गोरखा पुगेर प्रचण्डले भने- चुनावमा गरेको वाचा बिर्सेका छैनौँ

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, बैशाख १२, २०८२
|
|
१९ पटक हेरिएको
Shares
गोरखा पुगेर प्रचण्डले भने- चुनावमा गरेको वाचा बिर्सेका छैनौँ

सारांश

  • कार्यपालिका सदस्य तथा गाउँपालिका अध्यक्ष विष्णु भट्टले बाटो, खानेपानी र अन्य भौतिक पूर्वाधार निर्माणमा बजेट अभावका समस्या उठाउँदै गर्दा अध्यक्ष प्रचण्डले सो जवाफ दिएका हुन् ।
  • ‘चुनावमा मैले तपाईँहरूसँग गरेका वाचा कहिल्यै भुलेको छैन।
  • सरकारले हुँदा ती वाचा पूरा गर्न इमानदार प्रयास गरियो।

१२ वैशाख, गोरखा

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज गोरखा–बारपाक सुलिकोट गाउँपालिकाको कार्यपालिका बैठकलाई सम्बोधन गर्दै चुनावमा गरेका वाचा नबिर्सेको बताएका छन्। कार्यपालिका सदस्य तथा गाउँपालिका अध्यक्ष विष्णु भट्टले बाटो, खानेपानी र अन्य भौतिक पूर्वाधार निर्माणमा बजेट अभावका समस्या उठाउँदै गर्दा अध्यक्ष प्रचण्डले सो जवाफ दिएका हुन् ।

‘चुनावमा मैले तपाईँहरूसँग गरेका वाचा कहिल्यै भुलेको छैन। सरकारले हुँदा ती वाचा पूरा गर्न इमानदार प्रयास गरियो। जे सकियो, गर्‍यौँ, त्यसको मूल्याङ्कन तपाईँहरूले नै गर्नुहुन्छ। अहिलेसम्म उठाइएका प्रश्नहरू म प्रमुख प्रतिपक्षी दलको नेताका रूपमा संसद्मा समेत उठाउँदै आएको छु,’ उनले भने । मुख्यमन्त्री पाण्डेले अध्यक्ष प्रचण्डसँग सहकार्य गर्दै प्रदेश सरकारका योजनाहरू सबै स्थानीय तहसम्म पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेका छन् । बैठकमा स्थानीय जनप्रतिनिधिहरूले ढुंगा, गिटी र बालुवा निकासी भए पनि त्यसको राजस्व सङ्कलन नहुँदा जनप्रतिष्ठानमा दरार आएको गुनासो पोखेका थिए ।

‘राजस्व सङ्कलन र पारदर्शितालाई सुशासनको आधार मानेर अघि बढ्नुपर्छ। कानुन निर्माण र कार्यान्वयनमा प्रदेश सरकारको सक्रिय सहयोग अनिवार्य छ,’ उनले भने । अध्यक्ष प्रचण्डले अन्त्यमा सुशासन र पारदर्शितालाई विकासको मापदण्ड बनाएर सबै राजनीतिक दल र जनप्रतिनिधि एकजुट भएर अघि बढ्न आह्वान गरेका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मलेसियाविरुद्ध नेपालले पायो १ सय ५ रनको लक्ष्य
मलेसियाविरुद्ध नेपालले पायो १ सय ५ रनको लक्ष्य
महानगरपालिकाभित्र फोहर, प्लाष्टिक तथा प्लाष्टिकजन्य बस्तु बाल्न प्रतिवन्ध
महानगरपालिकाभित्र फोहर, प्लाष्टिक तथा प्लाष्टिकजन्य बस्तु बाल्न प्रतिवन्ध
बुधबार ६.३८ अंकले बढ्यो नेप्से, ६ अर्ब ४० करोडको कारोबार
बुधबार ६.३८ अंकले बढ्यो नेप्से, ६ अर्ब ४० करोडको कारोबार
सर्वोच्चले गगन थापालाई भन्यो- ‘विचाराधीन मुद्दामा असर पर्नेगरी अभिव्यक्ति नदिनू’
सर्वोच्चले गगन थापालाई भन्यो- ‘विचाराधीन मुद्दामा असर पर्नेगरी अभिव्यक्ति नदिनू’
जेनजी आन्दोलनमा गोली आदेशको सत्यता अनुसन्धानबाटै आउनुपर्छ: महान्यायाधिवक्ता
जेनजी आन्दोलनमा गोली आदेशको सत्यता अनुसन्धानबाटै आउनुपर्छ: महान्यायाधिवक्ता
दुई मन्दिर तोडफोड गरेको आरोपमा बैठा पक्राउ
दुई मन्दिर तोडफोड गरेको आरोपमा बैठा पक्राउ
दोलखामा महिलामाथि खुकुरी हान्ने प्रयास, यस्तो छ कारण
दोलखामा महिलामाथि खुकुरी हान्ने प्रयास, यस्तो छ कारण
तीन किलो चरेससिहत भारतीय नागरिक पक्राउ
तीन किलो चरेससिहत भारतीय नागरिक पक्राउ
मकवानपुरमा पार्किङबाट हराएको ट्रक जंगलमा फेला
मकवानपुरमा पार्किङबाट हराएको ट्रक जंगलमा फेला
चाडबाड लक्षित यातायात व्यवस्थापनमा मन्त्री घिसिङको ७ बुँदे निर्णय: सुरुङमार्ग, सुरक्षा, सडक सुधारदेखि कन्ट्रोल रुमसम्म
चाडबाड लक्षित यातायात व्यवस्थापनमा मन्त्री घिसिङको ७ बुँदे निर्णय: सुरुङमार्ग, सुरक्षा, सडक सुधारदेखि कन्ट्रोल रुमसम्म