सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

नेकपाको निष्कर्ष– विद्यार्थी संगठनहरू खारेज गर्न पाइँदैन

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, चैत्र २८, २०८२
|
|
६९ पटक हेरिएको
Shares
नेकपाको निष्कर्ष– विद्यार्थी संगठनहरू खारेज गर्न पाइँदैन

सारांश

  • नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले विद्यार्थी संगठनहरूलाई स्कुल वा कलेजमा प्रतिबन्ध लगाउन नपाइने निष्कर्ष निकालेको छ ।
  • शनिबार केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पार्टीको केन्द्रीय कार्यसंयोजन बैठकले यस्तो निष्कर्ष निकालेको पार्टीका नेता जगन्नाथ खतिवडाले जानकारी दिए ।
  • सरकारले आफ्ना १ सय बुँदे कार्यसूचीमा विद्यार्थी संगठनहरू खारेज गर्ने विषय उल्लेख गरेको थियो ।

 

२८ चैत, काठमाडौं ।

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले विद्यार्थी संगठनहरूलाई स्कुल वा कलेजमा प्रतिबन्ध लगाउन नपाइने निष्कर्ष निकालेको छ । शनिबार केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पार्टीको केन्द्रीय कार्यसंयोजन बैठकले यस्तो निष्कर्ष निकालेको पार्टीका नेता जगन्नाथ खतिवडाले जानकारी दिए ।

सरकारले आफ्ना १ सय बुँदे कार्यसूचीमा विद्यार्थी संगठनहरू खारेज गर्ने विषय उल्लेख गरेको थियो । उक्त निर्णयप्रति राजनीतिक दलका संगठनहरूले आपत्ति जनाउँदै आएका छन् । यसैबीच नेकपाले पनि यो विषय बेठिक भएको बताउँदै यसले जनता र ट्रेड युनियनको अधिकारलाई कुण्ठित गरेको निष्कर्ष निकालेको छ ।

‘जनसंगठनहरू खासगरी युवा विद्यार्थी लगायतका विद्यार्थी संगठनहरूलाई कलेजमा प्रतिबन्ध गर्ने कुरा र ट्रेड युनियनलाई प्रतिबन्ध गर्ने कुरा बेठिक हो,’ बैठकको निष्कर्षबारे जानकारी गराउँदै नेता खतिवडाले भने, ‘यसले जनता र टे«ेड युनियनको अधिकारलाई कुण्ठित गरेको छ । यो गलत हो । यस्तो गर्न पाइँदैन । यसको विपक्षमा हामी उभिनेछौं भन्ने पार्टीले निष्कर्ष निकालेको छ ।’ उनका अनुसार, केन्द्रीय कार्यसंयोजन समितिको अर्को बैठक ३ वैशाखमा बस्नेछ । उक्त बैठकका बाँकी निष्कर्ष र निर्णयहरू पनि त्यतिबेलै सार्वजनिक हुने उनले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्रीको ब्रिफिङ- भ्रष्टाचारीमाथि अभियोग चलाउन फाइल खोलेका छौं
प्रधानमन्त्रीको ब्रिफिङ- भ्रष्टाचारीमाथि अभियोग चलाउन फाइल खोलेका छौं
तीनकुने -बानेश्वर क्षेत्रको मुख्य सडकमा सवारी साधन प्रवेशमा रोक
तीनकुने -बानेश्वर क्षेत्रको मुख्य सडकमा सवारी साधन प्रवेशमा रोक
दक्षिण कोरियामा जहाज दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या ६२ पुग्यो
दक्षिण कोरियामा जहाज दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या ६२ पुग्यो
स्कुटर दुर्घटनामा एमाले मकवानपुरका अध्यक्ष घाइते
स्कुटर दुर्घटनामा एमाले मकवानपुरका अध्यक्ष घाइते
वरिष्ठ अधिवक्ता त्रिपाठीले दिए प्रहरीमा जाहेरी
वरिष्ठ अधिवक्ता त्रिपाठीले दिए प्रहरीमा जाहेरी
भोलि मन्त्रिपरिषद्‌ विस्तारको तयारी, प्रधानमन्त्री कार्की छलफलमा
भोलि मन्त्रिपरिषद्‌ विस्तारको तयारी, प्रधानमन्त्री कार्की छलफलमा
परीक्षाको बेला आन्दोलनै आन्दोलन, जिम्मेवार हुन शिक्षा मन्त्रालयको अनुरोध
परीक्षाको बेला आन्दोलनै आन्दोलन, जिम्मेवार हुन शिक्षा मन्त्रालयको अनुरोध
सभामुख घिमिरेद्वार एनपीएलको विजेता लुम्बिनी लायन्सलाई बधाई
सभामुख घिमिरेद्वार एनपीएलको विजेता लुम्बिनी लायन्सलाई बधाई
एमबीएसको प्रश्नपत्र ‘लिक’ गर्ने व्यक्तिहरू पक्राउ
एमबीएसको प्रश्नपत्र ‘लिक’ गर्ने व्यक्तिहरू पक्राउ
जेलबाट निस्किएर रविको अपील: देश जेनजीले चाहेअनुसार चल्छ, राष्ट्रका सम्पत्ति जोगाऊँ
जेलबाट निस्किएर रविको अपील: देश जेनजीले चाहेअनुसार चल्छ, राष्ट्रका सम्पत्ति जोगाऊँ