प्रधानाध्यापक हत्या प्रकरण : प्रेमिकासहित ७ जना पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, कार्तिक १४, २०८०
|
|
२७ पटक हेरिएको
Shares
प्रधानाध्यापक हत्या प्रकरण : प्रेमिकासहित ७ जना पक्राउ

सारांश

  • बाराको कलैया स्थित बाल एकता ईङ्गलिश बोर्डिङ स्कुलका प्रिन्सिपल रुपेश सर्राफ (गुड्डु)को हत्यामा संलग्नहरूलाई प्रहरीले पक्राउ गरेको छ ।
  • सोमबार दुई वटा मोटरसाइकलमा आएका ४ जनाले सर्राफलाई गोली प्रहार गरेका थिए ।
  • उपचारको क्रममा वीरगन्ज स्थित बयोधा अस्पतालमा सर्राफको मृत्यु भएको हो ।

१४ कर्तिक, काठमाडौँ । बाराको कलैया स्थित बाल एकता ईङ्गलिश बोर्डिङ स्कुलका प्रिन्सिपल रुपेश सर्राफ (गुड्डु)को हत्यामा संलग्नहरूलाई प्रहरीले पक्राउ गरेको छ ।

सोमबार दुई वटा मोटरसाइकलमा आएका ४ जनाले सर्राफलाई गोली प्रहार गरेका थिए । उपचारको क्रममा वीरगन्ज स्थित बयोधा अस्पतालमा सर्राफको मृत्यु भएको हो । हत्यामा संलग्न आरोपमा ७ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराका एक अधिकृतले रातोपाटीलाई बताए ।  पक्राउ पर्नेमा रुपेशसँग प्रेम सम्बन्धमा रहेकी २१ वर्षीय युवती सहित ७ जना छन् । परस्त्रीसँगको सम्बन्धका कारण सर्राफको हत्या भएको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।

घटनाबारे मंगलबार पत्रकार सम्मेलन गरेर जानकारी दिने जिल्ला प्रहरी कार्यालय बाराका डिएसपी दधिराम न्यौपानेले  बताए । अहिले प्रहरीको नियन्त्रणमा रहेकी सर्राफकी प्रेमिका अर्कोतिर पनि प्रेममा थिइन् । दुईतिरको प्रेम सम्बन्धका कारण प्रेमिका कै योजनामा सर्राफको हत्या गरिएको प्रहरीको अनुसन्धान निष्कर्ष छ । गत साउनमा बाराकै एक होटेलमा सर्राफको हत्या प्रयास गरिएको थियो । बाराका एसपी सुरेश काफ्लेका अनुसार सर्राफ दोस्रो प्रयासमा मारिएका हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश मुसलमानको इजलासमा
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश मुसलमानको इजलासमा
बालेनको प्रस्ताव : संसद् विघटन गरेर अन्तरिम सरकार बनाऔं
बालेनको प्रस्ताव : संसद् विघटन गरेर अन्तरिम सरकार बनाऔं
भारतीय कम्युनिष्ट पार्टीका महासचिव सिताराम येचुरीको निधन
भारतीय कम्युनिष्ट पार्टीका महासचिव सिताराम येचुरीको निधन
रवि लामिछानेलाई पोखरा पुर्‍याइयो
रवि लामिछानेलाई पोखरा पुर्‍याइयो
मेची राजमार्गको ठाउँ ठाउँमा अवरोध, खुलाउने प्रयास जारी
मेची राजमार्गको ठाउँ ठाउँमा अवरोध, खुलाउने प्रयास जारी
आज पोखरा एभेञ्जर्स र सुदूरपश्चिम रोयल्स भिड्दै
आज पोखरा एभेञ्जर्स र सुदूरपश्चिम रोयल्स भिड्दै
सुनसरीको गलैँचा उद्योगमा आगलागी, करोडौँको क्षति
सुनसरीको गलैँचा उद्योगमा आगलागी, करोडौँको क्षति
राप्तीसोनारीमा मोटरसाइकल दुर्घटना: तीनको मृत्यु, दुई घाइते
राप्तीसोनारीमा मोटरसाइकल दुर्घटना: तीनको मृत्यु, दुई घाइते
महावीरको मार्गदर्शन परिपालन गरेमा राष्ट्रिय एकतालाई सुदृढ बनाउन सकिन्छ : राष्ट्रपति पौडेल
महावीरको मार्गदर्शन परिपालन गरेमा राष्ट्रिय एकतालाई सुदृढ बनाउन सकिन्छ : राष्ट्रपति पौडेल
यस्ता छन् बिहीबार बसेको मन्त्रीपरिषद् बैठकका निर्णय
यस्ता छन् बिहीबार बसेको मन्त्रीपरिषद् बैठकका निर्णय