Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

गाजामा शुक्रबार रातभर इजरायली हवाई आक्रमणमा ३३ प्यालेस्टाइनीको मृत्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, पौष २०, २०८१
|
|
४७ पटक हेरिएको
Shares
गाजामा शुक्रबार रातभर इजरायली हवाई आक्रमणमा ३३ प्यालेस्टाइनीको मृत्यु

सारांश

  •   मध्य गाजामा माघाजी शरणार्थी शिविरको एक घरमा इजरायली बमबारीमा नौ प्यालेस्टाइनीको मृत्यु भएको छ भने अन्य १० जना घाइते भएका छन् ।
  • बसालस्थित नुसिराट शरणार्थी शिविरमा रहेको दुई घर र एउटा अपार्टमेन्टमा इजरायली बमबारीबाट ११ जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् ।
  • इजरायली हवाई आक्रमणमा मध्य गाजाको देइर अल–बालाह र अल–जावेदा सहरहरूमा तीनवटा घरहरूमा एक पत्रकारसहित आठ प्यालेस्टाइनीको मृत्यु भएको छ ।

 

२० पुस,  काठमाडौँ, :गाजामा शुक्रबार रातभर इजरायली हवाई आक्रमणमा ३३ प्यालेस्टाइनीको मृत्यु भएको गाजामा प्यालेस्टिनी नागरिक रक्षाका प्रवक्ता महमुद बसालले बताएका छन् ।  मध्य गाजामा माघाजी शरणार्थी शिविरको एक घरमा इजरायली बमबारीमा नौ प्यालेस्टाइनीको मृत्यु भएको छ भने अन्य १० जना घाइते भएका छन् ।

बसालस्थित नुसिराट शरणार्थी शिविरमा रहेको दुई घर र एउटा अपार्टमेन्टमा इजरायली बमबारीबाट ११ जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् । इजरायली हवाई आक्रमणमा मध्य गाजाको देइर अल–बालाह र अल–जावेदा सहरहरूमा तीनवटा घरहरूमा एक पत्रकारसहित आठ प्यालेस्टाइनीको मृत्यु भएको छ ।

इजरायलले अक्टोबर ७, २०२३ मा दक्षिणी इजरायली सीमानामार्फत हमासको आक्रमणको बदला लिन गाजा पट्टीमा हमास विरुद्ध ठूलो मात्रामा आक्रमण गरिरहेको छ । जसमा करिब १२ सय मानिस मारिएका थिए । २५० जनालाई बन्धक बनाएका थिए । गाजामा जारी इजरायली आक्रमणबाट प्यालेस्टाइनीको मृत्यु हुने संख्या बढेर ४५ हजार ६५८ पुगेको छ । घाइतेहरूको संख्या १ लाख ८ हजार ५८३ पुगेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?