पार्टी एकताबारे प्रचण्ड : बाबुरामको दिमागै छैन, के एकता गर्नु

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, जेठ ८, २०८२
|
|
३० पटक हेरिएको
Shares
पार्टी एकताबारे प्रचण्ड : बाबुरामको दिमागै छैन, के एकता गर्नु

सारांश

  • तपाईहरू सबैले चिन्ताको साथ उठाउनुभएको छ, माओवादी वा क्रान्तिकारी कम्युनिष्टहरू एक हुनुपर्‍यो, बलियो हुनुपर्‍यो र आउँदो चुनावमा ०६४ जस्तै एक नम्बर पार्टी हुनुपर्‍यो ।
  • हाम्रा समस्या समाधान हुनुपर्‍यो ।
  • हामी समाजवाद र साम्यवादको निम्ति भनेर अगाडि बढेको हो।

८ जेठ, काठमाडौं ।

तपाईहरू सबैले चिन्ताको साथ उठाउनुभएको छ, माओवादी वा क्रान्तिकारी कम्युनिष्टहरू एक हुनुपर्‍यो, बलियो हुनुपर्‍यो र आउँदो चुनावमा ०६४ जस्तै एक नम्बर पार्टी हुनुपर्‍यो । हाम्रा समस्या समाधान हुनुपर्‍यो । हामी समाजवाद र साम्यवादको निम्ति भनेर अगाडि बढेको हो। त्यो यात्रा निरन्तर अगाडि बढ्न पर्‍यो । तपाईंहरुले यो कुरा सबैजसोले उठाउनु भयो। के भएको छ भनेर चिन्ताको साथ उठाउनुभयो ।म भन्न चाहन्छु- मूल पार्टीले पार्टी एकताको निम्ति लगातार प्रयास गर्दै आएको छ ।

तपाईंहरूले नै भन्नुभयो यहाँ अघि- म पनि कता कता गएको थिएँ, फेरी फर्केर आएँ । पार्टी एकतै भएको हो। अहिले तपाईंले नै भन्नुभयो, महासचिव देव गुरुङ, उपाध्यक्ष पम्पा भुसाल एकता प्रक्रियाबाटै भएको हो। हिजो त हामी अलग-अलग थियौं नि त । अहिले हामी एक ढिका भयौं। हाम्रो वरिष्ठ उपाध्यक्ष (नारायणकाजी श्रेष्ठ) पनि एकता प्रक्रियाबाटै आउनु भएको । उहाँ लगायत थुप्रै साथीहरू पनि । त्यसकारण एकता हुँदै नभएको चाहिँ होइन । प्रचण्डको चाहिँ सानो भयो, अरु ठूला भए भन्ने कुरा बिल्कुलै होइन। बरु प्रचण्ड वरिपरि नै क्रान्तिकारी कम्युनिस्टहरू एकताबद्ध हुँदै गएका छन्। अरुबाट पनि एकता भइरहेका छन् । यहाँ त दिनदिनै एकता भइरहेको छ । विप्लवका शिक्षकहरू त करिब करिब सबै आइसक्नुभयो। अरु पनि साथीहरू आइराख्नु भएको छ, दिनदिनै आउनुभएको छ। विप्लवसँग पनि कुरा भैराखेको छ हामी मिल्न पर्छ भनेर। अनि बाबुरामसँग भएका चाहिँ शिक्षक त शतप्रतिशत एकतामा आए । अहिले बाबुरामसँग भएकामध्ये आधाभन्दा बढी (नेपाल समाजवादी पार्टी) अब सायद १२ गते एकता हुन्छ । यहाँबाट हामी १० गते काठमाडौँ पुग्छौं । १२ गते एकता हुँदैछ।

