कञ्चपुर, लमजुङ र बाँकेमा भएको सवारी दुर्घटनामा ३ जनाको मृत्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, माघ १८, २०८१
|
|
३८ पटक हेरिएको
Shares
कञ्चपुर, लमजुङ र बाँकेमा भएको सवारी दुर्घटनामा ३ जनाको मृत्यु

सारांश

  • कञ्चनपुर, लमजुङ र बाँके जिल्लामा भएको सवारी दुर्घटनामा परेर तीन जनाको मृत्यु भएको छ ।
  • केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार, कञ्चनपुरको बेदकोट नगरपालिका-७ सुडास्थित सडकमा म ३ प १४७१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिहीबार बेलुकी दुर्घटना हुँदा मोटरसाइकलमा सवार शुक्लाफाँटा नगरपालिका-१२ कालाकौडी बस्ने ३० वर्षीय हरिश खुनाको मृत्यु भएको छ ।
  • दुर्घटनामा गम्भीर घाइते भएका उनको नवजीवन अस्पताल धनगढीमा थप उपचारको क्रममा मृत्यु भएको हो ।

१८ माघ, काठमाडौं । कञ्चनपुर, लमजुङ र बाँके जिल्लामा भएको सवारी दुर्घटनामा परेर तीन जनाको मृत्यु भएको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार, कञ्चनपुरको बेदकोट नगरपालिका-७ सुडास्थित सडकमा म ३ प १४७१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिहीबार बेलुकी दुर्घटना हुँदा मोटरसाइकलमा सवार शुक्लाफाँटा नगरपालिका-१२ कालाकौडी बस्ने ३० वर्षीय हरिश खुनाको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको नवजीवन अस्पताल धनगढीमा थप उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । लमजुङको दोर्दी गाउँपालिका-६ ताजेगाउँस्थित सडकमा बा।२ क ३२६७ नम्बरको जेसीबी पल्टिएर बिहीबार बेलुकी दुर्घटना हुँदा जेसीबीमा सवार सोही ठाउँ बस्ने ३९ वर्षीय उमर जंग घलेको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको नयाँ मेडिकल कलेज भरतपुर चितवनमा उपचारको क्रममा मृत्यु भएको हो । जेसीबी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बाँकेको कोहलपुर नगरपालिका-२ बर्दहवास्थित सडकमा भे १२ प ४२६८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई गए राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही नगरपालिका-१५ चौधरीया गाउँ बस्ने २० वर्षीय अनुप भन्ने जयप्रकाश चौधरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको नेपालगंज मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो । घाइते मोटरसाइकल चालक समेत २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाबारे स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गोविन्दा र सुनिताको सम्बन्धविच्छेद हुँदै !
गोविन्दा र सुनिताको सम्बन्धविच्छेद हुँदै !
आज देशभर आंशिकदेखि साधारणतया बदली हुने
आज देशभर आंशिकदेखि साधारणतया बदली हुने
नेपाल प्रहरीको महानिरीक्षकमा दानबहादुर कार्की नियुक्त
नेपाल प्रहरीको महानिरीक्षकमा दानबहादुर कार्की नियुक्त
लुक्लामा मौसम खराब हुँदा रामेछापमा रोकिए सयौँ पर्यटक
लुक्लामा मौसम खराब हुँदा रामेछापमा रोकिए सयौँ पर्यटक
ट्रमा सेन्टरमा ५ जना प्रदर्शनकारीको मृ*त्यु, मृ*तकको संख्या ८ पुग्यो
ट्रमा सेन्टरमा ५ जना प्रदर्शनकारीको मृ*त्यु, मृ*तकको संख्या ८ पुग्यो
नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रेशम चौधरीको उम्मेदवारी
नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रेशम चौधरीको उम्मेदवारी
अफगानिस्तानविरूद्ध अन्तिम खेलमा नेपालको सान्त्वना जित
अफगानिस्तानविरूद्ध अन्तिम खेलमा नेपालको सान्त्वना जित
मन्त्रिपरिषदको बैठक बस्दै, होला आज गभर्नर नियुक्ति ?
मन्त्रिपरिषदको बैठक बस्दै, होला आज गभर्नर नियुक्ति ?
कञ्चनजङ्घा हिमालको भ्रमण गर्ने पर्यटकको संख्यामा वृद्धि
कञ्चनजङ्घा हिमालको भ्रमण गर्ने पर्यटकको संख्यामा वृद्धि
हेटौंडामा १५ दिनभित्र सडक सीमाभित्रका संरचना हटाउने अल्टिमेटम, कार्यान्वयनबारे भने शंका
हेटौंडामा १५ दिनभित्र सडक सीमाभित्रका संरचना हटाउने अल्टिमेटम, कार्यान्वयनबारे भने शंका