Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

भ्रष्टाचार छानविन गर्न माग गर्दै निवेदन लिएर अख्तियार पुग्यो राप्रपा

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, श्रावण २, २०८२
|
|
४१ पटक हेरिएको
Shares
भ्रष्टाचार छानविन गर्न माग गर्दै निवेदन लिएर अख्तियार पुग्यो राप्रपा

सारांश

  •   भ्रष्टाचारको छानविन र कारबाहीको माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा निवेदन दिएको छ ।
  • शुक्रवार राप्रपा अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनसहितको टोलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय टंगाल पुगेर अख्तियारमा निवेदन दिएको हो ।
  • निवेदन दिएसँगै सञ्चारकर्मीहरुसँग कुरा गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले अहिले देशमा भ्रष्टाचार महामारीको रुपमा फैलिएको बताउनु भयो ।

२ साउन, काठमाडौं । 

भ्रष्टाचारको छानविन र कारबाहीको माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा निवेदन दिएको छ । शुक्रवार राप्रपा अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनसहितको टोलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय टंगाल पुगेर अख्तियारमा निवेदन दिएको हो । निवेदन दिएसँगै सञ्चारकर्मीहरुसँग कुरा गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले अहिले देशमा भ्रष्टाचार महामारीको रुपमा फैलिएको बताउनु भयो ।

भ्रष्टाचार नियन्त्रण र कारबाहीको जिम्मा लिएको अख्तियार जस्ता कार्यालयहरु, संवैधानिक अंगहरु कतिपय सन्दर्भमा निष्क्रिय, निष्प्रभावी बताउनु भयो । ०४६ साल पछिको उच्चपदस्थ नेता, कर्मचारी र उनका आफन्तहरुसमेतको अनुसन्धान हुनुपर्ने माग गरेको बताउनु भयो । आफूहरुले कुनै पार्टी र व्यक्ति विशेष गरेर अनुसन्धान हुनु नपरेको उल्लेख गर्नुभयो । अहिले भ्रष्टाचार कहाँ कहाँ छ होइन, कहाँ छैन भनेर खोज्नुपर्ने परिस्थिति सिर्जना भएको  बताउनु भयो । मन्त्रीहरु एक अर्कामा कसले छिटो र धेरै कमाउने प्रतिष्पर्धा चलाइरहेको बताउनु भयो ।

अध्यक्ष लिङदेनले भन्नुभयो, ‘अहिले देशमा भ्रष्टाचार महामारीको रुपमा फैलिएको छ । भ्रष्टाचार नियन्त्रण र कारबाहीको जिम्मा लिएको अख्तियार जस्ता कार्यालयहरु, संवैधानिक अंगहरु कतिपय सन्दर्भमा निष्क्रिय, निष्प्रभावी जस्तो देखिएको सन्दर्भमा अख्तियारको ध्यान आकर्षण गराउनको लागि केन्द्रिय कार्यालयमा आएर उजुरी दर्ता गराएका छौँ । अहिले भ्रष्टाचार कहाँ कहाँ छ होइन, कहाँ छैन भनेर खोज्नुपर्ने परिस्थिति सिर्जना भएको छ । मन्त्रीहरु एक अर्कामा कसले छिटो र धेरै कमाउने प्रतिष्पर्धा चलाइरहेका छन् ।’अध्यक्ष लिङदेनले भ्रष्टाचार प्रकरणमा राजनीतिक नेतृत्व छानविनको दायरा बाहिर पर्नुले आयोगको निष्पक्षता र प्रभावकारितामा गम्भीर प्रश्नहरु उठेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विश्वकप छनोट : नेपाल समूहको अन्तिम खेलमा जापानसँग भिड्दै
विश्वकप छनोट : नेपाल समूहको अन्तिम खेलमा जापानसँग भिड्दै
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
सुदूरपश्चिमविरुद्ध जनकपुरको कप्तान परिवर्तन, पहिले ब्याटिङ गर्ने
सुदूरपश्चिमविरुद्ध जनकपुरको कप्तान परिवर्तन, पहिले ब्याटिङ गर्ने
आइपिएलको प्लेअफ तालिका सार्वजनिक, फाइनल अहमदाबादमा हुने
आइपिएलको प्लेअफ तालिका सार्वजनिक, फाइनल अहमदाबादमा हुने
प्रधानमन्त्री कार्कीद्वारा युवापुस्ताको चाहनाबमोजिम काम गर्न निर्देशन
प्रधानमन्त्री कार्कीद्वारा युवापुस्ताको चाहनाबमोजिम काम गर्न निर्देशन
रवि लामिछानेविरुद्ध प्रदर्शन गर्ने सहकारी पीडित प्रहरी नियन्त्रणमा
रवि लामिछानेविरुद्ध प्रदर्शन गर्ने सहकारी पीडित प्रहरी नियन्त्रणमा
राष्ट्रियसभाबाट विनियोजन विधेयक पारित
राष्ट्रियसभाबाट विनियोजन विधेयक पारित
राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठान खारेज होइन, सुधार गरौं : प्रधानमन्त्री
राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठान खारेज होइन, सुधार गरौं : प्रधानमन्त्री
बालुवाटारमा सत्तापक्षीय दलहरूको बैठक जारी
बालुवाटारमा सत्तापक्षीय दलहरूको बैठक जारी
माओवादी पदाधिकारी बैठक बस्दै
माओवादी पदाधिकारी बैठक बस्दै