गाजामा शुक्रबार रातभर इजरायली हवाई आक्रमणमा ३३ प्यालेस्टाइनीको मृत्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, पौष २०, २०८१
|
|
३७ पटक हेरिएको
Shares
गाजामा शुक्रबार रातभर इजरायली हवाई आक्रमणमा ३३ प्यालेस्टाइनीको मृत्यु

सारांश

  •   मध्य गाजामा माघाजी शरणार्थी शिविरको एक घरमा इजरायली बमबारीमा नौ प्यालेस्टाइनीको मृत्यु भएको छ भने अन्य १० जना घाइते भएका छन् ।
  • बसालस्थित नुसिराट शरणार्थी शिविरमा रहेको दुई घर र एउटा अपार्टमेन्टमा इजरायली बमबारीबाट ११ जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् ।
  • इजरायली हवाई आक्रमणमा मध्य गाजाको देइर अल–बालाह र अल–जावेदा सहरहरूमा तीनवटा घरहरूमा एक पत्रकारसहित आठ प्यालेस्टाइनीको मृत्यु भएको छ ।

२० पुस,  काठमाडौँ, :गाजामा शुक्रबार रातभर इजरायली हवाई आक्रमणमा ३३ प्यालेस्टाइनीको मृत्यु भएको गाजामा प्यालेस्टिनी नागरिक रक्षाका प्रवक्ता महमुद बसालले बताएका छन् ।  मध्य गाजामा माघाजी शरणार्थी शिविरको एक घरमा इजरायली बमबारीमा नौ प्यालेस्टाइनीको मृत्यु भएको छ भने अन्य १० जना घाइते भएका छन् ।

बसालस्थित नुसिराट शरणार्थी शिविरमा रहेको दुई घर र एउटा अपार्टमेन्टमा इजरायली बमबारीबाट ११ जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् । इजरायली हवाई आक्रमणमा मध्य गाजाको देइर अल–बालाह र अल–जावेदा सहरहरूमा तीनवटा घरहरूमा एक पत्रकारसहित आठ प्यालेस्टाइनीको मृत्यु भएको छ ।

इजरायलले अक्टोबर ७, २०२३ मा दक्षिणी इजरायली सीमानामार्फत हमासको आक्रमणको बदला लिन गाजा पट्टीमा हमास विरुद्ध ठूलो मात्रामा आक्रमण गरिरहेको छ । जसमा करिब १२ सय मानिस मारिएका थिए । २५० जनालाई बन्धक बनाएका थिए । गाजामा जारी इजरायली आक्रमणबाट प्यालेस्टाइनीको मृत्यु हुने संख्या बढेर ४५ हजार ६५८ पुगेको छ । घाइतेहरूको संख्या १ लाख ८ हजार ५८३ पुगेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काठमाडौँमा चैत १५ मा हुने दुई समूहको प्रदर्शनबारे केन्द्रीय सुरक्षा समितिमा छलफल
काठमाडौँमा चैत १५ मा हुने दुई समूहको प्रदर्शनबारे केन्द्रीय सुरक्षा समितिमा छलफल
वीरगञ्ज भन्सारद्वारा एघार महिनामा एक खर्ब ५८ अर्ब राजस्व सङ्कलन
वीरगञ्ज भन्सारद्वारा एघार महिनामा एक खर्ब ५८ अर्ब राजस्व सङ्कलन
सुनको मूल्य तोलामा १ हजारले घट्यो, कतिमा हुँदैछ कारोवार  ?
सुनको मूल्य तोलामा १ हजारले घट्यो, कतिमा हुँदैछ कारोवार ?
प्रधानमन्त्री ओली स्पेन भ्रमण गरी स्वदेश फर्किंदै
प्रधानमन्त्री ओली स्पेन भ्रमण गरी स्वदेश फर्किंदै
दाङमा अटो दुर्घटना, एक जनाको मृत्यु
दाङमा अटो दुर्घटना, एक जनाको मृत्यु
त्रिशूलीमा बेपत्ता बस र यात्रुहरुको वाटर ड्रोन मार्फत खोजी गरिंदै
त्रिशूलीमा बेपत्ता बस र यात्रुहरुको वाटर ड्रोन मार्फत खोजी गरिंदै
महाराजगञ्जमा प्रहरीको हत्या गर्ने थप अर्का आरोपी पक्राउ
महाराजगञ्जमा प्रहरीको हत्या गर्ने थप अर्का आरोपी पक्राउ
कपिलवस्तुमा मोटरसाइकल दुर्घटना, २ जनाको मृत्यु
कपिलवस्तुमा मोटरसाइकल दुर्घटना, २ जनाको मृत्यु
मनाङ एयरको हेलिकप्टर दुर्घटनामा घाइते भएका पाइलट खतरामुक्त
मनाङ एयरको हेलिकप्टर दुर्घटनामा घाइते भएका पाइलट खतरामुक्त
कानुनविपरीत वैदेशिक रोजगारमा पठाउनेलाई कारबाही गरिने
कानुनविपरीत वैदेशिक रोजगारमा पठाउनेलाई कारबाही गरिने