रवि लामिछानेको मुद्दा न्यायाधीश सापकोटाको इजलासमा

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, श्रावण २६, २०८२
|
|
४० पटक हेरिएको
Shares
रवि लामिछानेको मुद्दा न्यायाधीश सापकोटाको इजलासमा

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले दायर गरेको निवेदनको पेशी आज सोमबार रुपन्देही जिल्ला अदालतका न्यायाधीश नारायण सापकोटाको इजलासमा परेको छ ।
  • लामिछानेलाई बुटवलको सुप्रिम सहकारी ठगी तथा संगठित अपराधको अभियोगमा रुपन्देही जिल्ला अदालतकै न्यायाधीश वशिष्टकुमार घिमिरेको इजलासले एक करोड रुपैयाँ धरौटी हुने आदेश गरेको थियो ।
  • त्यसपछि लामिछाने उच्च अदालत तुलसीपुर बुटवल इजलास पुगेका थिए ।

२६ साउन, बुटवल ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले दायर गरेको निवेदनको पेशी आज सोमबार रुपन्देही जिल्ला अदालतका न्यायाधीश नारायण सापकोटाको इजलासमा परेको छ । लामिछानेलाई बुटवलको सुप्रिम सहकारी ठगी तथा संगठित अपराधको अभियोगमा रुपन्देही जिल्ला अदालतकै न्यायाधीश वशिष्टकुमार घिमिरेको इजलासले एक करोड रुपैयाँ धरौटी हुने आदेश गरेको थियो । त्यसपछि लामिछाने उच्च अदालत तुलसीपुर बुटवल इजलास पुगेका थिए । गत वर्ष चैत २२ गते उच्चको आदेशबाट उनी पुर्पक्षका निम्ति थुनामा पुगेका हुन् ।

उनले उच्चको आदेशविरुद्ध सर्वोच्च अदालतमा पुन: ७३ नम्बरको निवेदन दिएका थिए । सर्वोच्चबाट समेत उच्चको आदेश सदर गरिएको थियो । हाल लामिछानेले पुन: जिल्ला अदालतमै सहकारी ऐनको दफा १३१(क) बमोजिम बिगो तिरेर साधारण तारेख माग गर्दै निवेदन दिएका हुन् । लामिछानेले दिएको निवेदनमा उक्त कानुन आफ्नो हकमा आकर्षित नहुने भए पनि बिगोका निम्ति दुई करोड ८४ लाख रुपैयाँको बैंक ग्यारेन्टी पेस गरेको उल्लेख गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अघि बढ्यो चलचित्र विधेयक
अघि बढ्यो चलचित्र विधेयक
मधेश प्रदेशका मुख्यमन्त्री यादवको गतिविधि रोक्का गर्न युवा संगठनहरुको माग
मधेश प्रदेशका मुख्यमन्त्री यादवको गतिविधि रोक्का गर्न युवा संगठनहरुको माग
महंगी, भ्रष्टाचारविरुद्ध क्रान्तिकारी युवा संघको मोटरसाइकल र्‍याली
महंगी, भ्रष्टाचारविरुद्ध क्रान्तिकारी युवा संघको मोटरसाइकल र्‍याली
बंगलादेशकी पहिलो महिला प्रधानमन्त्री खालिदा जियाको निधनप्रति प्रधानमन्त्री कार्की द्वारा शोक सन्देश जारी
बंगलादेशकी पहिलो महिला प्रधानमन्त्री खालिदा जियाको निधनप्रति प्रधानमन्त्री कार्की द्वारा शोक सन्देश जारी
चौतर्फी आलोचना पछि गृहमन्त्री लेखकले दिए राजीनामा
चौतर्फी आलोचना पछि गृहमन्त्री लेखकले दिए राजीनामा
विद्युत प्राधिकरणको लापरबाहिरीले पोलमै अस्ताए उज्वल
विद्युत प्राधिकरणको लापरबाहिरीले पोलमै अस्ताए उज्वल
कञ्चपुर, लमजुङ र बाँकेमा भएको सवारी दुर्घटनामा ३ जनाको मृत्यु
कञ्चपुर, लमजुङ र बाँकेमा भएको सवारी दुर्घटनामा ३ जनाको मृत्यु
भैरहवामा अलपत्र यात्रुलाई चार्टर विमानबाट काठमाडौं ल्याइँदै
भैरहवामा अलपत्र यात्रुलाई चार्टर विमानबाट काठमाडौं ल्याइँदै
मातातीर्थ मेला आजदेखि सुरु
मातातीर्थ मेला आजदेखि सुरु
बयानका लागि रवि लामिछानेलाई सिंहदरबार ल्याइयो
बयानका लागि रवि लामिछानेलाई सिंहदरबार ल्याइयो