अर्को एउटा पार्टी छ काठमाडौँको नेवारहरुको बिचमा राम्रै छबि भएको पार्टी- नेपाल राष्ट्रिय पार्टी । हामीसँगै विचार र एजेन्डा मिल्छ, त्यो पार्टीसँग नि एकता हुँदैछ । एकताको बल गरिराखिएको छ र एकता भैराखेको छ भनेर बुझ्नुपर्‍यो । यो अभियानमा यति धेरै एकता भयो, तपाईहरूले बुझ्नुपर्‍यो । यो अभियानमा धेरै एकता भइसक्यो । विभिन्न पार्टी परित्याग गरेर हुलाकी मार्गको अभियानमा हाम्रो पार्टीमा हजारौं एकताबद्ध भए । त्यो पनि एकतै हो । एकता आखिरमा फेरी विचार, स्पिरिट, दृष्टिकोण मिल्यो भने मात्रै त्यो एकता दिगो हुन्छ । नत्र भने त्यो एकता झन् भाँडभैलो गर्ने एकता पनि हुन सक्छ। हामीले एकचोटी त गरियो नि एमालेसँग एकता । खोइ त त्यो एकता त हामीले चाहिँ टुङगोमा पुर्‍याउन त सकिएन । बाबुरामसँग हामीले एकता गर्ने भनेकै हो नि ! गोर्खामा चुनाव लड्दा हाम्रो नारायणकाजी कमरेड, म, बाबुरामले लहै अब चाहिँ यो चुनाव मात्रै होइन अब पार्टी पनि एउटै बनाउने भनिएको थियो। तर उहाँले पछि कम्युनिस्टको नाम सुन्न चाहनुहुन्न । कम्युनिस्ट पार्टी नाम राख्ने हो भने म त एकता गर्दिनँ भनेपछि अब हामी के मर्ने बाबुरामको लागि ? कम्युनिस्ट पार्टी नभन्ने, मार्क्सवाद नभन्ने रे । अनि त्यस्तोसँग के गरी एकता गर्ने ?

अब उहाँ त खिइँदै खिइँदै खिइँदै अब त पूरै प्रतिक्रियावादीसँग गएर मिल्नु भएको छ। प्रतिक्रियावादीले नै पत्याउँदैन आजकल । हाँसोको पात्र भएका छन् बाबुराम के देशभरि कस्तो बुद्धि नभएको डाक्टर … (लामो हाँसो) । सबभन्दा बुद्धि नभएको डाक्टर भनेर चिन्छन् मान्छेले ।त्यस्तासँग के गरी एकता गर्ने  एकता गर्ने जति त गर्ने भइयो नि । गंगानारायण श्रेष्ठ लगायतका थुप्रै त्यहाँ उहासँग भ्रममा परेर गएका सबै फर्किंदै हुनुहुन्छ पर्सि । यो एकता होइन त ? अब बाबुरामलाई के गरी ल्याउने अब ? उनको दिमाग चाहिँ ठाउँमा हुन पर्‍यो र पो ल्याउन सकिन्छ। सबै एकता भनेर निरपेक्ष एकता भन्ने हुँदैन । त्यो सापेक्ष हुन्छ । त्यो विचार, दृष्टिकोण, प्रवृत्ति मिल्न पर्छ। फेरी एकता गरेछि ठूलो भैहाल्ने एकता नगरेपछि सानो भैहाल्ने भन्ने पनि होइन त्यो फर्मुला । कहिलेकाहिँ सही विचार र लाइन भयो भने सानो पार्टी पनि ठूलो भैहाल्छ तुरुन्तै । हामी जनयुद्ध सुरु गर्दा कहाँ चाहिँ ठूलो थियौं र हामी ? विशाल पार्टी त होइन नि हामी थोरैऽऽऽ हो । तर हाम्रो विचार, स्पिरिट, त्याग, तपस्याले गर्दा यो ठूलो भयो।

