सुशासन कायम गर्न मधेस प्रदेशमा ‘हेल्लो सिएम’ कार्यक्रम घोषणा

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, जेठ २६, २०८२
|
|
२२ पटक हेरिएको
Shares
सुशासन कायम गर्न मधेस प्रदेशमा ‘हेल्लो सिएम’ कार्यक्रम घोषणा

सारांश

  •   मधेस प्रदेशमा सुशासन कायम गर्ने उद्देश्यले प्रदेश सरकारले जनतासँग प्रत्यक्ष संवाद गर्नका लागि ‘हेल्लो सिएम’ अर्थात् हेल्लो मुख्यमन्त्री विशेष कार्यक्रम सार्वजनिक गरेको छ ।
  • प्रदेश सरकारद्वारा आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ल्याइएको नीति तथा कार्यक्रममा उक्त कार्यक्रम समावेश गरिएको छ ।
  • योजनाअन्तर्गत जनताले आफ्नो गुनासो, सुझाव तथा समस्यालाई मुख्यमन्त्री कार्यालयमा प्रत्यक्ष राख्न सक्ने बताइएको छ ।

२६ जेठ, जनकपुरधाम । 

मधेस प्रदेशमा सुशासन कायम गर्ने उद्देश्यले प्रदेश सरकारले जनतासँग प्रत्यक्ष संवाद गर्नका लागि ‘हेल्लो सिएम’ अर्थात् हेल्लो मुख्यमन्त्री विशेष कार्यक्रम सार्वजनिक गरेको छ । प्रदेश सरकारद्वारा आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ल्याइएको नीति तथा कार्यक्रममा उक्त कार्यक्रम समावेश गरिएको छ । योजनाअन्तर्गत जनताले आफ्नो गुनासो, सुझाव तथा समस्यालाई मुख्यमन्त्री कार्यालयमा प्रत्यक्ष राख्न सक्ने बताइएको छ ।

यसका लागि टेलिफोन, सामाजिक सञ्जाल तथा डिजिटल प्लेटफर्ममार्फत सिधै सम्र्पक गर्न सकिने छ । सोहीअनुरुप प्रदेश सरकारले विशेष सूचना प्रणालीमार्फत गुनासो ‘टिपोट ट्रयाकिङ’ तथा समाधान प्रक्रिया अनलाइन ‘ड्यासबोर्ड’मार्फत सञ्चालन गरिने जनाइएको छ । हेल्लो सिएम कार्यक्रमलाई सरकारले गुनासो सुन्ने माध्यममा सीमित नराखी समाधान र समाधानमुखी बनाउने जनाइएको छ । जनगुनासोलाई गम्भीरतापूर्वक सम्बोधन गर्दै नीति निर्माण प्रक्रियामा समेत जनताको प्रत्यक्ष सहभागिता सुनिश्चित गरिने मधेस प्रदेश मुख्यमन्त्री सिंहको भनाइ छ । उहाँले यस कार्यक्रमलाई समावेशी, पारदर्शी तथा दिगो शासनको आधारस्तम्भका रुपमा विकास गरिने बताउनुभयो । यस्तै, सङ्घीय सरकारअन्तर्गत जनगुनासो सुनुवाइका लागि ‘हेल्लो सरकार’ को व्यवस्था रहेको छ । तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईको पालामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत रहनेगरी यसको घोषणा गरिएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वीरगञ्जमा एक महिलाको शव फेला
वीरगञ्जमा एक महिलाको शव फेला
सर्लाहीसहित देशका केही ठाउँमा तेज वर्षा
सर्लाहीसहित देशका केही ठाउँमा तेज वर्षा
हुलाकको आवश्यकता र सार्थकता मरेको छैन्: मन्त्री खरेल
हुलाकको आवश्यकता र सार्थकता मरेको छैन्: मन्त्री खरेल
ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्रीमा खमबहादुर गर्बुजा नियुक्त
ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्रीमा खमबहादुर गर्बुजा नियुक्त
अनिल सिन्हाले सम्हाले पर्यटन मन्त्रालयको जिम्मेवारी
अनिल सिन्हाले सम्हाले पर्यटन मन्त्रालयको जिम्मेवारी
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनै लाग्दा टर्किस एयरलाइन्सको विमान ‘ओभरसुट’
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनै लाग्दा टर्किस एयरलाइन्सको विमान ‘ओभरसुट’
डिपेन्डेन्ट भिसामा क्यानडा लैजाने भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
डिपेन्डेन्ट भिसामा क्यानडा लैजाने भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
मापदण्डभित्र आउनू औषधि पसललाई काठमाडौं महानगरको निर्देशन
मापदण्डभित्र आउनू औषधि पसललाई काठमाडौं महानगरको निर्देशन
माघ महिनाका लागि वाणिज्य बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, कुनको कति ?
माघ महिनाका लागि वाणिज्य बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, कुनको कति ?
नेकपा एक नम्बर पार्टी बन्न सक्ने ‘प्रचण्ड’को विश्लेषण
नेकपा एक नम्बर पार्टी बन्न सक्ने ‘प्रचण्ड’को विश्लेषण