गोरखापत्र एकेडमीले अर्थतन्त्र गतिशील बनाउन योगदान पुर्याउने

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, पौष ३, २०८२
|
|
४१ पटक हेरिएको
Shares
गोरखापत्र एकेडमीले अर्थतन्त्र गतिशील बनाउन योगदान पुर्याउने

सारांश

  • उपराष्ट्रपति रामसहाय प्रसाद यादवले गोरखापत्र संस्थानले सञ्चालन गर्न लागेको गोरखापत्र एकेडमीले देशको अर्थतन्त्र गतिशील बनाउन योगदान पुर्याउने बताएका छन् ।
  • विहीबार गोरखापत्र संस्थानले आयोजना गरेको ‘गोरखापत्र डिस्कोर्स’ कार्यक्रममा बोल्दै उनले सरकारका उच्च अधिकारी, नीति निर्माता, उद्योगी व्यवसायी, विज्ञ, विश्लेषक तथा सञ्चारकर्मीहरुको सहभागिता सराहनीय भएको बताए ।
  • विमर्शले अर्थतन्त्रको वर्तमान अवस्था, चुनौती र सम्भावनासहित सरकारको प्रयास र निजी क्षेत्रको अपेक्षाको गहन विश्लेषण गर्दै ठोस निष्कर्षमा पुग्ने विश्वास लिएको व्यक्त गरे ।

३ पुस,  काठमाडौं ।

उपराष्ट्रपति रामसहाय प्रसाद यादवले गोरखापत्र संस्थानले सञ्चालन गर्न लागेको गोरखापत्र एकेडमीले देशको अर्थतन्त्र गतिशील बनाउन योगदान पुर्याउने बताएका छन् । विहीबार गोरखापत्र संस्थानले आयोजना गरेको ‘गोरखापत्र डिस्कोर्स’ कार्यक्रममा बोल्दै उनले सरकारका उच्च अधिकारी, नीति निर्माता, उद्योगी व्यवसायी, विज्ञ, विश्लेषक तथा सञ्चारकर्मीहरुको सहभागिता सराहनीय भएको बताए ।

विमर्शले अर्थतन्त्रको वर्तमान अवस्था, चुनौती र सम्भावनासहित सरकारको प्रयास र निजी क्षेत्रको अपेक्षाको गहन विश्लेषण गर्दै ठोस निष्कर्षमा पुग्ने विश्वास लिएको व्यक्त गरे । ‘गोरखापत्र संस्थानले गोरखापत्र एकेडमी सञ्चालनमा ल्याउँदै देशको अर्थतन्त्र गतिशिल बनाउने दिशामा योगदान पुर्याउने उद्देश्यका साथ आयोजना गरेको यो महत्वपूर्ण आर्थिक बहस गोरखापत्र डिस्कोर्समा सरकारको उच्च अधिकारी, नीति निर्माता, उद्योगी व्यवसायी, विज्ञ, विश्लेषण तथा मूलधारका सञ्चारकर्मीहरुको सहभागिता हुनु प्रशंसनीय छ,’ उनले भने ।

उनले थप अगाडि भने, ‘यो विमर्श बहसले समग्र अर्थतन्त्रको अवस्था, चुनौती र सम्भावनासहित सरकारको प्रयास तथा निजी क्षेत्रको अपेक्षाको गहन विश्लेषण गर्दै ठोस निश्कर्षमा पुग्ने विश्वास लिएको छु ।’ उपराष्ट्रपति यादवले हालैको जेनजी युवा आन्दोलनपछि नेपालको अर्थतन्त्र र नीतिगत सुधारका विविध आयाममा सहकार्यको वातावरण निर्माण हुने अपेक्षासमेत व्यक्त गरे । ‘विशेष त हालैको जेनजी युवा पुस्ताको आन्दोलनपछि नेपालको अर्थतन्त्र र नीतिगत सुधारका विविध आयाममा महत्वपूर्ण निचोडका साथ सहकार्यको वातावरण निर्माण हुने अपेक्षा गरेको छु,’ उनले भने ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मकवानपुरमा स्कुटर दुर्घटना हुँदा एक महिलाको मृत्यु
मकवानपुरमा स्कुटर दुर्घटना हुँदा एक महिलाको मृत्यु
मधेसको मुख्यमन्त्रीमा जनमतका सतिश सिंहको दाबी पेस 
मधेसको मुख्यमन्त्रीमा जनमतका सतिश सिंहको दाबी पेस 
गाजास्थित एक विद्यालय परिसरमा भएको इजरायली आक्रमणमा १८ जनाको मृत्यु
गाजास्थित एक विद्यालय परिसरमा भएको इजरायली आक्रमणमा १८ जनाको मृत्यु
सुर्खेतमा जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ४ पुग्यो
सुर्खेतमा जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ४ पुग्यो
मन्त्रिपरिषदको निर्णय : भूकम्पमा घाइते भएकाको सबै उपचार निःशुल्क
मन्त्रिपरिषदको निर्णय : भूकम्पमा घाइते भएकाको सबै उपचार निःशुल्क
सर्लाहीमा जसपा नेपालका उम्मेदवारमाथि दुर्व्यवहार
सर्लाहीमा जसपा नेपालका उम्मेदवारमाथि दुर्व्यवहार
मोरङमा अति भारी वर्षा, पछिल्लो २४ घण्टामा कहाँ कति पर्‍यो पानी?
मोरङमा अति भारी वर्षा, पछिल्लो २४ घण्टामा कहाँ कति पर्‍यो पानी?
बाढीले क्षति पुर्याएको बीपी राजमार्ग पुनर्निर्माण तीव्र, जाइका मार्फत २ अर्ब ६० करोडमा ३.२ किमि सडक निर्माण हुने
बाढीले क्षति पुर्याएको बीपी राजमार्ग पुनर्निर्माण तीव्र, जाइका मार्फत २ अर्ब ६० करोडमा ३.२ किमि सडक निर्माण हुने
विश्व पौडेललाई गभर्नर बनाउने सहमति
विश्व पौडेललाई गभर्नर बनाउने सहमति
काठमाडौं उपत्यकामा वायु गुणस्तर सुधार योजना ल्याउने
काठमाडौं उपत्यकामा वायु गुणस्तर सुधार योजना ल्याउने