पछि विभाजन भएपछि कमजोर त भएकै हो । फेरि अब बलियो हुन थालेको छ । तपाईंहरू झन् यो पूर्वी रुकुमकाले त यो कुरा सबभन्दा बढी बुझ्न पर्ने हो । यहाँ हामीले अहिले आफ्नै खुट्टामा उभिएर चुनाव लड्ने भनियो। तपाईंहरूले त यहाँ उपचुनावमा जित्नु भयो । कांग्रेस र एमाले मिल्दा खेरि पनि चुनाव जित्नुभयो । कयौं ठाउँमा कांग्रेस, एमाले, विप्लव, बाबुराम सबै एकातिर हुन्छन्, हामीलाई मात्र एक्लो पार्छन् । गोर्खामा ठ्याक्कै त्यही भयो । गोर्खाको उपचुनावमा जहाँ म अहिले चुनाव लडेर जितेको ठाउँ हो, त्यहाँ एउटा वडामा भएभरका पार्टी एकातिर माओवादीलाई एक्लो पारेर हराई छाड्ने भनेर सबैभन्दा बढी बाबुराम … । तपाई त्यसलाई माओवादी भन्नुहुन्छ ? पूर्व माओवादी ? पूर्व माओवादी त्यस्ता । उनले त गएर अझ जनतालाई बेसरी प्रभाव पार्छु भनेर धान झाँटे के । खलामा गएर बेसरी धान झाँटे । (हाँस्दै) देखाउनलाई तिनले गरे । नाटक गर्न सक्ने जति गरे । कांग्रेस-एमालेलाई उत्तेजित पारेर जसरी नि माओवादीलाई हराउनु पर्छ है भन्ने भए । तर फेरी लास्टमा माओवादीले जित्यो । माओवादी बलियो नभएको भए सारा मिल्दा खेरि चाहिँ पूर्व माओवादीदेखि भरका कांग्रेस एमाले मिल्दा पनि जित्ने भ त अहिले त हामी बलियो हुन थालिए छ नि त ! यो बुझ्नु पर्‍यो । के हामीले एकता नगरेको भए बलियो भइन्थ्यो त ? हामीले एकता पनि गर्नुपर्नेसँग गरेका छौं, नगर्नु पर्नेसँग गरेका छैनौं । यही कुरा हो । तर भाँडभैलो पार्ने भयो भने त त्यस्तासँग त सकिंदैन नि ! अब यहीँभित्रै बसेर भाँडबैलो …., अहिले दुश्मनले माओवादीको बढ्दै जान थालेको देखेपछि यहाँभित्र कसरी भाँड्ने होला, के गरी भ्रम पार्ने होला भनेर लगानी गर्ने पनि छन् फेरि । विभिन्न किसिमले आर्थिक लगानी गरेर, दलालहरू, प्रतिक्रियावादीहरू फेरि फुटाउन सकिन्छ कि भनेर बल भइराख्या हुन्छ, भइराख्या हुन्छ। त्यसमा तपाई हामी सबै सतर्क हुनुपर्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एसीसी राइजिङ स्टार्स महिला एसिया कपमा सहभागी हुने नेपाली टोलीलाई बिदाइ
एसीसी राइजिङ स्टार्स महिला एसिया कपमा सहभागी हुने नेपाली टोलीलाई बिदाइ
भ्रष्टाचार छानविन गर्न माग गर्दै निवेदन लिएर अख्तियार पुग्यो राप्रपा
भ्रष्टाचार छानविन गर्न माग गर्दै निवेदन लिएर अख्तियार पुग्यो राप्रपा
कञ्चनपुर कारागारमा तनाव, ८ जना घाइते
कञ्चनपुर कारागारमा तनाव, ८ जना घाइते
मलेखु–मुग्लिन सडकखण्ड आजदेखि साढे ५ घण्टा बन्द हुने
मलेखु–मुग्लिन सडकखण्ड आजदेखि साढे ५ घण्टा बन्द हुने
बंगलादेशमा आरक्षणको विरोधमा भएको हिंसामा ३२ बालबालिकाको मृत्यु
बंगलादेशमा आरक्षणको विरोधमा भएको हिंसामा ३२ बालबालिकाको मृत्यु
सभापति कप: सहिद गेटमा आज ट्रफी अनावरण हुँदै
सभापति कप: सहिद गेटमा आज ट्रफी अनावरण हुँदै
काठमाडौँ आइपुगे भारतीय विदेशसचिव मिस्री
काठमाडौँ आइपुगे भारतीय विदेशसचिव मिस्री
राष्ट्र बैंकको आम्दानी साढे ८० अर्ब, तरलता व्यवस्थापनका लागि खर्चियो ९ अर्ब
राष्ट्र बैंकको आम्दानी साढे ८० अर्ब, तरलता व्यवस्थापनका लागि खर्चियो ९ अर्ब
ढुङ्गा लागेर घाइते प्रहरी जवानको उपचारका क्रममा मृ*त्यु
ढुङ्गा लागेर घाइते प्रहरी जवानको उपचारका क्रममा मृ*त्यु
रूपन्देहीको तिलोत्तमामा स्कारपियो ठोक्किँदा एकको मृत्यु, पाँचजना घाइते
रूपन्देहीको तिलोत्तमामा स्कारपियो ठोक्किँदा एकको मृत्यु, पाँचजना घाइते