस लेख्नु सजिलो छ !