सरकारले खुलेआम भ्रष्टाचार गर्नेको संरक्षण गरेको छ : प्रचण्ड

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, मंसिर ६, २०८३
|
|
३३ पटक हेरिएको
Shares
सरकारले खुलेआम भ्रष्टाचार गर्नेको संरक्षण गरेको छ : प्रचण्ड

सारांश

  • नेपाल कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले भ्रष्टाचारमा संलग्नलाई संरक्षण गरेको र त्यसविरुद्ध आवाज उठाउनेलाई कारबाही गरेको आरोप लगाएका छन्।
  • शनिबार एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले राज्यको यस्तो कार्यशैलीले गलत प्रवृत्तिलाई प्रश्रय दिएको बताए।
  • ‘खुलेआम भ्रष्टाचार गर्नेलाई राज्यले पक्षपोषण गर्ने, संरक्षण गर्ने, विरुद्ध लड्नेलाई अनेक बहाना गरेर थुनछेक गर्ने बडो विचित्रको प्रचलन देखा पर्दैछ,’ उनले भने।

काठमाडौं, ५ मंसिर।

नेपाल कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले भ्रष्टाचारमा संलग्नलाई संरक्षण गरेको र त्यसविरुद्ध आवाज उठाउनेलाई कारबाही गरेको आरोप लगाएका छन्।

शनिबार एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले राज्यको यस्तो कार्यशैलीले गलत प्रवृत्तिलाई प्रश्रय दिएको बताए।

‘खुलेआम भ्रष्टाचार गर्नेलाई राज्यले पक्षपोषण गर्ने, संरक्षण गर्ने, विरुद्ध लड्नेलाई अनेक बहाना गरेर थुनछेक गर्ने बडो विचित्रको प्रचलन देखा पर्दैछ,’ उनले भने।

सरकारको यस्तो रवैयाविरुद्ध नयाँ संकल्पका साथ अघि बढ्ने उनले बताए।

उनले जनतालाई वर्तमान परिस्थितिबारे बुझाउन नसके मुलुकमा फेरि अर्को दुर्घटना हुन सक्ने चेतावनीसमेत दिए। सरकारले संविधान मिच्न खोजे त्यसले देशलाई पुनः संकटतर्फ धकेल्ने उनको भनाइ थियो।

‘दुर्घटना टरेको छैन। जनतालाई बुझाउन सकेनौं भने फेरि अप्ठ्यारो आउँछ,’ उनले भने, ‘संविधान मिचियो भने देश फेरि दुर्घटनामा जान्छ।’

अर्को प्रसंगमा प्रचण्डले विश्व पुनः मार्क्सवादतर्फ आकर्षित भइरहेको दाबी गरे। युरोपमा देखिएका घटनाक्रमले त्यसको संकेत गरेको उनको भनाइ थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?