राजावादी–गणतन्त्रवादी प्रदर्शन : काठमाडौंमा कति मान्छे उत्रिँदैछन् ? कस्तो छ सुरक्षा प्रबन्ध ?

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, चैत्र १५, २०८१
|
|
२७ पटक हेरिएको
Shares
राजावादी–गणतन्त्रवादी प्रदर्शन : काठमाडौंमा कति मान्छे उत्रिँदैछन् ? कस्तो छ सुरक्षा प्रबन्ध ?

सारांश

  • काठमाडौं उपत्यकामा आज गणतन्त्रवादी र राजावादीहरुले अलग अलग प्रदर्शन गर्दै छन् ।
  • गणतन्त्रवादीहरुले प्रदर्शनीमार्गमा र राजावादीहरुले तिनकुनेमा प्रदर्शन गर्दै छन् ।
  • गणतन्त्रवादीको नेतृत्व समाजवादी मोर्चा (माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी र विप्लव नेतृत्वको नेकपा)ले गरेका छन् ।

१५ चैत, काठमाडौं ।

काठमाडौं उपत्यकामा आज गणतन्त्रवादी र राजावादीहरुले अलग अलग प्रदर्शन गर्दै छन् । गणतन्त्रवादीहरुले प्रदर्शनीमार्गमा र राजावादीहरुले तिनकुनेमा प्रदर्शन गर्दै छन् । गणतन्त्रवादीको नेतृत्व समाजवादी मोर्चा (माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी र विप्लव नेतृत्वको नेकपा)ले गरेका छन् ।

राजावादीहरुको नेतृत्व पूर्वपञ्च ८६ वर्षीय नवराज सुवेदीले गरेका छन् । तर आजको प्रदर्शनको ‘कमाण्डर’ भने मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तोकिएको छ । समाजवादी मोर्चाले भ्रष्टाचार र बेथितिविरुद्ध सरकारलाई खबरदारी गर्न प्रदर्शन गर्न लागेको जनाएको छ । यसैगरी राजावादीहरुले संवैधानिक राजसंस्था पुनर्स्थापनाका लागि प्रदर्शन गर्न लागिएको जनाएका छन् । आजको एसईई परीक्षा ११ बजे सकिएपछि १२ बजेदेखि प्रदर्शन सुरु गर्ने तयारी छ ।

दुवै पक्षको प्रदर्शन एकै समयमा प्रदर्शन हुन थालेपछि काठमाडौं उपत्यकाभर सुरक्षा सतर्कता बढाइएको छ । सुरक्षा सतर्कता अपनाउने क्रममा राजावादीहरुको समूहलाई चक्रपथ भन्दा भित्र प्रवेश गर्न नदिने र गणतन्त्रवादीहरुलाई काठमाडौं चक्रपथभित्र सीमित गर्ने गरी रणनीति तयार पारिएको छ । गणतन्त्रवादी र राजावादीलाई सकेसम्म आमने–सामने हुनै नदिने रणनीति अनुसार प्रदर्शन र सभा गर्नका लागि अलग–अलग ठाउँ तोकिएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीका अनुसार गणतन्त्रवादीहरुको नेतृत्व गरेको समाजवादी मोर्चालाई प्रदर्शनीमार्गमा र राजावादीहरुलाई तीनकुनेमा सभा गर्ने ठाउँ तोकिएको छ ।

कति मानिस उतार्दैछन् ? आजको जुलुस र सभालाई दुवै पक्षले शक्ति प्रदर्शनको रुपमा लिएका छन् । त्यसैले सकेसम्म धेरै मानिस काठमाडौंमा उतार्ने उनीहरुको तयारी छ । उनीहरुले विभिन्न जिल्लाबाट बसमार्फत् आ–आफ्ना समर्थकहरु ओसारेका छन् । केही काठमाडौं आइसकेका छन् भने केही आउनेक्रममा छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विद्युत् प्राधिकरणको ठेक्का काण्डमा सांसद डम्बर तामाङसहित ६ जनाविरुद्ध पक्राउ पुर्जी
विद्युत् प्राधिकरणको ठेक्का काण्डमा सांसद डम्बर तामाङसहित ६ जनाविरुद्ध पक्राउ पुर्जी
भारतीय राष्ट्रवादी कांग्रेस नेता बाबा सिद्दिकीको हत्या
भारतीय राष्ट्रवादी कांग्रेस नेता बाबा सिद्दिकीको हत्या
१२ मुलुकमा चौधरीका होटल,२ करोड डलरको हिसाब बाहिरै
१२ मुलुकमा चौधरीका होटल,२ करोड डलरको हिसाब बाहिरै
नवनियुक्त गभर्नर पौडेलले लिए शपथ
नवनियुक्त गभर्नर पौडेलले लिए शपथ
रुबीकुमारी ठाकुरलाई ‘बहिनी’ भनेर गरिएको सम्बोधन रेकर्डबाट हटाउन हर्क साम्पाङको माग
रुबीकुमारी ठाकुरलाई ‘बहिनी’ भनेर गरिएको सम्बोधन रेकर्डबाट हटाउन हर्क साम्पाङको माग
सार्वजनिक खर्चको प्रभावकारिता र सेवा प्रवाह सुधार आजको प्रमुख चुनौती : मन्त्री सिन्हा
सार्वजनिक खर्चको प्रभावकारिता र सेवा प्रवाह सुधार आजको प्रमुख चुनौती : मन्त्री सिन्हा
आईपीएलमा हैदराबादको तेस्रो जित, चेन्नईको चौथो हार
आईपीएलमा हैदराबादको तेस्रो जित, चेन्नईको चौथो हार
काठमाडौँको तरकेश्वोरमा दुई गाडी ठोक्किँदा तीन जनाको मृत्यु
काठमाडौँको तरकेश्वोरमा दुई गाडी ठोक्किँदा तीन जनाको मृत्यु
यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य
यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य
सुख्खायामसँगै आगलागीका घटना बढ्दै, एक महिनामै ८ जनाको मृ*त्यु, ५५ घाइते
सुख्खायामसँगै आगलागीका घटना बढ्दै, एक महिनामै ८ जनाको मृ*त्यु, ५५ घाइते